Deprecated: Function WP_Dependencies->add_data() was called with an argument that is deprecated since version 6.9.0! IE conditional comments are ignored by all supported browsers. in /var/www/html/wp-includes/functions.php on line 6131 हमासले ३४ बन्धक रिहा गर्ने, के छुट्दैछन् विपिन ? - NepalTimes

NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Лото Аэроклуб Loto Club Зарегистрирование Интерактивный मङ्लबार माघ ६ , २०८२
Bingo Club 37 игра онлайновый в Лотоклуб मङ्लबार माघ ६ , २०८२
Лото Авиаклуб диалоговый: Лотереи Loto Club из действительными выигрышами मङ्लबार माघ ६ , २०८२
Игра Авиаклуб Loto Club регистрация loto 37 सोमवार माघ ५ , २०८२
Loto Club Игра Аэроклуб, бинго-аэроклуб во городе Актау возьмите inaktau kz आइतवार माघ ४ , २०८२
Next
Prev

समाचार

हमासले ३४ बन्धक रिहा गर्ने, के छुट्दैछन् विपिन ?

सोमवार पुस २२ , २०८१
Reading Time: 1 min read
A A
हमासको सुरुङ कतारसँग जोडियो / भित्र होटलको सुविधा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२२ पुष , एजेन्सी ।
गाजा युद्धविराम सम्झौताअन्तर्गत पहिलो चरणमा ३४ बन्धक रिहा गर्न हमास सहमत भएको छ। हमासका एक वरिष्ठ अधिकारीले रहा गरिने ३४ जना बन्धकको सूची दिएको बीबीसीले जनाएको छ। यीमध्ये कतिजना बन्धक जीवित छन् भन्ने अझै स्पष्ट भइसकेको छैन।

सूचीमा १० जना महिला पनि छन्। हमासले सूचीमा रहेका धेरै बन्धक बिरामी रहेको बताएको छ। तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले हमासले बन्धकको सूची अझै उपलब्ध नगरेको बताएको छ।

“यस क्षणसम्म, हमासले बन्धकहरूको नामको सूची प्रदान गरेको छैन“, कार्यालयले आइतबार साँझ जारी गरेको विज्ञप्तिमा भनिएको छ। यसअघि इजरायलले कतारमा युद्धविराम र बन्धक रिहाइ सम्झौतामा पुनः वार्ता सुरु भएको बताएको थियो।

इजरायलले गाजापट्टीमा आक्रमण बढाएका बेला फेरि युद्धविराम वार्ता सुरु गरिएको हो। कतारको राजधानी दोहामा गाजाको युद्धविराम सुरक्षित गर्न र बन्धकहरूको रिहाइको प्रयास भइरहेको छ। प्यालेस्टिनी समूह हमासले युद्धविरामको बारेमा चलिरहेको छलफलको एक हिस्साको रूपमा सम्भावित सम्झौताका लागि ३४ जना बन्दीहरूको सूचीलाई अनुमोदन गरेको रोयटर्सले हमासका एक अधिकारीलाई उद्धृत गर्दै जनाएको छ।

वार्ताको संवेदनशीलताका कारण नाम न छाप्ने सर्तमा बोलेका एक अधिकारीले कुनै पनि सम्झौता गाजाबाट इजरायलको फिर्ती र स्थायी युद्धविराममा निर्भर रहेको कुरामा हमासले जोड दिइएको छ । एक हप्तामा इजरायली हवाई आक्रमणमा १०० भन्दा बढी प्यालेस्टिनी मारिएपछि गाजा पट्टीमा सम्भावित युद्धविरामका सर्तहरूलाई लिएर इजरायल र हमासबीच अझै मतभेद छ ।

कतार र इजिप्टका मध्यस्थकर्ताहरूले मुख्य भूमिका निर्वाह गर्दै युद्धविराम सुरक्षित गर्न र इजरायली कैदीहरूको फिर्तीका लागि दोहामा प्रयासहरू जारी छन्। बाइडेन प्रशासनले हमासलाई जनवरी २० मा अमेरिकी राष्ट्रपति हस्तान्तरण हुनु अघि एउटा सम्झौतालाई अन्तिम रूप दिन आग्रह गरेको छ।

हमासले स्थायी युद्धविरामका साथै गाजाबाट इजरायली सेना फिर्ता लिन माग गर्दै आएको छ। इजरायलले अहिलेसम्म कुनै चासो देखाएको छैन, तर बन्धकहरूको रिहाइका लागि इजरायलमा भएको हालैको विरोधपछि सम्झौता अन्तिम रूप दिन सरकार बढ्दो दबाबमा परेको छ आइतबार गाजामा कार्यरत स्वास्थ्य एजेन्सीले विगत २४ घण्टामा भएका आक्रमणमा ८८ जनाको ज्यान गएको बताएको छ।

पछिल्लो समय हमासले बन्धक बनाइएकी १९ वर्षकी इजरायली सैनिकको भिडिओ सार्वजनिक गरेको छ। जसलाई हमासले एक वर्षभन्दा बढी समयदेखि आफ्नो कब्जामा राखिरहेको छ। उनी इजरायल डिफेन्स फोर्स (आईडीएफ) की निगरानी सैनिक लिरी अल्बाग हुन्।

उनलाई हमासले २०२३ अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेका बेला नियन्त्रणमा लिएको थियो। द टाइम्स अफ इजरायलको रिपोर्टअनुसार हमासले अक्टोबर ७ मा गरेको आक्रमणका क्रममा लिरी अल्बागसहित ६ सैनिकलाई बन्धक बनाएको थियो।

त्यतिबेला १५ इजरायली सैनिक भने मारिएका थिए। सार्वजनिक भिडिओ साढे तीन मिनेटको छ। जसमा १९ वर्षीया लिरी अल्बागले आफूलाई हमासले ४५० दिनभन्दा बढी समयदेखि बन्दी बनाएको बताउँदै इजरायली सरकारले आफू र अन्य बन्धकलाई बिर्सेको गुनासो गरेकी छन्।

अल्बागले भनेकी छन्, ‘म भर्खर १९ वर्षकी भएँ। मेरो सिंगै जीवन बाँकी छ, तर अब मेरो जिन्दगी बन्धकमा छ।’ हमासद्वारा कब्जा गरिएका ६ इजरायली सैनिकमध्ये एकलाई आईडीएफले उद्धार गरेको थियो भने एकको हत्या भएको थियो।

अलबागसहित अन्य चार बन्धक अझै हमासको कब्जामा छन्। लिरी अलबागको परिवारले हमासले जारी गरेको भिडिओ क्लिपले हृदय छियाछिया पारेको बताएको छ। भिडिओमा हेर्दा लिरीलाई चरम मानसिक र शारीरिक यातना दिइएको प्रस्ट देखिने परिवारको भनाइ छ।

पीडित परिवारले आफ्नी छोरी अलबागको सकुशल उद्धार गरिदिन इजराली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग अनुरोध गरेको छ। यसैबीच युद्धविरामको सम्झौता अन्र्तगत हमासले ३४ बन्धको रिह ागर्ने तयारी गरेपछि हमासको नियन्त्रणमा रहेका नेपाली युवक विपिन जोशीको पनि रिहाइ हुने आशा बढेको छ ।

यसअघि हमास समूहले बन्धक बनाइराखेका नेपाली विद्यार्थी जोशी जिवित नै रहेको इजरायल सरकारले जानकारी दिएको थियो । नेपालका लागि इजरायलका नवनियुक्त राजदूत समुलिक ए वासले जोशी गाजा क्षेत्रमा जीवित नै रहेको सूचना पाएको बताएका थिए ।

इजरायलमा कृषि अध्ययनका लागि गएका महेन्द्रनगरका विपिन जोशी हमासको आक्रमणको क्रममा १४ महिनाअघि बन्धक भएका थिए । त्यसपछि नै उनको विषयमा कुनै खबर सार्वजनिक भएको छैन । ७ अक्टुबर सन २०२३ मा विपिनलाई हमासले इजरायलको अलमिम किवुजबाट बन्धक बनाई गाजा क्षेत्र लगेको थियो ।

त्यसयता उनको अवस्था अज्ञात छ । हमासको कब्जामा अझै पनि १०० भन्दा बढी इजरायली र विदेशी नागरिक छन् । विपिन जोशीका परिवार र आफन्तले नेपाल सरकारलाई उनको रिहाइका लागि पहल गरिदिन बारम्बार अनुरोध गर्दा पनि सरकारले रिहाइको पहल गर्न सकेको छैन ।

पछिल्लो समय अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि तत्काल बन्धकलाई रिहाई गर्न हमासलाई चेतावनी दिएका थिए । ट्रम्पले आफ्नो धम्कीपूर्ण संदेशमा भनेका छन् कि २० जनवरी २०२५ सम्म बन्धकहरुलाई रिहा गरिएन भने त सिंगोे मिडिल ईस्टमा तबाही मच्चिने छ र ती मानिसहरुविरुद्ध कडा एक्शन लिइने छ, जो मानवताविरुद्ध अत्याचार गरिरहेका छन् ।

ट्रम्पले भनेका छन्, जसले यो काम गरिरहेको छ अमेरिकाको इतिहासकै सबैभन्दा ठूलो सजाय पाउने छ ।

Tags: #बन्धको सूची हमासले बुझायो#हमासले ३४ बन्धक रिहा गर्ने#गाजा युद्धविराम

लोकप्रीय

Лото Аэроклуб Loto Club Зарегистрирование Интерактивный

मङ्लबार माघ ६ , २०८२

Bingo Club 37 игра онлайновый в Лотоклуб

मङ्लबार माघ ६ , २०८२

Лото Авиаклуб диалоговый: Лотереи Loto Club из действительными выигрышами

मङ्लबार माघ ६ , २०८२

विचार

Лото Аэроклуб Loto Club Зарегистрирование Интерактивный

मङ्लबार माघ ६ , २०८२

Bingo Club 37 игра онлайновый в Лотоклуб

मङ्लबार माघ ६ , २०८२

Лото Авиаклуб диалоговый: Лотереи Loto Club из действительными выигрышами

मङ्लबार माघ ६ , २०८२

थप समाचार

ताजा समाचार

Лото Аэроклуб Loto Club Зарегистрирование Интерактивный

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Bingo Club 37 игра онлайновый в Лотоклуб

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Лото Авиаклуб диалоговый: Лотереи Loto Club из действительными выигрышами

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Игра Авиаклуб Loto Club регистрация loto 37

सोमवार माघ ५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Afghanistanमा चिनियाँलक्षित वि**स्फोट, गा*जा पिस बोर्डमा Putinलाई निम्ता || Nepal Times

World News: Afghanistanमा चिनियाँलक्षित वि**स्फोट, गा*जा पिस बोर्डमा Putinलाई निम्ता || Nepal Times

00:22:25

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

00:23:36

World News: ‘ट्रम्प अप रा धी’, हजारौंको मृत्युमा खामेनीको स्वीकार, अमेरिका–युरोप आमनेसामने

00:22:49

World News: इरान र इजरेलका नेतासँग पुटिनको वार्ता, पाकिस्तानका १५२ सांसद निलम्बित || Nepal Times

00:19:07

World News: ग्रिनल्याण्ड नेटो सेनाले घेर्याे, रुस पनि एक्सनमा, गाजामा बन्यो सरकार || Nepal Times

00:32:43

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

बिहिबार माघ १ , २०८२
फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

बिहिबार माघ १ , २०८२

हालका पोस्टहरू

Лото Аэроклуб Loto Club Зарегистрирование Интерактивный

मङ्लबार माघ ६ , २०८२

Bingo Club 37 игра онлайновый в Лотоклуб

मङ्लबार माघ ६ , २०८२

Лото Авиаклуб диалоговый: Лотереи Loto Club из действительными выигрышами

मङ्लबार माघ ६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.