×

NEPAL TIMES UPDATES

Playing
गगन थापाको १८ वर्षे संसदीय यात्रामा अमरेशले लगाए ब्रेक || Nepal Times
Mar 08, 2026
Playing
Election update रास्वपाले शतक(१००) पुर्यायो, अन्यको कति ? || Nepal Times
Mar 08, 2026
Playing
जनताले बनाए बालेन, अब बालेनले देश बनाउने अपेक्षा|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026
Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026
Playing
भोली सरकारको हातमा पुग्छ जाँचबुझ प्रतिवेदन, ओली–लेखक जिम्मेवार ठहरिएलान् ?|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई भारी मतान्तरले पछि पार्दै प्रमाणपत्र ग्रहण।
Mar 07, 2026
Playing
नेपालको निर्वाचन निष्पक्ष र पारदर्शी भएको विदेशीको ठहर || Nepal Times
Mar 07, 2026
Playing
मोसादसंग मिलेर खामेनीलाई धो खा दिने जनरललाई Iranले दियो मृ त्युदण्ड || Nepal Times
Mar 07, 2026
Playing
सागरको ऐतिहासिक जित, सोवितालाई अहिलेसम्मकै धेरै मत || Nepal Times
Mar 07, 2026
Playing
यसरी सम्भव भयो फागुन २१ को निर्वाचन || Nepal Times
Mar 07, 2026
Playing
World News: इरानलाई कतारको चेतावनी, आत्मसमर्पण गर्न IRGCलाई ट्रम्पको धम्की || Nepal Times
Mar 07, 2026
Playing
‘मधेसी छौरा पिएम वन्नेवाला एैला’ || Nepal Times
Mar 07, 2026
Playing
०८२ मा अहिलेसम्म धेरै मत ल्याउने उम्मेदवारहरू को हुन् ?|| Nepal Times
Mar 07, 2026
Playing
Top 15 Afternoon News || Mar-07-2026 || Nepal Times
Mar 07, 2026
Playing
पुराना दलको पराजय: जनताको धैर्यको अन्त्य र नयाँ राजनीतिक युगको सुरुवात || Nepal Times
Mar 07, 2026
Playing
५० हजार बढी मतान्तरले विजयी भए रास्वपाका डा. लेखजंग || Nepal Times
Mar 07, 2026
Playing
अन्य दलको अग्रता भएका क्षेत्रमा रास्वपाको अवस्था कस्तो? पासा पल्टेला ?|| Nepal Times
Mar 07, 2026
Playing
समानुपातिकको सिट कसरी बाँडिन्छ ? थ्रेस होल्ड के हो ? || Nepal Times
Mar 07, 2026
Playing
बालेनको मत ३९ हजार नाघ्दा ओलीको कति? || Nepal Times
Mar 07, 2026
Playing
२७ क्षेत्रको नतिजा आउँदा कसले कहाँ जिते ? को अगाडि ?|| Nepal Times
Mar 07, 2026
Playing
आन्दोलन, जनअपेक्षा र इतिहास दोहोरिने डर उतिकै || Nepal Times
Mar 07, 2026
Playing
रास्वपा बहुमत नजिक , कांग्रेस ५ मा सीमित , अन्य दल कहाँ ? || Nepal Times
Mar 07, 2026
Playing
Nepal Election Update: रास्वपाको लहर, १७ जित र १०० क्षेत्रमा अग्रता – काठमाडौं क्लिन स्विप
Mar 07, 2026

हमासले ३४ बन्धक रिहा गर्ने, के छुट्दैछन् विपिन ?

२२ पुष २०८१

२२ पुष , एजेन्सी ।
गाजा युद्धविराम सम्झौताअन्तर्गत पहिलो चरणमा ३४ बन्धक रिहा गर्न हमास सहमत भएको छ। हमासका एक वरिष्ठ अधिकारीले रहा गरिने ३४ जना बन्धकको सूची दिएको बीबीसीले जनाएको छ। यीमध्ये कतिजना बन्धक जीवित छन् भन्ने अझै स्पष्ट भइसकेको छैन।

सूचीमा १० जना महिला पनि छन्। हमासले सूचीमा रहेका धेरै बन्धक बिरामी रहेको बताएको छ। तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले हमासले बन्धकको सूची अझै उपलब्ध नगरेको बताएको छ।

“यस क्षणसम्म, हमासले बन्धकहरूको नामको सूची प्रदान गरेको छैन“, कार्यालयले आइतबार साँझ जारी गरेको विज्ञप्तिमा भनिएको छ। यसअघि इजरायलले कतारमा युद्धविराम र बन्धक रिहाइ सम्झौतामा पुनः वार्ता सुरु भएको बताएको थियो।

इजरायलले गाजापट्टीमा आक्रमण बढाएका बेला फेरि युद्धविराम वार्ता सुरु गरिएको हो। कतारको राजधानी दोहामा गाजाको युद्धविराम सुरक्षित गर्न र बन्धकहरूको रिहाइको प्रयास भइरहेको छ। प्यालेस्टिनी समूह हमासले युद्धविरामको बारेमा चलिरहेको छलफलको एक हिस्साको रूपमा सम्भावित सम्झौताका लागि ३४ जना बन्दीहरूको सूचीलाई अनुमोदन गरेको रोयटर्सले हमासका एक अधिकारीलाई उद्धृत गर्दै जनाएको छ।

वार्ताको संवेदनशीलताका कारण नाम न छाप्ने सर्तमा बोलेका एक अधिकारीले कुनै पनि सम्झौता गाजाबाट इजरायलको फिर्ती र स्थायी युद्धविराममा निर्भर रहेको कुरामा हमासले जोड दिइएको छ । एक हप्तामा इजरायली हवाई आक्रमणमा १०० भन्दा बढी प्यालेस्टिनी मारिएपछि गाजा पट्टीमा सम्भावित युद्धविरामका सर्तहरूलाई लिएर इजरायल र हमासबीच अझै मतभेद छ ।

कतार र इजिप्टका मध्यस्थकर्ताहरूले मुख्य भूमिका निर्वाह गर्दै युद्धविराम सुरक्षित गर्न र इजरायली कैदीहरूको फिर्तीका लागि दोहामा प्रयासहरू जारी छन्। बाइडेन प्रशासनले हमासलाई जनवरी २० मा अमेरिकी राष्ट्रपति हस्तान्तरण हुनु अघि एउटा सम्झौतालाई अन्तिम रूप दिन आग्रह गरेको छ।

हमासले स्थायी युद्धविरामका साथै गाजाबाट इजरायली सेना फिर्ता लिन माग गर्दै आएको छ। इजरायलले अहिलेसम्म कुनै चासो देखाएको छैन, तर बन्धकहरूको रिहाइका लागि इजरायलमा भएको हालैको विरोधपछि सम्झौता अन्तिम रूप दिन सरकार बढ्दो दबाबमा परेको छ आइतबार गाजामा कार्यरत स्वास्थ्य एजेन्सीले विगत २४ घण्टामा भएका आक्रमणमा ८८ जनाको ज्यान गएको बताएको छ।

पछिल्लो समय हमासले बन्धक बनाइएकी १९ वर्षकी इजरायली सैनिकको भिडिओ सार्वजनिक गरेको छ। जसलाई हमासले एक वर्षभन्दा बढी समयदेखि आफ्नो कब्जामा राखिरहेको छ। उनी इजरायल डिफेन्स फोर्स (आईडीएफ) की निगरानी सैनिक लिरी अल्बाग हुन्।

उनलाई हमासले २०२३ अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेका बेला नियन्त्रणमा लिएको थियो। द टाइम्स अफ इजरायलको रिपोर्टअनुसार हमासले अक्टोबर ७ मा गरेको आक्रमणका क्रममा लिरी अल्बागसहित ६ सैनिकलाई बन्धक बनाएको थियो।

त्यतिबेला १५ इजरायली सैनिक भने मारिएका थिए। सार्वजनिक भिडिओ साढे तीन मिनेटको छ। जसमा १९ वर्षीया लिरी अल्बागले आफूलाई हमासले ४५० दिनभन्दा बढी समयदेखि बन्दी बनाएको बताउँदै इजरायली सरकारले आफू र अन्य बन्धकलाई बिर्सेको गुनासो गरेकी छन्।

अल्बागले भनेकी छन्, ‘म भर्खर १९ वर्षकी भएँ। मेरो सिंगै जीवन बाँकी छ, तर अब मेरो जिन्दगी बन्धकमा छ।’ हमासद्वारा कब्जा गरिएका ६ इजरायली सैनिकमध्ये एकलाई आईडीएफले उद्धार गरेको थियो भने एकको हत्या भएको थियो।

अलबागसहित अन्य चार बन्धक अझै हमासको कब्जामा छन्। लिरी अलबागको परिवारले हमासले जारी गरेको भिडिओ क्लिपले हृदय छियाछिया पारेको बताएको छ। भिडिओमा हेर्दा लिरीलाई चरम मानसिक र शारीरिक यातना दिइएको प्रस्ट देखिने परिवारको भनाइ छ।

पीडित परिवारले आफ्नी छोरी अलबागको सकुशल उद्धार गरिदिन इजराली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग अनुरोध गरेको छ। यसैबीच युद्धविरामको सम्झौता अन्र्तगत हमासले ३४ बन्धको रिह ागर्ने तयारी गरेपछि हमासको नियन्त्रणमा रहेका नेपाली युवक विपिन जोशीको पनि रिहाइ हुने आशा बढेको छ ।

यसअघि हमास समूहले बन्धक बनाइराखेका नेपाली विद्यार्थी जोशी जिवित नै रहेको इजरायल सरकारले जानकारी दिएको थियो । नेपालका लागि इजरायलका नवनियुक्त राजदूत समुलिक ए वासले जोशी गाजा क्षेत्रमा जीवित नै रहेको सूचना पाएको बताएका थिए ।

इजरायलमा कृषि अध्ययनका लागि गएका महेन्द्रनगरका विपिन जोशी हमासको आक्रमणको क्रममा १४ महिनाअघि बन्धक भएका थिए । त्यसपछि नै उनको विषयमा कुनै खबर सार्वजनिक भएको छैन । ७ अक्टुबर सन २०२३ मा विपिनलाई हमासले इजरायलको अलमिम किवुजबाट बन्धक बनाई गाजा क्षेत्र लगेको थियो ।

त्यसयता उनको अवस्था अज्ञात छ । हमासको कब्जामा अझै पनि १०० भन्दा बढी इजरायली र विदेशी नागरिक छन् । विपिन जोशीका परिवार र आफन्तले नेपाल सरकारलाई उनको रिहाइका लागि पहल गरिदिन बारम्बार अनुरोध गर्दा पनि सरकारले रिहाइको पहल गर्न सकेको छैन ।

पछिल्लो समय अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि तत्काल बन्धकलाई रिहाई गर्न हमासलाई चेतावनी दिएका थिए । ट्रम्पले आफ्नो धम्कीपूर्ण संदेशमा भनेका छन् कि २० जनवरी २०२५ सम्म बन्धकहरुलाई रिहा गरिएन भने त सिंगोे मिडिल ईस्टमा तबाही मच्चिने छ र ती मानिसहरुविरुद्ध कडा एक्शन लिइने छ, जो मानवताविरुद्ध अत्याचार गरिरहेका छन् ।

ट्रम्पले भनेका छन्, जसले यो काम गरिरहेको छ अमेरिकाको इतिहासकै सबैभन्दा ठूलो सजाय पाउने छ ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top