×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कष्टैकष्टमा बिते भाइरल बालगायक सचिन

१८ पुष २०८१

१८ पुष ,काठमाण्डौ।

भाइरल बालगायक सचिन परियार अब यो संसारमा छैनन्। उनको बाल्यकालले जहिले पनि संघर्ष र पीडाको कथा सुनायो। बाबु र आमाको दोस्रो विवाहपछि सानै उमेरमा उनले ठूलो जिम्मेवारी र असह्य दुःख भोग्नुप¥यो।

Advertisement
Advertisement

आफ्नो आवाजले लाखौंको मन छोएका सचिनले संसारलाई मुस्कान बाँड्न खोजे, तर भित्रभित्रै उनी आफ्ना अनगिन्ती पीडाहरूसँग संघर्ष गरिरहेका थिए। उनको मृत्युले न केवल सांगीतिक क्षेत्रलाई शोकाकुल बनाएको छ, तर एउटा निर्दोष बालकका सपनाहरू अधुरै छोडेको पीडा पनि दिएको छ।

बालगायक सचिन परियारको निधन भएको छ। बिहीबार बिहान १० बजे उनको महाराजगञ्जस्थित टिचिङ अस्पतालमा निधन भएको हो। सचिनका बुवा तेजेन्द्र परियारले उनको निधन भएको पुष्टि गरेका छन् ।

केहि दिन यता सचिनको स्वास्थ्यमा समस्या आएपछि उनका बुवा तेजेन्द्र परियारले सामाजिक सञ्जालमार्फत आर्थिक सहयोगको माग गर्दै आएका थिए। गायक सचिनले अभिनेता राजेश हमालदेखि पछिल्लो समयका कलाकारहरुसँग अभिनय समेत गरेका छन्।

उनी आफैँले गाएको गीत ‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’चर्चामा रहेका छन्। भाइरल बालगायकका रूपमा परिचित सचिनले गाएका गीतहरू समाजिक सञ्जालमा छाएका थिए।

टिकटकमा उनको डाइलग ‘के छ हजुर’ एकदमै चर्चित बनेको थियो। अचानक हात गोडा चल्न छाडेपछि सचिनलाई केही दिनअघि टिचिङ अस्पतालमा भर्ना गरिएको थियो । काठमाडौंको एउटा निजी स्कुलमा बसेर पढिरहेका सचिन अस्वस्थ भएपछि अस्पताल भर्ना गरिएको थियो ।

छोरो बिरामी भएसँगै पोखरामा रहेकी आमा काठमाडौं आएर छोराको उपचारमा खटिएकी थिइन । उनले पनि छोराको उपचारका लागि आफूसँगै पैसा नभएको भन्दै सहयोग गर्दै अनुरोध गरेकी थिइन् । तर आईसीयूमा राखेर उपचार गरिए पनि उनको स्वास्थ्यमा सुधार आउन सकेन ।

उनी १३ वर्षका थिए । मिठो बोली र अनौठो हाउभाउले भाइरल बनेका सचिन सानैदेखि शारीरिकरूपमा भने कमजोर थिए । केही समय उनी सडकमा मानिसहरुसँग पैसा मागेर हिँडिरहेको अवस्थामा समेत भेटिएका थिए ।

पारिवारिक बेमेलका कारण बुवा तेजेन्द्रले छोराको उपचारका लागि उठेको सहयोग दुरुपयोग गरेको आरोप समेत लाग्दै आएको छ । उनको निधनको शोकमा सर्वसाधारणहरुले समेत उनलाई मागीखाने भाँडो बनाइएको र उनको प्रतिभा राज्यले समेत चिन्न नसकेको भन्दै आलोचना गरेका छन् ।

गुल्मीमा सिलाइ व्यवसाय गरेर जीवन चलाउने अभिभावकका पहिलो सन्तान थिए सचिन । उनी छोटो समयमा चर्चित कलाकारहरुसँगको अभिनयदेखि युट्युब, टिकटकलगायत सोसल मिडियामा हाइहाइ भएका थिए ।

तर कलिलो उमेरमानै आमा र बाबुको उचित माया भने पाउन सकेनन् । उनी काठमाडौंको सडकमा माग्दै हिँडेका भेटिएका थिए । सचिन सानै हुँदा अर्को विवाह गरी आमा हिँडेकी थिइन् । बुबाले पनि केही समयपछि नै दोस्रो विवाह गरेका थिए ।

हर्मोनको असन्तुलनले उनको शारीरिक विकास राम्रोसँग नभएको चिकित्सकहरुले बताएका थिए । १४ वर्ष टेकी सक्दापनि पनि उचाइ अपेक्षाकृत रूपमा बढेको थिएन । त्यसमाथि उनलाई नसासम्बन्धी समस्या पनि थियो ।

चर्चित हुँदा उनले स्कुल भर्ना भएपनि नियमित जान पाएनन् । कतिसम्म भने उनले सुत्न र खानसमेत राम्ररी पाउँदैनथे । मेला महोत्सवमा डुलाउने नाममा उनलाई हप्तौसम्म आराम र विद्यालयबाट टाढा राखिएको थियो ।

सञ्चारकर्मी कृष्ण कँडेलले चन्दा उठाएर कक्षा १२ सम्म पढाइदिने गरी सचिनलाई गौशालास्थित हिमाली इङ्लिस बोर्डिङको जिम्मा लगाएका थिए । तर, ६ महिनासम्म अनुपस्थित भएपछि बोर्डिङले सचिनलाई निकालेको थियो ।

नाबालक छोराछोरीलाई छोडेर दोस्रो विवाह गरेकी सचिनकी आमा पोखरामा बस्छिन् । बुबा तेजेन्द्रले समेत दोस्रो बिहे गरेपछि सचिनलाई मावलीले आफैँसँग राखेर पढाइरहेका थिए । उनको मावलीघर बागलुङको गल्कोट हो ।

काठमाडौं आउनुअघि सचिन गल्कोट माविमा २ कक्षामा पढ्थे । उनको गाउँचाहिँ गुल्मीकै मुसिकोट नगरपालिका– ९, ददल्का हो । बुबा तेजेन्द्र पुतलीबजारमा टेलरिङ पसल खोलेर बसेकाले छुट्टी हुँदा सचिन उतै जाने गरेका थिए ।

Advertisement

लकडाउनका कारण स्कुल बन्द हुँदा उनी तम्घास गएका थिए । एक दिन अर्घाखाँची पार्कमा खेलिरहेका उनीसित कसैले छोटो कुराकानी गरी टिकटकमा हालिदिएको भिडियो ‘भाइरल’ बनेपछि उनी चर्चामा आएका थिए ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top