×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026
Playing
रास्वपा र राप्रपाबीच केमा सहमति हुन लागेको हो ? || Nepal Times
Apr 04, 2026
Playing
ट्राफिक लाइट पा ल ना नगर्ने लाई कारबा ही, मापसे गरेर गाडी चला उने ९ चालक प क्राउ|| Nepal Times
Apr 04, 2026
Playing
बालेन सरकारले ठुला माछा समाउन किन गर्यो ढिलो ? #nepal #scandal || Nepal Times
Apr 04, 2026
Playing
अमेरिकामा २४ घण्टामा सेना प्रमुख र महान्यायाधिवक्ता बर्खास्त || Nepal Times
Apr 04, 2026
Playing
World News : ठूलो हमलामा पनि इरानले हजारौँ ड्रोन जोगायो, अमेरिकी दुई फाइटर जेट इरानले खसायो
Apr 04, 2026
Playing
किन पक्रा उ परे शंकर अग्रवालका बाबुछोरा ? हाइप्रोफाइलको भागभाग#nepaltimes #trending #nepal
Apr 04, 2026
Playing
सभामुखमा कांग्रेस, एमाले र नेकपाले किन दिएनन् उम्मेदवारी ?|| Nepal Times
Apr 04, 2026
Playing
Top 15 Afternoon News || April-04-2026 || Nepal Times
Apr 04, 2026
Playing
राजदूत भन्छन– पत्र पठाएका छौँ, औपचारिक जानकारी छैन|| Nepal Times
Apr 04, 2026

पूर्वउपराष्ट्रपति पुत्र दिपेश पनि सूर्यदर्शन सहकारीको अभियुक्त

७ पुष २०८१

७ पुष , काठमाण्डौ।

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पोखराको सूर्यदर्शन सहकारी संस्थाको रकम अपचलन प्रकरणमा अभियुक्तमा दर्ज भएका छन् । दिपेशविरुद्ध आइतबार कास्की जिल्ला अदालतमा सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर गरिएको हो ।

Advertisement

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय कास्कीले उनीविरुद्ध एक अर्ब ५१ करोड रुपैयाँ बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको छ । उनी यसअघि बुटवलको सुप्रिम सहकारी ठगीमा समेत प्रतिवादी बनाइएका थिए ।

सुप्रिम सहकारीको रकम अपचलन प्रकरणमा उनी धरौटीमा छुटेका थिए । हाल उनी फरार छन् । यता सूर्यदर्शन सहकारी संस्थाकै रकम अपचलन मुद्यामा रास्वपाका सभापति रवि लामिछानेविरुद्ध पनि मुद्या दायर भएको छ ।

यस्तै उनीविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा झण्डै २८ करोड बिगो कायम भएको छ । आइतबार अदालतमा तीनवटा कसुरमा एकसाथ अभियोग पत्र दायर गरेको जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी सूचना अधिकारी शान्तिदेवी शर्माले जानकारी दिइन् ।

सम्पत्ति शुद्धीकरणको कसुरमा दोस्रो चरणको अनुसन्धानमा पक्राउ परेका चार जनाविरुद्ध अभियोग लगाइएको छ । जसमा रवि लामिछानेसँग २७ करोड ८९ लाख ४४ हजार ७ सय ५ रुपैयाँ बिगो भराउन माग गरिएको छ ।

यो कसुरमा पूर्वडीआईजी छविलाल बन्जाडे जोशीलाई ७४ करोड ३४ लाख ७१ हजार ५५ रुपैयाँ ५२ पैसा कायम गर्दै अभियोग दायर भएको छ । जोशी रविभन्दा एक महिनापहिले नै पक्राउ परेका थिए । यस्तै लिला पछाई र रामबहादुर खनालविरुद्ध पनि सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर भएको सूचना अधिकारी शर्माले बताइन् ।

रवि र छविसहित ३१ जनाविरुद्ध सहकारी ठगीमा, संगठित अपराधमा १९ जना, सम्पत्ति शुद्धीकरणमा ४ जना र राष्ट्र बैंक अन्तर्गतको कसुर (क्रिप्टो) मा २ जना विरुद्ध अभियोग लगाइएको हो । ‘रवि लामिछानेसहितका प्रतिवादीहरुले आपराधिक समूहको लाभका लागि आपराधिक समूहसँग मिलेर आपराधिक समूहको सदस्य भई जानी–जानी सहकारीको बचत रकम अपचलन गरी संगठित अपराधको कसुर गरेको पुष्टि भएको देखिँदा निज प्रतिवादीहरुलाई संगठित अपराध निवारण ऐन २०७० को दफा ९ (क) र (ग) बमोजिम सजाय हुन,’ अभियोग पत्रमा उल्लेख छ ।

उनीहरुविरुद्ध सहकारी ठगीमा एक अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ बिगो दाबी गरिएको छ । जीबीसहित १९ जनाविरुद्ध गत शुक्रबार नै यही बिगो र थप कसुरमा मुद्दा दायर भइसकेको छ । लामिछानेलाई प्रहरीले कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेर कास्की लगेको थियो ।

रवि लामिछानेकी पत्नी निकिता पौडेललाई पनि सम्पत्ति जफतका लागि प्रतिवादी बनाइएको छ । उनलाई मुख्य कसुरमा नभई सम्पत्ति जफतका लागि प्रतिवादी बनाइएको जिल्ला सरकारी वकिल कार्यालय कास्कीले जनाएको छ ।

सम्पत्ति जफतका लागि निकितासँगै पद्मा बन्जाडे, रोचक जोशी, राधा पछाई, मिना पछाईलाई प्रतिवादी बनाइएको अभियोग पत्रमा उल्लेख छ। उनीहरुको हकमा अदालतबाटै कानुनबमोजिम हुन भनिएको छ । लामिछानेले यसरी ठगी गरेको रकम निकिताको खातामा जम्मा गरेको अभियोग छ ।

निकिताका नाममा भएको सम्पत्ति समेत जफत गर्न माग गरिएको हो । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रहरी अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले कास्की जिल्ला अदालतमा मुद्दा दायर गर्दा ८ कम्पनीसहित ४४ जनालाई प्रतिवादी बनाएको छ ।

जसअनुसार व्यक्तिमा रवि लामिछाने, छविलाल जोशी, रामबहादुर खनाल, दिपेशकुमार पुन, नेत्रपाणि वास्तोला, देवेन्द्र बाबु राई, विज्ञान राई, लिला पछाईलाई प्रतिवादी बनाइएको छ । यस्तै विश्वविक्रम राई, विशाल तामाङ, नविन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दिपक लामा, अनन्त बाबु राई, ओमप्रकाश गुरुङ, बिरबहादुर रानाभाट, दिपा न्यौपाने, कल्पना कुमारी श्रेष्ठ, ज्ञान बहादुर बम्जन, मिना गुरुङ, सूर्यध्वज न्यौपाने, आरती गुरुङ, लिला बहादुर गुरुङ, पेशलकुमार राई, कृष्ण बहादुर गुरुङ, देव कुमार नेपाली, शकुन्तला गुरुङ, मिश्र कुमारी गुरुङ, रितु ताम्राकार र लक्ष्मी प्रसाद पौडेललाई पनि प्रतिवादी बनाइएको छ ।

Advertisement

यी प्रतिवादीहरुले मिलेमतो गरी सूर्यदर्शन सहकारी एक अर्व एकाउन्न करोड चालिस लाख उन्नाइस हजार एक सय चौरानब्बे रुपैयाँ तिन पैसा अपचलन गरेको अभियोगपत्रमा उल्लेख छ । मुद्दा दायर भएकामध्ये ८ जना हाल थुनामै छन् भने ५ जना विरुद्ध रकम फिर्ताका लागि प्रतिवादी बनाइएको छ । यस्तै प्रतिवादी बनाइएकामध्ये २३ जना फरार छन् ।

भर्खरको समाचार

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सम्बन्धित खबरहरु

Scroll to Top