×

NEPAL TIMES UPDATES

Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026
Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026

ट्रम्प टाइम म्यागेजिनको वर्ष व्यक्ति घोषित

२८ मंसिर २०८१

२८ मंसिर ,एजेन्सी ।

अमरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प टाइम म्यागेजिनको वर्ष व्यक्ति घोषित भएका छन् । ट्रम्प दोस्रोपटक टाइम वर्ष व्यक्ति बनेका हुन् । यसअघि उनी सन् २०१६ मा राष्ट्रपतिमा निर्वाचित भएपछि टाइम वर्ष व्यक्ति चयन भएका थिए ।

Advertisement
Advertisement

टाइम म्यागेजिनका प्रधान सम्पादक साम ज्याकोब्सले ’ऐतिहासिक राजनीतिक पुनरागमन, विश्वमा अमेरिका र अमेरिकी राष्ट्रपतिको भूमिका परिवर्तनका लागि’ डोनाल्ड ट्रम्पलाई टाइमको सन् २०२४ को वर्ष व्यक्ति घोषित गरिएको जनाएका छन् ।

ट्रम्पले अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस, वेल्सकी राजकुमारी क्याथरीन, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु, मेक्सिकन राष्ट्रपति, क्लाउडिया सेइनबाउम, अर्बपति इलन मस्क र पोडकास्टर जो रोगनलाई पछि पारेका हुन् ।

टाइम म्यागेजिनले हरेक वर्ष विश्वव्यापी घटनाहरूलाई नाटकीय रूपमा आकार दिने व्यक्तिहरूलाई वर्ष व्यक्ति घोषणा गर्ने गर्दै आएको छ । वर्ष व्यक्तिको सूचीमा विश्व नेताहरूदेखि सांस्कृतिक क्रान्तिकारीहरू समावेश हुने गरेक छन् ।

फ्रान्कलिन डी रुजवेल्टदेखि यताका जेराल्ड फोर्डबाहेक अन्य अमेरिकी राष्ट्रपति कम्तीमा एकपटक टाइम वर्ष व्यक्ति छनोट भएका छन् । वर्ष व्यक्तिको अन्तिम सूचीमा छनोट गरेसँगै सार्वजनिक गरेको विवरणमा टाइमले ट्रम्पले ’एक आश्चर्यजनक राजनीतिक पुनरागमन गर्दै २०२४ को चुनाव जितेको’ उल्लेख गरेको थियो ।

’उनले अमेरिकी मतदातालाई पुनः आकार दिएका छन् । उनले युवा मतदाताहरूलाई सक्रिय पारेका छन् र हरेक स्विङ स्टेटलाई रेड स्टेटमा परिणत गरेका छन्,’ टाइमले भनेको छ । ट्रम्पको विजय विभिन्न तरिकाले इतिहास बनेको टाइमले जनाएको छ ।

’ट्रम्प अमेरिकी इतिहासमा सबैभन्दा धेरै उमेरको राष्ट्रपति हुनुहुनेछ । ट्रम्प राष्ट्रपतिमा निर्वाचित हुने पहिलो दोषी ठहर व्यक्ति हुनुहुन्छ ।’ ट्रम्पमाथि न्यूयोर्कको अदालतले ३४ वटा ठगीको मुद्दामा दोषी ठहर गरेको थियो ।

गत अप्रिलमा चुनावी अभियानका क्रममा ट्रम्पले टाइम म्यागेजिनलाई अन्तर्वार्ता दिएका थिए । व्यापक छलफलका क्रममा ट्रम्पले अमेरिकी अध्यागमन प्रणाली सुधार गर्ने र लाखौं मानिसहरूलाई देश निकाला गर्ने लक्ष्यसहित दोस्रो कार्यकालका लागि आफ्ना योजना सुनाएका थिए ।

आफूले राष्ट्रपतिको पद सम्हालेसँगै आधिकारिक रूपमा क्यापिटोल हिल आक्रमणमा अभियोग लगाइएकाहरूलाई माफी दिने निर्णय लिने ट्रम्पको भनाइ छ । ’यो पहिलो घण्टामा सुरू हुन गइरहेको छ,’ उनी भन्छन्, ’सायद पहिलो नौ मिनेटमै ।’ अन्तर्वार्ताका क्रममा नवनिर्वाचित राष्ट्रपति ट्रम्पले युक्रेन युद्ध अन्त्य गर्ने योजना पनि सार्वजनिक गरेका छन् ।

’रुस र युक्रेनमा भइरहेको युद्धभन्दा मध्यपूर्व (पश्चिम एसिया) तनाव अन्य गर्न सजिलो समस्या हो । जताततै युद्धमैदानमा लडिरहेका जवानहरूको संख्या कहालीलाग्दो छ । यो पागलपन हो,’ उनले भने, ’म रूसमा सयौं माइल टाढा क्षेप्यास्त्रहरू पठाउने कुरामा असहमत छु । हामी किन त्यसो गरिरहेका छौं ? हामी यो युद्धलाई बढाउँदैछौं र यसलाई अझ खराब बनाउँदैछौं ।’

अमेरिकाले युक्रेनलाई दिँदै आएको सहयोग रुससँगको युद्ध अन्त्य गर्नका लागि प्रयोग गर्ने ट्रम्पको भनाइ छ । ’म एक सम्झौतामा पुग्न चाहन्छु,’ उनले भने, ’सम्झौतामा पुग्ने एक मात्र तरिका भनेको लगातारको प्रयास नै हो ।’

टाइमले सन् १९२७ देखि ’वर्ष व्यक्ति’ घोषणा गर्न थालेको हो । त्यसयता म्यागेजिनले वर्षभरिका घटनालाई प्रभावित गर्ने एक व्यक्तिलाई वर्ष व्यक्ति घोषणा गर्दै आएको छ । यसअघिक जलवायु परिवर्तन अभियन्ता ग्रेटा थनबर्ग, अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा, मेटाका सीईओ मार्क जुकरबर्ग, पप फ्रान्सिस र युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की पनि वर्ष व्यक्ति भइसकेका छन् ।

Advertisement

वर्ष व्यक्तिको छनोट भने टाइम म्यागेजिनका सम्पादकहरूले गर्छन् । यसअघि सन् २०१५ मा राष्ट्रपतिको दौडमा रहेका बेला म्यागेजिनले आफूलाई वर्ष व्यक्ति नबनाएको गुनासो गरेका थिए । त्यतिबेला जर्मन चान्सलर एन्जेला मर्केल टाइम वर्ष व्यक्ति भएकी थिइन् । तर चुनाव जितेपछि भने ट्रम्प वर्ष व्यक्ति घोषित भए र त्यसलाई उनले ‘महान सम्मान’ भनेका थिए ।

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top