×

NEPAL TIMES UPDATES

Playing
हजारौं गीत गाएर अस्थाइन् आशा भोसले || Nepal Times
Apr 12, 2026
Playing
विद्याभण्डारीको लाइनमा राष्ट्रपति पौडेल, सरकारको सिफारिस रोक्न मिल्छ ? || Nepal Times
Apr 12, 2026
Playing
नेपाल सुरुङ युगमा प्रवेश|| Nepal Times
Apr 12, 2026
Playing
Top 15 Afternoon News || April-12-2026 || Nepal Times
Apr 12, 2026
Playing
ISLAMABAD TALKS असफल भएपछि Pakistanले के भन्यो ? || Nepal Times
Apr 12, 2026
Playing
बालेनको भारत भ्रमणबारे शिशिर खनालको खुलासा,हर्कले दिए एजेन्डा|| Nepal Times
Apr 12, 2026
Playing
Americaमाथि Iranको शंकाः कसका कारणले वार्ता भाँडियो ? || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री बालेनलाई मोदीको निम्तो#balen #modi #india #nepal
Apr 12, 2026
Playing
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग कहिलेदेखि संचालनमा ?|| Nepal Times
Apr 12, 2026
Playing
बालेनले हर्कलाई उपसभामुख किन दिलाए ? अब मिल्ने ?|| Nepal Times
Apr 12, 2026

जाकिर हुसेन जसले तबलालाई विश्वब्यापी बनाए

१ पुष २०८१

१ पुष , एजेन्सी ।

विश्वप्रसिद्ध तबलावादक तथा पद्मविभूषण उस्ताद जाकिर हुसेनको निधन भएको छ । उनको परिवारले सोमबार बिहान यसको पुष्टि गरेको हो । परिवारकाअनुसार हुसेन इडियोप्याथिक पल्मोनरी फाइब्रोसिसबाट पीडित थिए ।

Advertisement
Advertisement

परिवारका अनुसार उनी पछिल्लो दुई सातादेखि अमेरिकाको सान फ्रान्सिस्कोको अस्पतालमा उपचाररत थिए । उनको अवस्था बिग्रिएपछि उनलाई आईसीयूमा भर्ना गरिएको थियो । उनले त्यहीँ अन्तिम सास फेरेको बताइएको छ ।

जाकिरको जन्म ९ मार्च १९५१ मा मुम्बईमा भएको थियो । उस्ताद जाकिर हुसैनलाई सन् १९८८ मा पद्मश्री, सन् २००२ मा पद्मभूषण र सन् २०२३ मा पद्मविभूषण प्रदान गरिएको थियो । उनका पिताको नाम उस्ताद अल्लारखा कुरैशी र आमाको नाम बावी बेगम थियो ।

जाकिरका बुबा अल्लारखा पनि तबला वादक थिए । जाकिर हुसेनले आफ्नो प्रारम्भिक शिक्षा मुम्बईको माहिमको सेन्ट माइकल स्कूलबाट गरेका थिए । उनले मुम्बईको सेन्ट जेभियर कलेजबाट स्नातक गरे ।

हुसेनले ११ वर्षको उमेरमा अमेरिकामा आफ्नो पहिलो कन्सर्ट गरेका थिए । सन् १९७३ मा उनले आफ्नो पहिलो एल्बम ‘लिभिङ इन द मटेरियल वर्ल्ड’ सार्वजनिक गरे । हुसैनले सन् २००९ मा आफ्नो पहिलो ग्रामी पुरस्कार प्राप्त गरे ।

सन् २०२४ मा उनले ३ फरक एल्बमका लागि ३ ग्रामी जितेका छन् । यसरी जाकिर हुसैनले कुल ४ वटा ग्रामी अवार्ड जितेका छन् । हुसेन भन्थे– ”तबला बिनाको जीवन कल्पना गर्न पनि असम्भव छ” ।

२०औं शताब्दीका चर्चित तालवादक उस्ताद अल्लारखा कुरैशीले आफ्नो छोरालाई काखमा समातेर कानमा कविता सुनाएनन् तर, तबलाका गीत सुनाउँथे । परिवारका अन्य सदस्यले कारण सोध्दा उनी भन्थे, ‘तबलाका यी बजाइ मेरो आयत हो ।’

त्यो बालक जाकिर थिए, जसले सारा संसारलाई तबलाको तालमा नाच्ने मौका दिए । जाकिर, जसले सङ्गीतको विरासतलाई आफ्नो नसामा राखे, देशका ती कलाकारमध्ये एक थिए, जसले भारतीय शास्त्रीय सङ्गीतलाई विश्व स्तरमा मात्र पु¥याएनन्, तबलालाई मुख्य वाद्ययन्त्रका रुपमा विश्वमा पनि एक प्रमुख स्थान दिलाए ।

समकालीन विश्व सङ्गीत अर्थात् पश्चिम र पूर्वको सङ्गीतलाई एकसाथ ल्याउने सफल प्रयोगका कारण उनले शास्त्रीय सङ्गीतमा विज्ञता मात्र नभई कयौं चलचित्रमा अभिनय पनि गरेका थिए । मिकी हार्ट, जोन म्याकलाफलिन जस्ता कलाकारसँग फ्यूजन सङ्गीत सिर्जना गर्दा उनले आफ्नै ब्यान्ड ‘शक्ति’ पनि सुरु गरे ।

फ्युजन म्युजिक बनाएपछि पनि उनले तबला छोडेनन् किनभने उनी र तबला बाल्यकालदेखि नै साथी र दाजुझैँ साथमा रहे । जाकिर हुसेन त्यो दुर्लभ क्षमताको तालवादक थिए, जसले वरिष्ठ डागर ब्रदर्स, उस्ताद बडे गुलाम अली खान साहबदेखि बिरजु महाराज र निलाद्री कुमार, हरिहरनसम्मका ४ पुस्ताका कलाकारलाई साथ दिए ।

जाकिरको योगदान सिनेमा जगत्मा पनि महत्वपूर्ण छ । ‘बावर्ची’, ‘सत्यम शिवम् सुन्दरम्’, ‘हीर–राँझा’, ‘साज’ जस्ता चलचित्रको सङ्गीतमा उस्तादको ठूलो भूमिका थियो । सङ्गीत मात्र होइन, उनले लिटिल बुद्ध र साज जस्ता चलचित्रमा पनि अभिनय गरेका छन् ।

जाकिरलाई सबैभन्दा कम उमेरमा (३७ वर्ष) १९८८ मा पद्मश्री प्रदान गरिएको थियो । जाकिरले मिलेर बनाएको एल्बम ‘प्ल्यानेट ड्रम’मा हिन्दुस्तानी र विदेशी लय मिसाएर रेकर्डिङ गरिएको थियो, जुन त्यतिबेला दुर्लभ थियो ।

Advertisement

त्यही कारण त्यो बेला करिब ८ लाख रेकर्ड बिक्री भएको थियो । सन् २०१० मा उस्ताद अल्लारखा सङ्गीत संस्थानको तर्फबाट उनलाई पञ्जाब घरानाको तबला बजाउने महान गुरुको उपाधि दिइएको थियो।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top