विश्व पर्यटन दिवसमा अन्तरक्रिया कार्यक्रम : पर्यटन क्षेत्रको पहिचान गरी प्रचारप्रसार गर्न सुझाव

विराटनगर,असोज १२
प्रदेश नम्बर १ का उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री जगदीश कुसियतले पर्यटन प्रवद्र्धनमा आफु जोसजाँगरका साथ लागी परेको बताएका छन् ।

Advertisement

विश्व पर्यटन दिवसको अवसरमा उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालयद्धारा बिहिबार विराटनगरमा आयोजित अन्तरक्रिया तथा छलफल कार्यक्रममा बोल्दै मन्त्री कुसियतले आफुलाई पर्यटन प्रवद्धनमा अझै जाँगर बढेको बताउँदै सबै क्षेत्रका सल्लाह सुझावहरु समेटेर पर्यटनका कानुनहरु बनाईने बताए ।

Advertisement

कार्यक्रममा उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालय प्रदेश १ का सचिव बद्रीराज ढुंगानाले पर्यटन प्रवद्र्धनका लागि निजी क्षेत्रहरुमा साझेदारी जरुरी रहेको बताए । उनले एकेडेमिक क्षेत्रमा पनि पर्यटन ब्यबसाय समावेश गर्नुपर्ने बताउँदै सर्वप्रथम छिमेकी मुलुकका पर्यटनहरुलाई आकर्षित गर्नुपर्नेमा जोड दिए ।

अन्तरक्रिया कार्यक्रममा सहभागी पर्यटन सँग सम्बन्धित विभिन्न ब्यक्तिहरुले आझेलमा परेका पर्यटकीय क्षेत्रलाई पहिचान गरी तिनीहरुको प्रचारप्रसार गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरुले कुन क्षेत्रमा कस्तो तरिकाले पर्यटन प्रवद्धन गर्न उचित हुन्छ सोही तरिकाले गर्न सरकारलाई सुझाव दिएका थिए ।

Advertisement

उनीहरुले पर्यटन ब्यबसाय सञ्चालन गर्ने लाईसेन्स लिन ब्यबसायीहरुले धेरै रकम धरौटी राख्नुपर्ने बाध्यता रहेको बताउँदै सबैक्षेत्रका ब्यक्तिले ब्यबसाय सञ्चालन गर्न चाहेपनि रकम तिर्न नसक्ने भएकोले यसलाई घटाउन आग्रह गरेका थिए ।

कार्यक्रममा प्रदेश सरकारका नीती, रणनीती र उद्देश्यसहितको मस्यौदा पनि प्रस्तुत गरिएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top