अमिताभ र आमिर अभिनित चलचित्र ‘ठग्स अफ हिन्दोस्तान’ को ट्रेलर सार्वजनिक(भिडियो)

१० असोज ७५, बिहीबार

एजेन्सी,असोज ११

बलिउड सुपरस्टार अमिताभ बच्चन र आमरि खानले पहिलो पटक स्क्रिन साझेदारी गरेको चलचित्र ‘ठग्स अफ हिन्दोस्तान’ को ट्रेलर सार्वजनिक भएको छ । लामो समयदेखि व्यग्रताका साथ प्रतिक्षामा रहेको सो चलचित्रको ट्रेलर बिहीबार सार्वजनिक गरिएको हो ।

यशराज फिल्म्सले निर्माण गरेको चलचित्रको ट्रेलर एक्सन र दमदार डाइलगबाट भरपूर छ । ट्रेलरमा भिएफएक्स जबर्जस्त देखिएको छ । ठूला–ठूला जहाज र कलाकारको लुक्सको अन्दाजले ‘बाहुबली’ को ग्रान्ड स्टाइलको याद दिलाउन सक्छ ।

दिपावलीको अवसर पारेर ८ नोभेम्बरमा रिलिज हुन लागेको यो फिल्म फिलिप टेलर्सको उपन्यास ‘कन्फेशन अफ ठग्स’ मा आधारित छ । विजय कृष्ण आचार्यले निर्देशन गरेको सो चलचित्र तीन भाषामा रिलिज हुनेछ ।

हिन्दीसँगै फिल्मलाई तमिल र तेलुगूमा पनि डब गरिएको छ । चलचित्रमा अमिताभ बच्चन (खुदाबक्श), आमिर खान (फिरंगी), फातिमा सना शेख जफीर), कटरीना कैफ (सुरैया) र लायड (जोन क्लाइव) को भूमिकामा छन् ।

‘ठग्स अफ हिन्दोस्तान’ को बजेट २ करोड १० लाख बताइएको छ । यो यशराज ब्यानरको सबैभन्दा महँगो फिल्म हो । यो पहिलो फिल्म हो जुन ठगको जिन्दगीलाई पर्दामा देखाइदैछ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top