×

NEPAL TIMES UPDATES

Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026
Playing
प्रशान्त महासागरमा यसरी भयो अन्तरिक्षयात्रीको सुरक्षित अवतरण || Nepal Times
Apr 11, 2026
Playing
आज वार्ताः इरा*न–अमे*रिकी टोली इ*स्ला*मा*बादमा, चीनको भूमिका ’महत्त्वपूर्ण’|| Nepal Times
Apr 11, 2026
Playing
काठमाडौँ उपत्यकाको मौसम कस्तो होला?|| Nepal Times
Apr 11, 2026
Playing
नेता, कार्यकर्ता र बिचौलियाको चङ्गुलबाट मुक्त हुन लागेको हो सिंहदरबार ?|| Nepal Times
Apr 11, 2026

पोर्न स्टार प्रकरणमा ट्रम्प विना शर्त रिहा, न्यायाधीले दिए शुभकामना

२७ पुष २०८१

२७ पुष , एजेन्सी ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई राष्ट्रपतिको सपथका लागि अदालतले क्लिन चिट दिएको छ । ट्रम्पविरुद्ध एकजना पोर्न स्टारलाई चुप रहन पैसा दिएको (हस मनी) मुद्दामा अदालतले कुनै पनि सजाय सुनाएन।

Advertisement
Advertisement

पूर्व पोर्नस्टारसँगलाई आफूहरूबीचको सम्बन्धबारे नबोल्न भन्दै ट्रम्पले पैसा दिएको र त्यसको प्रमाण मेटाउने कोसिस गरेको मुद्दाका सबै ३४ आरोपितलाई सफाइ दिएको हो । सन् २०१६ को राष्ट्रपतीय निर्वाचन अभियानका क्रममा पोर्न स्टार स्टर्मी ड्यानियललाई आफूसँगको यौन सम्बन्ध गोप्य राख्न भनी पैसा दिएको घटनामा ट्रम्पलाई गत वर्ष मे (२०२४) मा अदालतले दोषी ठहर गरेको थियो।

पोर्न स्टार स्टर्मी ड्यानियल, जसलाई ट्रम्पले आफूसँगको यौन सम्बन्ध नभन्न पैसा दिएका थिए। ट्रम्पका वकिलले सीधै ड्यानियललाई पैसा दिएका थिए। यो लुकाउन ट्रम्पले आफ्नो व्यावसायिक अभिलेखमा अनियमितता गरेका थिए ।

न्यूयोर्कमा हस मनी अवैध छैन। तर स्टर्मी ड्यानियलका लागि भनेर आफ्नो वकिललाई दिएको पैसा उनको रेकर्डमा व्यापार खर्चको रूपमा घोषित गरिएको ट्रम्पलाई आरोप लगाइएको थियो । ट्रम्पले आफूसँग यौनसम्बन्ध राखेको ड्यानियलले दाबी गरेकी थिइन् ।

तर ट्रम्पले त्यसलाई अस्वीकार गरेका थिए । ट्रम्पले यी आरोपहरू आफूविरुद्धको षड्यन्त्र भएको बताएका थिए ।सोबमोजिम नवनिर्वाचित राष्ट्रपति ट्रम्पलाई हिजो शुक्रबार अदालतले जेल सजाय सुनाउने अपेक्षा गरिएको थियो।

तर न्युयोर्कका न्यायाधीश जुआन मार्चनले शुक्रबार फैसला सुनाउँदै भने, ‘म तपाईं (ट्रम्प) को दोस्रो कार्यकालको सफलताको कामना गर्दछु।’ अदालतले ट्रम्पलाई बिनासर्त रिहा गर्ने निर्णय गरेको हो।

यसको अर्थ उनले उक्त मुद्दामा न कुनै जरिवाना तिर्नु पर्नेछ न त कुनै जेल सजाय भोग्नु पर्नेछ। न्यायाधीश मार्चनले यस मुद्दामा ट्रम्पलाई बिनासर्त रिहाइ गर्नु देशको सर्वोच्च पदको उल्लंघन नगरी वैध सजाय भएको तर्क गरेका छन् ।

ट्रम्प यही जनवरी २० मा दोस्रोपटक अमेरिकी राष्ट्रपतिका रूपमा शपथ खाँदै छन्। यसअघि ट्रम्प सन् २०१६ मा राष्ट्रपति बनेका थिए। हस मनी’ भन्नाले कसैलाई गोप्य राख्न वा सार्वजनिक नगर्नका लागि दिइने रकमलाई जनाउँछ।

विशेषगरी, प्रतिष्ठित व्यक्तिहरूले आफ्नो छवि जोगाउन वा विवादास्पद घटनाहरू लुकाउन यस्तो रकम प्रदान गर्ने गर्छन्। अमेरिकी राष्ट्रपति ट्रम्पमाथि २०१६ को राष्ट्रपतीय चुनावको समयमा एडल्ट फिल्म अभिनेत्री स्टॉर्मी डेनियल्सलाई १ लाख ३० हजार डलर हस मनी दिएको आरोप लागेको थियो ।

जसको उद्देश्य उनीसँगको कथित सम्बन्धलाई सार्वजनिक हुनबाट रोक्नु थियो।अर्काे तर्फ अमेरिकी विमान कम्पनी बोइङले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथ ग्रहण समारोहका लागि १० लाख अमेरिकी डलर दान गर्ने भएको छ ।

बोइङका साथै गुगल र माइक्रोसफ्टले पनि त्यति नै रकम दान गरेको बीबीसीले जनाएको छ । यसरी दान गर्नेमा तेल उत्पादक कम्पनी शेभरन र मेटा, अमेजन र उबरलगायत धेरैवटा अमेरिकी कम्पनी छन् ।

डोनाल्ड ट्रम्पले जनवरी २० मा राष्ट्रपतिको शपथ खाँदै छन् । यो उनको दोस्रो कार्यकाल हो । ‘हामी अमेरिकी राष्ट्रपतिको शपथ समारोहलाई समर्थन गर्ने बोइङको द्विदलीय परम्परालाई निरन्तरता दिन पाउँदा खुसी छौँ,’ बोइङले भनेको छ ।

Advertisement

कम्पनीले पछिल्ला तीन राष्ट्रपतिको शपथमा पनि यस्तै दान गरेको जनाएको छ । कार कम्पनीहरू फोर्ड, जनरल मोटर्स र टोयोटाले पनि १०÷१० लाख डलर दान गरेको बीबीसीले जनाएको छ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top