×

NEPAL TIMES UPDATES

Playing
हजारौं गीत गाएर अस्थाइन् आशा भोसले || Nepal Times
Apr 12, 2026
Playing
विद्याभण्डारीको लाइनमा राष्ट्रपति पौडेल, सरकारको सिफारिस रोक्न मिल्छ ? || Nepal Times
Apr 12, 2026
Playing
नेपाल सुरुङ युगमा प्रवेश|| Nepal Times
Apr 12, 2026
Playing
Top 15 Afternoon News || April-12-2026 || Nepal Times
Apr 12, 2026
Playing
ISLAMABAD TALKS असफल भएपछि Pakistanले के भन्यो ? || Nepal Times
Apr 12, 2026
Playing
बालेनको भारत भ्रमणबारे शिशिर खनालको खुलासा,हर्कले दिए एजेन्डा|| Nepal Times
Apr 12, 2026
Playing
Americaमाथि Iranको शंकाः कसका कारणले वार्ता भाँडियो ? || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री बालेनलाई मोदीको निम्तो#balen #modi #india #nepal
Apr 12, 2026
Playing
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग कहिलेदेखि संचालनमा ?|| Nepal Times
Apr 12, 2026
Playing
बालेनले हर्कलाई उपसभामुख किन दिलाए ? अब मिल्ने ?|| Nepal Times
Apr 12, 2026

चलचित्र ‘लाज शरणम्’मा बालेनको हिप–हप गीत

१९ पुष २०८१

१९ पुष , काठमाण्डौ ।

काठमाडौं महानगरपालिकाका मेयरका रुपमा महानगरवासी मात्रै होइन देशभरका आमजनताबाट समेत समेत अपार प्रशंसा बटुलिरहेका बालेन्द्र शाह बालेनले चलचित्र क्षेत्रमा नयाँ पाइला चाल्दै पाश्र्व गायनमा डेब्यु गरेका छन् ।

Advertisement
Advertisement

आफ्नै शब्द, सङ्गीत र स्वरमा तयार पारिएको हिप–हप गीतसहित उनी चलचित्र ‘लाज शरणम्’मा देखिने भएका हुन् । मेयर बालेन्द्र शाह ¥यापर पनि हुन् । उनका थुप्रै गीतहरू दर्शकमाझ लोकप्रिय छन् ।

उनको ‘गरिबको चमेली बोल्दिने कोही छैन’ गीत सर्वाधिक चर्चा कमाएको छ । बालेन अर्जुन घिमिरेसँगको व्यक्तिगत सम्बन्धका कारण लामो समयपछि गीत गाउन तयार भएका हुन् । यो फिल्मको फस्टलुक बुधबार मात्र सार्वजनिक गरिएको थियो ।

फिल्म निर्माता कम्पनी जेपीटी क्रिएसनका प्रमुख अर्जुन घिमिरेले भनेका छन्,उनको शब्द, संगीत र स्वर रहेको हिपहप गीत रेकर्ड भइसकेको छ । यो फिल्ममा बालेनले काम गर्ने चर्चा समेत चलेको भएपनि बालेन फिल्ममा गीत मात्र गाउन तयार भएका हुन् ।

फागुनको १४ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मलाई कुमार कट्टेलले निर्देशन गरेका हुन् । सामाजिक कथामा निर्माण भएको यो फिल्मका कलाकार अर्जुन घिमिरे बालेनको टिममा रहेर काम गरिरहेका छन् ।

उनकै आग्रहलाई नकार्न नसकेर बालेनले गीत गाएका हुन् । बालेनले ‘सबैलाई हतार छ, नेपाल हाँसेको, प्रहरी प्रतिकार, गोर्खाली तोप, मार्फाको मदिरा, मन यो उड्यो, लोकल ठिटो’ लगायतका ¥याप गीतमा स्वर दिइसकेका छन् ।

निर्माता कम्पनी जेपीटी क्रियसनले जनाएअनुसार बालेनले केही समयअघि नै गीत रेकर्ड गरेका हुन् । जेपीटी क्रियसनका प्रमुख अर्जुन घिमिरे देशका लागि चलचित्र बनाएको र यसले नेपाली जनजीवन र संस्कृति झल्काउने मन छुने कथामा फिल्म बनाएको भनेपछि बालेनले खुसी हुँदै गीत रेकर्ड गरेका हुन् ।

बालेनसँग भिडियो बन्न बाँकी झण्डै २० गीत रहेको र तीमध्येबाट एक गीत छानेर ‘लाज शरणम्’का लागि रेकर्ड गरिएको बताइएको छ । गीतलाई फिल्म रिलिजअघि सार्वजनिक गर्ने तयारी छ ।
बालेन सानैदेखि संगीततर्फ झुकाव राख्थे।

स्याडोज ब्यान्डका गायक स्वप्नील शर्माका अनुसार बालेन राम्रो कविता लेख्छन्। ’सन् २००७÷८ तिर उसले कविता लेखेर देखाउँथ्यो,’ स्वप्नीलले भनेका छन्, ’राम्रो कविता लेख्थ्यो। पछि उसले र–बार्जको ¥याप ब्याटलमा भाग लियो। त्यसले उसलाई चर्चामा ल्यायो।’

काठमाडौंको भिएस निकेतन कलेजबाट प्लस–टु, खुमलटारको हिमालयन ह्वाइटहाउस इञ्जिनियरिङ कलेजबाट सिभिल इञ्जिनियरिङ गर्दा नै बालेन राजनीतिक अवस्था देखेर ’फ्रस्टेट’ थिए। बालेनसँगै इञ्जिनियरिङ पढेका रवीन भारतीका अनुसार पहिलो संविधानसभा निर्वाचनका बेला हुने नेपालबन्द लगायत घटनाले बालेन चिढिन्थे।

यसैले त एकपटक प्रहरीले लामो कपाल पाल्न नपाइने नियम ल्याउँदा बालेनले ’प्रहरी प्रतिकार’ भन्ने गीत निकालेको उनका सहकर्मीहरु बताउँछन् । पहिलो संविधानसभाअघि बालेन संविधान निर्माणका लागि दबाबमूलक कार्यक्रम ’वी फर कन्स्टिच्युसन’ अभियानमा सहभागी हुन्थे।

त्यसपछि उनी पढ्न भारत गए। बैंगलोरबाट स्ट्रक्चरल इञ्जिनियरिङमा विशेषज्ञता हासिल गरे। नेपाल फर्किएपछि बालेनले इञ्जिनियरिङको पेसागत काममा तीव्रता दिए। पुनर्निर्माणको काममा संलग्न भएकै समयमा बालेनले एक फ्रान्सेली इञ्जिनियरसँग काम गर्ने मौका पाए।

नाकाबन्दीताका फेसबुकको ’एमआरआर’ समूहले आयोजना गरेको सडकभोजमा उनी सहभागी भए। त्यस्तै अर्को समूह ’दारी ग्याङ’ ले गर्ने विभिन्न सामाजिक कार्यक्रममा सहभागी हुन्थे। ¥याप र इञ्जिनियरिङ सँगै अघि बढाइरहेका बालेन राजनीतिमा भने सुरूमा विवेकशील पार्टीप्रति आकर्षित थिए।

त्यो बेलै उनले विवेकशीलबाट मेयर उठ्ने चाहना राखेका थिए। बालेनले विवेकशीलको सदस्यता लिएनन्। मेयरमा उठ्ने सपना पनि छाडेनन्। आफ्नै तरिकाले उनी त्यसको तयारीमा लागे। यो बीच उनले आफ्नो गायन क्षेत्रप्रतिको लगावलाई भने मर्न दिएंनन् ।

उनले क्रमैसँग मार्फाको मदिरा, बलिदान, साभेज, सबैलाई हतार छ , लोकल ठिटो र पछिल्लो समय मात्रै लण्डन भर्सन भन्दै मन यो उड्यो भन्ने भिडियो सार्वजनिक गरेका छन् ।

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top