आज राति तारा खस्ने! प्रतिघण्टा १२० वटासम्म

१९ पुष , काठमाण्डौ।

आज राति नेपालबाट पनि उल्का वर्षाको मनोरम दृष्य देख्न पाइने भएको छ । यदि आकाश खुलेको अवस्थामा नेपालको जुनसुकै ठाउँबाट पनि खाली आँखाले नै उल्का वर्षा देख्न सकिन्छ । आज अंग्रेजी नयाँ वर्ष २०२५ को पहिलो उल्का वर्षा हुने भएको छ ।

नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अनुसार बुटिज (भूतप) नामक तारामण्डल उक्त उल्का वर्षाको स्रोत मानिएकाले उल्का वर्षालाई भूतप नाम दिइएको छ । उक्त उल्का वर्षा पुस १३ गतेदेखि नै रहे पनि आज राति अन्य रातभन्दा धेरै वर्षा हुने नासोले जनाएको छ ।

Advertisement

नासोका अनुसार उल्का वर्षा २८ गतेसम्म सक्रिय रहनेछ। ‘आज राति उल्का वर्षा प्रकाश प्रदूषण कम भएको र खुला आकाश भएको स्थानबाट हेर्न सकिनेछ’, नासोले विज्ञप्तिमार्फत् भनेको छ, ‘उल्का वर्षा हेर्न कुनै उपकरण आवश्यक पर्दैन ।’

Advertisement

नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अनुसार आज राति हुने अत्यधिक उल्का वर्षा प्रतिघण्टा ५० देखि १२० वटा करिब ७० किलोमिटर माथि वायुमण्डलमा देखिनेछन्। पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा अन्तरिक्षमा रहेका धुलोका कणहरु र चट्टानहरु पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्दछन् ।

त्यसैलाई उल्का वर्षा भनिन्छ । उल्का वर्षालाई नेपालीले बोलीचालीको भाषमा तारा खसेको भन्दै आएका छन् ।कहिलेकाहिँ राति आकाशमा तारा खसेको त हामीले देखेकै छौ । पृथ्वीले सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वी जब पुच्छ्रेताराको कक्षको नजिक आइपुग्छ तब धुलोका कणहरु र चट्टानहरु तीब्र गतिमा पृथ्वीको वायुमण्डलमा ठोक्किएर जल्दछन् ।

यसैलाई खगोल विज्ञानमा उल्का वर्षा भनिन्छ । उल्का वर्षालाई नेपाली जनजिब्रोमा ‘तारा खसेको’ पनि भनिन्छ । खगोलविद्हरूका अनुसार, १० पटकभन्दा बढी पटक हुने यस्ता घटनालाई उल्का वर्षा भनिन्छ ।

उल्का वर्षा विभिन्न रंगमा देखिने गर्दछ । आगोको गोलाजस्तो रंगीचंगी वस्तु आकाशबाट तलतिर खसिरहेको देखिने भएकाले यो रोचक खगोलीय घटना अवलोकनमा उत्सुकता बढेको छ । बलिरहेको यस्तो भग्नावशेषले पृथ्वीलाई कुनै असर भने गर्दैन।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top