×

NEPAL TIMES UPDATES

Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026
Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026

मुग्लिन–पोखरा सडक ५ दिन बन्द, त्रिभुवन विमानस्थलभित्र पुस १७ देखि ८ घन्टामात्रै बन्द

२८ मंसिर २०८१

२८ मंसिर , काठमाण्डौ।
मुग्लिन–पोखरा सडकअन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ कोत्रे खण्डमा पाँच दिन सडक अवरुद्ध हुने भएको छ । जामुने बजारदेखि कास्कीको सेतीपुलसम्मको सडक स्तरोन्नति थालिएकाले आजदेखि पुस २ गतेसम्म बिहान ८ः०० देखि सॉझ ६ः०० बजेसम्म सवारी आवागमन बन्द हुने तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

साथै उक्त कार्यालयले वैकल्पिक बाटो प्रयोग गर्न यातायात व्यवसायी एवं यात्रीलाई अनुरोध गरेको छ । यता धावनमार्गसँग जोडिएका पूर्वाधार निर्माणका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र पुस १७ देखि ८ घन्टामात्रै बन्द हुने भएको छ ।

Advertisement
Advertisement

यसअघि कात्तिक २३ देखि राति १० बजेबाट बिहान ८ बजेसम्म बन्द हुँदै आएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा महानिर्देशक प्रदीप अधिकारीले फेब्रुअरी १ (पुस १७) गतेदेखि विमानस्थलमा राति १० बजेदेखि सुरु हुने निर्माण कार्यलाई ११ बजे सारिएको र बिहान ८ बजेसम्म हुने निर्माण कार्यलाई एक घन्टा छोट्याएर ७ बजेमा झारिएको बताए ।

‘अहिले भइरहेको पूर्वाधार विस्तारको प्रगति लक्ष्यभन्दा बढी देखिएकाले समय घटाइएको हो’, पत्रकार सम्मेलनमा महानिर्देशक अधिकारीले भने । उनले बिहानको उडान समय ७ बजेमा ल्याइएकोमा पर्वतीय उडान लगायतका विदेशी उडान पनि हुने बताए ।

अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धिका लागि दैनिक १० घण्टा विमानस्थल बन्द हुदै आएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानस्थलको दक्षिणपश्चिमतर्फ समानान्तर ट्याक्सीवे, उत्तरतर्फको इन्टरनेसनल एप्रोन र विमानस्थलको ह्याङ्गर पूर्वतर्फको एप्रोन विस्तारका लागि तेस्रो पटक उडान अवतरण नै बन्द गरेर क्षमता विस्तारको काम गरिएको छ ।

प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजना अन्तर्गत हुन लागेको काम चैत १८ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजना प्रमुख दीपेन्द्र श्रेष्ठका अनुसार काम पूरा गर्न करिब १५ अर्ब रुपियाँ लागत खर्च हुँदै छ ।

हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वार्षिक क्षमता ८०–८५ लाख हवाई यात्रु रहेकोमा आयोजना सम्पन्नपछि १० देखि १५ लाख थपिएर वार्षिक क्षमता सवा करोडसम्म धान्न सक्ने छ । अन्तर्राष्ट्रिय नियम अनुसार उडानका बेला विमानस्थल सञ्चालनका लागि धावनमार्गको दायाँबायाँ ७५ मिटर क्षेत्रमा कुनै खाल्डोलगायतका निर्माण कार्य चालु हुनुहुँदैन ।

त्यसैले राति खनिएको खाल्डो बिहान अस्थायी रूपमा पुरेर काम गरिदैछ । अहिले स्तरोन्नतिका क्रममा राति १० देखि बिहान ८ बजेसम्मका सबै उडान कटौती गरिएका छन् । विमानस्थल सञ्चालनको समय छोट्याउँदा आन्तरिकतर्फ ३५ र अन्तर्राष्ट्रियतर्फ २९ प्रतिशत उडान कटौती भएका छन् ।

यसअघि २०७५ सालमा दैनिक १० घण्टा विमानस्थल बन्द गरेर झन्डै चार महिनसम्म विमानस्थलको धावनमार्ग कालोपत्रे गरिएको थियो । उक्त अवधिमा आन्तरिक र अन्तर्राष्ट्रियतर्फ करिब ३० प्रतिशत उडान कटौती भएका थिए ।

Advertisement

त्यस्तै २०७७ सालमा विमानस्थलको दक्षिणतर्फ (कोटेश्वर क्षेत्र रनवे जिरो टु) धावनमार्ग विस्तार गरिएको थियो । त्यतिबेला बेलुका ६ देखि बिहान ६ बजेसम्म दैनिक १२ घण्टा उडान बन्द गरिएको थियो ।

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top