×

NEPAL TIMES UPDATES

Playing
काठमाडौं आएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?|| Nepal Times
Apr 22, 2026
Playing
बाब अल–मन्डेब इरानको नयाँ हतियार, ट्रम्पनीतिको विरुद्धमा नयाँ ‘कार्ड’|| Nepal Times
Apr 22, 2026
Playing
हर्क साम्पाङले देखाइरहेको राजनीतिक परिपक्कता || Nepal Times
Apr 22, 2026
Playing
दीपक साहलाई “राइट टु रिकल”, सुदन गुरुङलाई.............. ?|| Nepal Times
Apr 22, 2026
Playing
इरान, टर्कीए र यूएईका १४ संस्था र व्यक्तिमाथि अमेरिकी प्रतिबन्ध|| Nepal Times
Apr 22, 2026
Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026

प्रदेश १ को राजधानी अब छिट्टै, बृहत्तर विराटनगरको पक्षमा : मुख्यमन्त्री राई

१२ आश्विन २०७५

विराटनगर असोज १२
प्रदेश नम्बर १ मुख्यमन्त्री शेरधन राईले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका सांसदहरुसंग स्थायी राजधानी र नामाकंनको सन्र्दभमा राय लिन छलफल शुरु गरेका छन् । सत्तारुढ दल नेकपाका सांसदहरुलाई मुख्यमन्त्री राईले बिहिवार साँझ मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा डाकेर अनौपचारिक रुपमा पहिलो पल्ट प्रदेशको नाम र स्थायी राजधानीका बिषयमा छलफल चलाएका हुन् ।

उनले विहिवार नेकपाका तिन जिल्लाका सांसदहरुलाई कार्यालयमा डाँकेर नाम र स्थायी राजधानीका विषयमा उनीहरुको राय बुझने काम गरेका छन् । मोरङ,उदयपुर र संखुवासभाका सांसदहरुलाई कार्यालयमा बोलाएर मुख्यमन्त्रीले नाम र राजधानीको बिषयमा छुटाछट्टै छलफल चलाएका थिए । छलफलमा सहभागी नेकपाका सांसद बिजय विश्वासका अनुसार मुख्यमन्त्रीसंगको छलफलमा मोरङ जिल्लाका ११ जना सांसदहरुको सहभागीता रहेको थियो ।

Advertisement
Advertisement

लगत्तै मुख्यमन्त्री राईले उदयपुर र संखुवासभाका सांसदहरुसंगपनि नाम र स्थायी राजधानीको बिषयमा छलफल चलाएर सांसदहरुको राय बुझने काम गरेका छन् । मोरङका सांसदहरुसंगको छलफलमा आफनो राय प्रस्तुत गदै मुख्यमन्त्री राईले आफु वृहत्तर विराटनगरको पक्षमा रहेकाले सोही अनुसार सबैलाई पायक पर्ने स्थानमा स्थायी राजधानी राख्ने पक्षमा रहेको बताएका थिए । उनले तत्काल नामको बिषयमा सहमति नजुटे नामलाई थाँती राखेर भएपनि स्थायी राजधानीलाई भने टुग्याएर अघि बढने पक्षमा आफ ुरहेको बताएका थिए ।

मुख्यमन्त्री राईले वृहत्तर विराटनगर विराटनगर,धरान,इटहरी र इनरुवा,सुन्दरहरैचालाई समेटेर बनाउने योजनामा मुख्यमन्त्री राई रहदै आएका छन । मुख्यमन्त्री राईले डाकेको छलफलमा मोरङका सांसदहरुले भने ब्यवस्थापिका र कार्यापालिका एकै ठाँउमा राख्नु पर्ने धारणा राखेका थिए। उनीरुले ब्यवस्थापिका र कार्यापालिका छुटाछुट्टै ठाँउमा राख्दा भोलिका दिनमा बिकासको काम प्रभावित हुने तर्फ संचेत हुन मुख्यमन्त्री राईलाई सुझाव दिएका थिए ।

प्रदेश नं १ प्रदेशको नाम र राजधानी तोक्न ढिलाइ गरेको भन्दै प्रदेश सरकारको चौतर्फी आलोचना अहिले भईरहेको छ । प्रदेशको नाम र राजधानीको बारेमा प्रदेशसभामा दुईतिहाइ बढी मत रहेको नेकपाभित्रै मतैक्य नभइरहेको बेला नेकपाले त्यसको टुङ्गो लगाउन संसदीय दलको बैठक बोलाएको छ ।

असोज १५ र १६ गते विराटनगरमा संसदीय दलको बैठक बसी प्रदेशको राजधानी टुङ्गो लगाउने तयारी नेकपाले गरेको नेकपा संसदीय दलका सचेतक बुद्धिकुमार राजभण्डारीले जानकारी दिए । उनले संसदीय दलको बैठकमा प्रदेशको नाम र राजधानीबारे पनि छलफल हुने जानकारी दिँदै नामलाई थाती राखेर राजधानी तोक्ने बिषयमा छलफल केन्द्रित हुने बताए ।

प्रदेश संसदीय दलको बैठकमा सबै सांसदलाई अनिवार्य उपस्थित हुन नेकपाले निर्देशन दिएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङम्बोले पनि प्रदेशसभाको यहि अधिवेसनबाट राजधानी तोक्ने तयारी गरिएको बताएका छन् । प्रदेशको अस्थायी राजधानी रहेको विराटनगरलाई नै स्थायी राजधानी तोक्ने तयारी गरेको स्रोतले जनाएको छ ।

सरकारले भने विराटनगरलाई राजधानी कायम गर्दै प्रदेश सरकारका अन्य कार्यालयले विकेन्द्रित गर्ने योजना बनाएको छ । त्यसकै अभ्यास स्वरुप धनकुटामा शिक्षा र स्वास्थ्यका क्षेत्रीय निर्देशनालय राख्ने निर्णय सरकारले गरिसकेको छ । प्रदेशको राजधानी इटहरी, गोठगाउँ, धरान र धनकुटामा राख्नुपर्ने मतसमेत नेकपाभित्र बलियो रहेकोले छ ।

Advertisement

मुख्यमन्त्री शेरधन राई, आर्थिक मामिला मन्त्री ईन्द्रबहाद्ुर आङ्वोसहितका सांसदहरुले किरात–कोशी नाम राख्नुपर्ने पक्षमा भएपनि आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीसहित नेकपाकै अन्य सांसदहरु भने प्रदेशको नाम कोशी वा सगरमाथाभन्दा दायाँबायाँ राख्न नहुने पक्षमा रहेकोले सहमति जुट्न सकेको छैन ।

भर्खरको समाचार

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

सम्बन्धित खबरहरु

Scroll to Top