×

NEPAL TIMES UPDATES

Playing
रविको सिफारिसपछि श्रममन्त्रीलाई प्रधानमन्त्री बालेनले गरे बर्खास्त || Nepal Times
Apr 09, 2026
Playing
छु*रा प्र*हारबाट पाटनमा अस्ताए नेम्बाङ दाजुभाइ, आमा भेट्ने सपना अधुरै|| Nepal Times
Apr 09, 2026
Playing
श्रममन्त्रीलाई हटाउन र स्वास्थ्यमन्त्रीलाई सचेत गराउन रविको पत्र
Apr 09, 2026
Playing
परराष्ट्रमन्त्रीको ५दिने यात्राः जयशंकरसंगै अन्य समकक्षीहरुसंग ’साइडलाइन’ || Nepal Times
Apr 09, 2026
Playing
देउवाको फेसबुकमा सफाइ पेश, कहिले फर्किन्छन् देश ?|| Nepal Times
Apr 09, 2026
Playing
Top 15 Afternoon News || April-09-2026 || Nepal Times
Apr 09, 2026
Playing
ट्रम्पलाई रोक्ने रणनीतिमा जुटे डेमोक्र्याटहरू || Nepal Times
Apr 09, 2026
Playing
बालेन्द्र सरकारका मन्त्रीको सम्पत्ति विवरणको खोजी ? बिर्सियो कि वाचा ? || Nepal Times
Apr 09, 2026
Playing
रवि र बालेनको निर्णयमा फरकःरविले खोलेको बाटोमा बालेनको तगारो|| Nepal Times
Apr 09, 2026
Playing
सुधन आएपछि समातिएकाहरु धमाधम छुट्दै, को छुटे को बाँकी ? || Nepal Times
Apr 09, 2026

देशभरको तापक्रम घट्यो, चिसो बढ्यो

१५ पुष २०८१

१५ पुष , विराटनगर।

पछिल्ला केही दिनदेखि देशभर चिसो बढ्दै गएको छ। हिमाली क्षेत्रमा हिमपातसँगै तराई र मध्यपहाडी भेगमा बाक्लो कुहिरोले जनजीवन प्रभावित बनाएको छ। बिहान र साँझको समय अझै कठ्याङ्ग्रिने चिसोले स्वास्थ्यमा समेत असर पु¥याएको छ।

Advertisement

मौसम विभागका अनुसार चिसो अझै केही दिनसम्म जारी रहनेछ, जसले थप सतर्कता अपनाउनुपर्ने देखिएको छ । केही स्थानमा शनिबार र हिजो आइतबारको तुलनामा आज तापक्रममा थोरै गिरावट आएपछि चिसो बढेको हो ।

सोमबार बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ४.७ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोही समयमा आइतबार काठमाडौंको न्यूनतम तापक्रम ६.० डिग्री सेल्सियस थियो ।

शनिबार काठमाडौंको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ । काठमाडौंमा यो वर्ष आजसम्मको कम तापक्रम भने गएको मंसिर २९ गते २.० डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।

काठमाडौंमा हालसम्मकै न्यून तापक्रम सन् १९७८ मा मापन गरिएको थियो । १९७८ जनवरी ११ मा काठमाडौंको न्यूनतम तापक्रम –३.५ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो ।महाशाखाले सोमबार बिहान सार्वजनिक गरेको देशका १६ स्थानको विवरणमध्ये जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम –३.७ डिग्री सेल्सियस छ ।

आइबार जुम्लाको न्यूनतम तापक्रम १.७ डिग्री सेल्सियस थियो । शनिबार जुम्लाको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ । सोमबार डडेलधुराको न्यूनतम तापक्रम ५.२, ताप्लेजुङको ५.६, वीरेन्द्रनगरको ७.०, ओखलढुंगाको ७.२, पोखराको ७.८, धनकुटाको न्यूनतम तापक्रम ८.० डिग्री सेल्सियस मापन गरिएको छ ।

महाशाखाले हरेक दिन बिहान पौने ९ बजे न्यूनतम र बेलुका पौने ६ बजे मापन गरिएको अधिकतम तापक्रमको विवरण वेबसाइटमार्फत सार्वजनिक गर्दै आएको छ । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज ४.७ डिग्री सेल्सियसमा झरेको छ।

Advertisement

यसअघि आजै बिहान ५ः४५ बजे उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस थियो। तर बिहान ८ः४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम केही घटेर ४.७ डिग्री सेल्सियस कायम भएको हो। आइतबार साँझदेखि मौसम सफा भएर राति आकाश खुलेसँगै देशका अधिकांश स्थानमा न्यूनतम तापक्रम घटेको हो।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top