लुक्लाबाट उडेको हेलिमा चरा ठोक्किएपछि खेतमै अबतरण

१३ पुस ८१, आइतबार

१४ पुष , काठमाण्डौ।

Advertisement

हावामा उडिरहेका चरा र उड्डयन सुरक्षाबीचको द्वन्द्व फेरि एकपटक देखिएको छ। आज, लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्किएपछि आकस्मिक अवतरण गर्नुपरेको छ।

Advertisement

दक्षिण कोरियामा १८१ यात्रु विमान चरा ठोक्किएकै कारण भयानक दुर्घटनामा परेको आशंका गरिएकै अवस्थामा सोलुखुमबुको लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्किँदा खेतमै आकस्मिक अवतरण गरिएको छ।

आइतबार बिहान सवा १० बजे हेलि एभेरेष्टको ९ एन–एकेजी हेलिकप्टर लुक्लाबाट काठमाडौं आउँदै थियो। ११ बजेर २ मिनेट जाँदा नलिन्चोक भन्दा एक माइल पूर्व आकासमा चरा हेलिकप्टरमा ठोक्किएको थियो।

Advertisement

चरा ठोक्किएपछि पाइलटले बनेपास्थित एक खेतमा हेलिकप्टरलाई आकस्मिक अवतरण गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताएका छन् । हेलिकप्टरमा विदेशी पाइलट र पाँच जना यात्रु थिए। हेलिकप्टरको बाहिरी भागमा केही क्षति पुगेको हुनाले प्राविधिक टोलीले साँगा पुगेर जाँच गर्ने भुलले बताएका छन् ।

यसअघि मंसिर १४, २०७७मा बागलुङबाट काठमाडौं आउँदै गरेको कैलाश एयरको हेलिकप्टरमा चरा ठोक्किएपछि नुवाकोटको बेलकोटगढी नगरपालिकामा आकस्मिक अवतरण गरिएको थियो। हेलिकप्टरमा सवार ६ जना यात्रुहरू सुरक्षित थिए, तर एकजनाको हात र खुट्टामा सामान्य चोट लागेको थियो।

यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमाबाट गोसाइकुण्डका लागि उडेको प्रभु हेलिकप्टर चरासँग ठोक्किएपछि टेकअफको क्रममा आकस्मिक अवतरण गरिएको थियो। यस घटनामा पनि कुनै ठूलो क्षति भने भएको थिएन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top