NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ ९ , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ ९ , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ७ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ७ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ७ , २०८२
Next
Prev

समाचार

सिरियामा सुरु भयो नयाँ गृहयुद्ध, असदको पतनपछि कसलाई फाइदा ?कसलाई घाटा ?

शुक्रबार मंसिर २८ , २०८१
Reading Time: 1 min read
A A
Advertisement
सिरियामा सुरु भयो नयाँ गृहयुद्ध, असदको पतनपछि कसलाई फाइदा ?कसलाई घाटा ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

२८ मंसिर , विराटनगर।

सीरियामा १३ वर्षको गृहयुद्ध यस महिना अन्त्य भएको छ । जब बशर अल असदलाई सत्ताबाट हटाउँदै मोहम्मद अबू जुलानीको नेतृत्वमा रहेको समूह तहरीर अल शाम (एचटीएस) ले राजधानी दमाश्कसमा कब्जा ग¥यो।

बशरको रूस भाग्ने र दमाश्कसमा कब्जापछि अबू जुलानीले यसलाई सीरियाको लागि नयाँ उदयको रुपमा व्याख्या गरे। त्यसपछि यो मानिएको थियो कि सीरिया शान्तिमा फर्किने छ । तर यो साँचो हुँदैन जस्तो देखिँएको छ ।

सीरियामा सक्रिय सशस्त्र समूहहरू बीचको संघर्ष बढ्दै गइरहेको छ, जसले देशमा नयाँ गृहयुद्ध सुरु हुने डर पैदा गरेको छ। सीरियामा टर्की समर्थित सीरियन नेशनल आर्मी र अमेरिका समर्थित सीरिया डेमोक्रेटिक फोर्सबीच तनाव बढिरहेको छ।

एसडीएफ कुर्द, अरब र असीरियन मिलिशियाको गठबन्धन हो। एसएनए टर्कीको समर्थनमा बनेको विद्रोही समूहहरूको गठबन्धन हो। टर्की र अमेरिका समर्थित समूहहरूको अलावा पनि धेरै समूह सीरियामा संघर्ष गरिरहेका छन्, जसले स्थिति अझ जटिल बनाएको छ।

सीरियामा मुख्य रूपमा रूससँग टर्की समर्थित एसएनए र अमेरिका समर्थित एसडीएफ आमने सामने छन्। दुवैका आफ्ना–आफ्ना क्षेत्रीय दावीहरू छन् र दुवैका अन्तर्राष्ट्रिय समर्थकहरू छन्। यी समूह बीच टकरावका थुप्रै कारणहरू छन्।

पहिलो– दुवै समूह सीरियाको भविष्यको बारेमा अलग–अलग सोच राख्दछन्। दोस्रो, यी दुवैका अन्तर्राष्ट्रिय समर्थक फरक–फरक छन् र तेस्रो कारण भनेको यी दुवैका क्षेत्रीय दावीहरू छन्।
एसडीएफ उत्तर–पूर्वी सीरियाको ठूलो हिस्सा नियन्त्रण गर्छ।

यस क्षेत्रमा तेल भण्डार र कृषि क्षेत्र छन्। त्यहाँ एसएनए टर्कीको सहयोगमा उत्तरी सीरियामा सुरक्षित क्षेत्र बनाउनको लागि प्रयासरत छ। टर्की एसएनएलाई समर्थन गर्दछ किनभने उसले आफ्नो सीमामा कुर्द क्षेत्र चाहँदैन। उसले कुर्दहरूलाई सुरक्षाको लागि खतरा मान्छ।

त्यहाँ एसडीएफलाई अमेरिकाबाट सैन्य सहायता प्राप्त हुन्छ। इजरायलबाट पनि एसडीएफलाई समर्थन छ । । जहाँ यसले टर्कीको रिस बढाएको छ। टर्की र अमेरिका बाहेक रूस, ईरान र इजरायल पनि सीरियाको अस्थिरताका कारण छन् ।

रूसले वर्षौंदेखि बशर शासनलाई मद्दत गर्दै आएको छ। त्यहाँ ईरानको सहयोगबाट शिया लडाकाहरू सारियामा सक्रिय रहेका छन्। इजरायलले सीरियामा बिग्रिएको अवस्थाको फाइदा उठाउनका लागि आक्रमणहरू गरिरहेको छ ।

यस्तो अवस्थामा सीरियामा मानविय संकट गहिरिँदै गएको छ र क्षेत्रीय प्रतिस्पर्धा गहिरिँदै गएको छ। यसले एक नयाँ गृहयुद्धको सम्भावना बढाएको छ । सिरियामा असद परिवारको ५ दशकभन्दा बढी लामो शासनको अन्त्यले अरब क्षेत्र र मध्यपूर्वको शक्ति सन्तुलनमा निःसन्देह भिन्नता ल्याउँछ ।

तर, यो भिन्नता कस्तो हुन्छ ? यसले कुन–कुन देश र सङ्गठनलाई के–के फाइदा वा बेफाइदा गर्दछ ? यसको आकलन गर्न थालिएको छ । सबैभन्दा ठूलो बेफाइदा ‘सिया त्रिगुट’ र यसको मुख्य नेता इरानलाई हुन सक्दछ । इरान, सिरिया र लेबनानको हिज्बुल्लाह समूह ‘सिया त्रिगुट’ का नजिकका साझेदार थिए ।

यिनले प्यालेस्टाइनको हमास र यमनी हुथी विद्रोहीलाई आफ्ना साझेदार बनाएका थिए । आन्तरिक गृहयुद्धले जर्जर भएको कारण बसर–अल–असदको सरकार हमास, हिजबुल्लाह र हुथी विद्रोहीको समर्थनमा खुल्न सकिरहेको थिएन ।

तर, इरानसँग सिरियाको सम्बन्ध राम्रो थियो । हिज्बुल्लाह, हमास र हुथी विद्रोहीलाई सहयोग गर्न इरानले सिरियाको भूमि र सम्पर्क सुत्र प्रयोग गर्दथ्यो। गाजा युद्धका कारण हमासका दुई मुख्य नेता इस्माइल हानियाँ र याह्या सिनवरको मृत्यु इरानको लागि ठूलो घाटा थियो ।

इस्माइल हानियाँलाई त इजरायलले तेहरानको पाहुना बनेको अवस्थामै मारेको थियो । अर्कोतिर हिज्जबुल्लाह नेता हसन नसरुल्लासमेत मारिए । हिज्जबुल्लाहका नयाँ नेता इजरायलसँग युद्धविराम गर्न बाध्य भए ।

नोक्सानीको यो शृङ्खलामा इरानले अर्को एउटा ठूलो क्षति बेहोर्नुपरेको छ । सिरियामा असदको पतनले उसले एक नजिकको साझेदार राज्य र सरकार गुमाएको छ । सिरियामा नयाँ स्थापित हुने सरकार इरानको नजिक हुने सम्भावना कम छ ।

यो इरानको क्षेत्रीय शक्ति थप कमजोर भएको सङ्केत हो । असदको पतनले दोस्रो धक्का रुसलाई दिएको छ । असद परिवार सोभियत सङ्घको समयदेखि नै मस्कोको नजिक थियो । सन् २०११ को जनविद्रोह र त्यसपछिको गृहयुद्धको क्रममा सन् २०१५ मा मस्कोले रुसी सेना सिरिया पठाएको थियो ।

गृहयुद्धमा असद सरकारलाई साथ लिएर रुस सिरियामा बदनाम भएको छ । तसर्थ, सिरियाका नयाँ नेताले चाहेर पनि तत्काल रुसी राष्ट्रपति पुटिनसँग सम्बन्ध सहजीकरण गर्न सक्ने छैनन् । कम्तीमा युक्रेन युद्धमा रुसले सिरियाबाट पाइरहेको सानोतिनो सहयोग अब रोकिने छ ।

असद परिवारलाई मस्कोले आश्रय दिएको छ । आश्रय मानवीय दृष्टिकोण दिइएको भनिए पनि यो मूलतः राजनीतिक नै हो । रुसले दशकौंदेखिको एक साझेदार देश गुमाएको छ । तेस्रो ठूलो घाटा लेबनानको हिज्जबुल्लाह समूहलाई हुनेछ ।

हिज्बुल्लाहले सिरियामा असद सरकारलाई सहयोग गर्ने गर्दथ्यो भने सिरियाले लेबनानमा हिज्जबुल्लाहलाई सहयोग गर्दथ्यो । अब हिज्जबुल्लाहले सिरियाको सहयोग नपाउन सक्दछ । सिरियामार्फत हिज्जबुल्लाहले पाउने इरानी सहयोग पनि अहसज हुने छ ।

बेरुत सरकारले दमास्कसको नयाँ शासनसँग राम्रो सम्बन्ध बनाउन सक्दछ । यसो भएमा हिज्बुल्लाह जो गाजा युद्धमा हमासलाई साथ दिँदा आफैँ कमजोर भएको छ, लेबनानी राजनीतिमा यसको प्रभाव अझ कमजोर हुन सक्दछ ।

हिज्बुल्लाह र इरानको सहयोगी शासकको पतनले हमासलाई पनि परोक्षतः बेफाइदा हुनेछ । हमासका मध्यमस्तरका नेता, कार्यकर्ता सिरियामा लुकेर बस्ने गर्दथे । सिरियाभित्र सिया समुदाय र सिया समुदायआधारित सङ्गठन कमजोर हुन सक्नेछन् ।

तर, विद्रोही नेता अबु मोहम्मद अल जुलानी सुन्नी समुदायको भएको हुँदा इसाईलगायतका सिरियाली अल्पसङ्ख्यकमाथिका सङ्कट बढ्न सक्नेछन् । असद शासनकालमा सुन्नी समुदायमाथि ठूलो दमन गरिएको थियो । नयाँ शासनले त्यसको प्रतिशोध लिन्छ वा सबै समुदायसँग समान व्यवहार गर्दछ, त्यो भने प्रतिक्षाकै विषय बन्दछ ।

नयाँ शासनले आधुनिक लोकतान्त्रिक शासन पद्धति अवलम्बन गर्दछ वा इस्लामिक कानुनहरू लागू गर्दछ, त्यो पनि पर्खेर हेर्ने विषय नै हो । जुलानीको राजनीतिक पृष्ठभूमि अलकाइदासँग जोडिएको हुँदा उनले इस्लामिक कानुन लगाउन खोजे अफगानिस्तान र इरानका महिलालाई जस्तै सिरियाली महिलाले पनि बुर्का वा हिजाब संहिता पालना गर्नु पर्ने वा महिला शिक्षा र स्वतन्त्रता सङ्कुचन हुन सक्दछ ।

सम्पूर्ण अरब देश र मध्यपूर्वमा सुन्नी समुदायको राजनीतिक प्रभाव विस्तारमा सिरियाको नयाँ शासनले भूमिका गर्न सक्नेछ । अल काइदा र आरएसआरएस लाभान्वित हुन सक्दछन् । दीर्घकालमा इजरायल लाभान्वित नहुन सक्दछ तर, तत्काल आफ्ना शत्रुहरु हिज्जबुल्लाह, हमास र इरान कमजोर हुने हुँदा यो इजरायलका लागि पनि फाइदाको विषय हो ।

अमेरिका र पश्चिमा देशहरुका लागि भने नयाँ सिरियाली शासनसँगको सम्बन्ध अनुमान गर्न हतारो हुन्छ । जुलानी अलकाइदा र आइएसआइएस पृष्ठभूमिका नेता भएको हुँदा उनको अमेरिका र पश्चिमा देशहरुसँगको सम्बन्ध कस्तो हुन्छ, यसै भन्न सकिन्न ।

तर, तत्कालका लागि भने अमेरिकासमेत फाइदामा छ । किनकि, उसका मुख्य आवणिक प्रतिस्पर्धी दुई देश रुस र इरानले यो सिरिया मामिलामा घाटा बेहोरेका छन । इरान र रुसको बेफाइदा नै अहिलेलाई अमेरिकाको फाइदा हो ।

अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले सिरियामा असदको पतनप्रति खुसी व्यक्त गर्दै यो लडाइँमा अमेरिका संलग्न हुनु नहुने तर्क गरेका छन् । यमन, लिबिया, इजिप्ट, ट्युनिसियाजस्ता देशहरु सम्भवतः धेरै बेफाइदामा हुने छैनन् तर, ती भित्रभित्रै संशयमा र असन्तुष्ट भने होलान् ।

टर्कीको कुर्दिश विद्रोही क्षेत्रमा अधिकांश सुन्नी समुदायका छन् । सम्भवतः टर्की पनि सिरियाको सत्ता परिवर्तनबाट त्यतिधेरै सन्तुष्ट नहोला । जोर्डनमा पर्ने प्रभावबारे पनि अहिले नै यसै भन्न सकिँदैन ।

यद्यपि, युक्रेन युद्धमा रुसलाई सिरियाली सहयोग निर्णायक र महत्त्वपूर्ण थिएन । तर, आफ्नो शत्रु देशको एक सहयोगीको पतन युक्रेनका लागि पनि फाइदाको विषय बनेको छ । यसबारेमा तपाईका टिप्पणी अवश्य ब्यक्त गर्नुहोला ।

Tags: #असदको पतन#सिरियामा सुरु भयो नयाँ गृहयुद्ध

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२

विचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत
अन्तर्राष्ट्रिय

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

00:16:10

World News: आप्रवासीलाई तेस्रो देश पठाउन ट्रम्पलाई अनुमति, इरानमा जासुस पक्राउ || Nepal Times

00:10:39

World News: विदेशमा रहेका नागरिकलाई देश फर्काउँदै इजरेल, चर्चमा आत्मघाती ब*म || Nepal Times

00:15:43

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.