NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मुक्तिनाथ क्षेत्रमा व्यापक हिमपात मङ्लबार कार्तिक ११ , २०८२
५ पटकका पिएम देउवा उपचार गर्न सिंगापुरमा,नेपालमा किन बनाएनन् अस्पताल मङ्लबार कार्तिक ११ , २०८२
जमैका पुग्दै छ वर्षकै शक्तिशाली आँधी ‘मेलिसा’ मङ्लबार कार्तिक ११ , २०८२
ओलीसहित ५ जनाको राहदानी रोक्काविरुद्ध सर्वोच्चमा रिट मङ्लबार कार्तिक ११ , २०८२
भदौ २३ र २४का दोषीहरुलाई कहिले हुन्छ कारबाही, आयोग के गर्दैछ ? मङ्लबार कार्तिक ११ , २०८२
Next
Prev

समाचार

पूर्वउपराष्ट्रपति पुत्र दिपेश पनि सूर्यदर्शन सहकारीको अभियुक्त

आइतवार पुस ७ , २०८१
Reading Time: 1 min read
A A
दीपेश पुनलाई जहाजमार्फत बुटवल लगियो
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

७ पुष , काठमाण्डौ।

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पोखराको सूर्यदर्शन सहकारी संस्थाको रकम अपचलन प्रकरणमा अभियुक्तमा दर्ज भएका छन् । दिपेशविरुद्ध आइतबार कास्की जिल्ला अदालतमा सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर गरिएको हो ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय कास्कीले उनीविरुद्ध एक अर्ब ५१ करोड रुपैयाँ बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको छ । उनी यसअघि बुटवलको सुप्रिम सहकारी ठगीमा समेत प्रतिवादी बनाइएका थिए ।

LS Auto

सुप्रिम सहकारीको रकम अपचलन प्रकरणमा उनी धरौटीमा छुटेका थिए । हाल उनी फरार छन् । यता सूर्यदर्शन सहकारी संस्थाकै रकम अपचलन मुद्यामा रास्वपाका सभापति रवि लामिछानेविरुद्ध पनि मुद्या दायर भएको छ ।

यस्तै उनीविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा झण्डै २८ करोड बिगो कायम भएको छ । आइतबार अदालतमा तीनवटा कसुरमा एकसाथ अभियोग पत्र दायर गरेको जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी सूचना अधिकारी शान्तिदेवी शर्माले जानकारी दिइन् ।

सम्पत्ति शुद्धीकरणको कसुरमा दोस्रो चरणको अनुसन्धानमा पक्राउ परेका चार जनाविरुद्ध अभियोग लगाइएको छ । जसमा रवि लामिछानेसँग २७ करोड ८९ लाख ४४ हजार ७ सय ५ रुपैयाँ बिगो भराउन माग गरिएको छ ।

यो कसुरमा पूर्वडीआईजी छविलाल बन्जाडे जोशीलाई ७४ करोड ३४ लाख ७१ हजार ५५ रुपैयाँ ५२ पैसा कायम गर्दै अभियोग दायर भएको छ । जोशी रविभन्दा एक महिनापहिले नै पक्राउ परेका थिए । यस्तै लिला पछाई र रामबहादुर खनालविरुद्ध पनि सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर भएको सूचना अधिकारी शर्माले बताइन् ।

रवि र छविसहित ३१ जनाविरुद्ध सहकारी ठगीमा, संगठित अपराधमा १९ जना, सम्पत्ति शुद्धीकरणमा ४ जना र राष्ट्र बैंक अन्तर्गतको कसुर (क्रिप्टो) मा २ जना विरुद्ध अभियोग लगाइएको हो । ‘रवि लामिछानेसहितका प्रतिवादीहरुले आपराधिक समूहको लाभका लागि आपराधिक समूहसँग मिलेर आपराधिक समूहको सदस्य भई जानी–जानी सहकारीको बचत रकम अपचलन गरी संगठित अपराधको कसुर गरेको पुष्टि भएको देखिँदा निज प्रतिवादीहरुलाई संगठित अपराध निवारण ऐन २०७० को दफा ९ (क) र (ग) बमोजिम सजाय हुन,’ अभियोग पत्रमा उल्लेख छ ।

उनीहरुविरुद्ध सहकारी ठगीमा एक अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ बिगो दाबी गरिएको छ । जीबीसहित १९ जनाविरुद्ध गत शुक्रबार नै यही बिगो र थप कसुरमा मुद्दा दायर भइसकेको छ । लामिछानेलाई प्रहरीले कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेर कास्की लगेको थियो ।

रवि लामिछानेकी पत्नी निकिता पौडेललाई पनि सम्पत्ति जफतका लागि प्रतिवादी बनाइएको छ । उनलाई मुख्य कसुरमा नभई सम्पत्ति जफतका लागि प्रतिवादी बनाइएको जिल्ला सरकारी वकिल कार्यालय कास्कीले जनाएको छ ।

सम्पत्ति जफतका लागि निकितासँगै पद्मा बन्जाडे, रोचक जोशी, राधा पछाई, मिना पछाईलाई प्रतिवादी बनाइएको अभियोग पत्रमा उल्लेख छ। उनीहरुको हकमा अदालतबाटै कानुनबमोजिम हुन भनिएको छ । लामिछानेले यसरी ठगी गरेको रकम निकिताको खातामा जम्मा गरेको अभियोग छ ।

निकिताका नाममा भएको सम्पत्ति समेत जफत गर्न माग गरिएको हो । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रहरी अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले कास्की जिल्ला अदालतमा मुद्दा दायर गर्दा ८ कम्पनीसहित ४४ जनालाई प्रतिवादी बनाएको छ ।

जसअनुसार व्यक्तिमा रवि लामिछाने, छविलाल जोशी, रामबहादुर खनाल, दिपेशकुमार पुन, नेत्रपाणि वास्तोला, देवेन्द्र बाबु राई, विज्ञान राई, लिला पछाईलाई प्रतिवादी बनाइएको छ । यस्तै विश्वविक्रम राई, विशाल तामाङ, नविन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दिपक लामा, अनन्त बाबु राई, ओमप्रकाश गुरुङ, बिरबहादुर रानाभाट, दिपा न्यौपाने, कल्पना कुमारी श्रेष्ठ, ज्ञान बहादुर बम्जन, मिना गुरुङ, सूर्यध्वज न्यौपाने, आरती गुरुङ, लिला बहादुर गुरुङ, पेशलकुमार राई, कृष्ण बहादुर गुरुङ, देव कुमार नेपाली, शकुन्तला गुरुङ, मिश्र कुमारी गुरुङ, रितु ताम्राकार र लक्ष्मी प्रसाद पौडेललाई पनि प्रतिवादी बनाइएको छ ।

यी प्रतिवादीहरुले मिलेमतो गरी सूर्यदर्शन सहकारी एक अर्व एकाउन्न करोड चालिस लाख उन्नाइस हजार एक सय चौरानब्बे रुपैयाँ तिन पैसा अपचलन गरेको अभियोगपत्रमा उल्लेख छ । मुद्दा दायर भएकामध्ये ८ जना हाल थुनामै छन् भने ५ जना विरुद्ध रकम फिर्ताका लागि प्रतिवादी बनाइएको छ । यस्तै प्रतिवादी बनाइएकामध्ये २३ जना फरार छन् ।

Tags: #दिपेश पुन#सूर्यदर्शन सहकारी ठगी

लोकप्रीय

आज दुई प्रदेशमा वर्षा र हिमपात

मुक्तिनाथ क्षेत्रमा व्यापक हिमपात

मङ्लबार कार्तिक ११ , २०८२
५ पटकका पिएम देउवा उपचार गर्न सिंगापुरमा,नेपालमा किन बनाएनन् अस्पताल

५ पटकका पिएम देउवा उपचार गर्न सिंगापुरमा,नेपालमा किन बनाएनन् अस्पताल

मङ्लबार कार्तिक ११ , २०८२
जमैका पुग्दै छ वर्षकै शक्तिशाली आँधी ‘मेलिसा’

जमैका पुग्दै छ वर्षकै शक्तिशाली आँधी ‘मेलिसा’

मङ्लबार कार्तिक ११ , २०८२

विचार

आज दुई प्रदेशमा वर्षा र हिमपात

मुक्तिनाथ क्षेत्रमा व्यापक हिमपात

मङ्लबार कार्तिक ११ , २०८२
५ पटकका पिएम देउवा उपचार गर्न सिंगापुरमा,नेपालमा किन बनाएनन् अस्पताल

५ पटकका पिएम देउवा उपचार गर्न सिंगापुरमा,नेपालमा किन बनाएनन् अस्पताल

मङ्लबार कार्तिक ११ , २०८२
जमैका पुग्दै छ वर्षकै शक्तिशाली आँधी ‘मेलिसा’

जमैका पुग्दै छ वर्षकै शक्तिशाली आँधी ‘मेलिसा’

मङ्लबार कार्तिक ११ , २०८२

थप समाचार

आज दुई प्रदेशमा वर्षा र हिमपात
ताजा समाचार

मुक्तिनाथ क्षेत्रमा व्यापक हिमपात

मङ्लबार कार्तिक ११ , २०८२
५ पटकका पिएम देउवा उपचार गर्न सिंगापुरमा,नेपालमा किन बनाएनन् अस्पताल
ताजा समाचार

५ पटकका पिएम देउवा उपचार गर्न सिंगापुरमा,नेपालमा किन बनाएनन् अस्पताल

मङ्लबार कार्तिक ११ , २०८२
जमैका पुग्दै छ वर्षकै शक्तिशाली आँधी ‘मेलिसा’
अन्तर्राष्ट्रिय

जमैका पुग्दै छ वर्षकै शक्तिशाली आँधी ‘मेलिसा’

मङ्लबार कार्तिक ११ , २०८२
पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ
ताजा समाचार

ओलीसहित ५ जनाको राहदानी रोक्काविरुद्ध सर्वोच्चमा रिट

मङ्लबार कार्तिक ११ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: हिज्बुल्ला कमाण्डरको मृ*त्यु, अमेरिकी हेली र फाइटर जेट दु*र्घ*टना || Nepal Times

World News: हिज्बुल्ला कमाण्डरको मृ*त्यु, अमेरिकी हेली र फाइटर जेट दु*र्घ*टना || Nepal Times

00:21:04

World News: Indiaले सैन्य अभ्यास गर्दा पाकिस्तानी एयरस्पेस बन्द, अर्काे यु*द्धको डर || Nepal Times

00:13:21

World News:शिरमा ब न्दुक राखेर Indiaले Trumpसँग सम्झौता नगर्ने, सुरक्षा परिषद् कमजोर

00:20:26

विश्वमै इन्धनको भाउ बढ्ने, पुटिनलाई रोक्न सीको शरणमा ट्रम्प || Nepal Times

00:22:07

World News: भेनेजुएलासँग ५००० रूसी मिसाइल, क्यानडाले माग्यो नेतन्याहुको गिरफ्तारी || Nepal Times

00:17:50

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

आजदेखि मौसममा बदली, भारतमा भारी वर्षा, नेपालमा के हुन्छ ?

सोमवार कार्तिक १० , २०८२
दुर्गा प्रसाँइको आन्दोलनसँग सरकार सशङ्कित

दुर्गा प्रसाईँ अब सुध्रिने, देश छाड्न तयार, निशानामा मारवाडी

आइतवार कार्तिक ९ , २०८२
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

आजको विदेशी मुद्राको विनिमय दर

बिहिबार कार्तिक ६ , २०८२

हालका पोस्टहरू

आज दुई प्रदेशमा वर्षा र हिमपात

मुक्तिनाथ क्षेत्रमा व्यापक हिमपात

मङ्लबार कार्तिक ११ , २०८२
५ पटकका पिएम देउवा उपचार गर्न सिंगापुरमा,नेपालमा किन बनाएनन् अस्पताल

५ पटकका पिएम देउवा उपचार गर्न सिंगापुरमा,नेपालमा किन बनाएनन् अस्पताल

मङ्लबार कार्तिक ११ , २०८२
जमैका पुग्दै छ वर्षकै शक्तिशाली आँधी ‘मेलिसा’

जमैका पुग्दै छ वर्षकै शक्तिशाली आँधी ‘मेलिसा’

मङ्लबार कार्तिक ११ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.