×

NEPAL TIMES UPDATES

Playing
‘मधेसी छौरा पिएम वन्नेवाला एैला’ || Nepal Times
Mar 07, 2026
Playing
०८२ मा अहिलेसम्म धेरै मत ल्याउने उम्मेदवारहरू को हुन् ?|| Nepal Times
Mar 07, 2026
Playing
Top 15 Afternoon News || Mar-07-2026 || Nepal Times
Mar 07, 2026
Playing
पुराना दलको पराजय: जनताको धैर्यको अन्त्य र नयाँ राजनीतिक युगको सुरुवात || Nepal Times
Mar 07, 2026
Playing
५० हजार बढी मतान्तरले विजयी भए रास्वपाका डा. लेखजंग || Nepal Times
Mar 07, 2026
Playing
अन्य दलको अग्रता भएका क्षेत्रमा रास्वपाको अवस्था कस्तो? पासा पल्टेला ?|| Nepal Times
Mar 07, 2026
Playing
समानुपातिकको सिट कसरी बाँडिन्छ ? थ्रेस होल्ड के हो ? || Nepal Times
Mar 07, 2026
Playing
बालेनको मत ३९ हजार नाघ्दा ओलीको कति? || Nepal Times
Mar 07, 2026
Playing
२७ क्षेत्रको नतिजा आउँदा कसले कहाँ जिते ? को अगाडि ?|| Nepal Times
Mar 07, 2026
Playing
आन्दोलन, जनअपेक्षा र इतिहास दोहोरिने डर उतिकै || Nepal Times
Mar 07, 2026

तहल्का मच्चाउदै ट्रम्प,JFK देखिMLK सम्मका हत्या फाइल खुल्ने

१३ माघ २०८१

१३ माघ , एजेन्सी ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी इतिहासका तीन चर्चित हत्या प्रकरणहरू — पूर्वराष्ट्रपति जोन एफ. केनेडी (जेएफके), उनका भाइ रोबर्ट एफ. केनेडी (आरएफके), र नागरिक अधिकार नेता मार्टिन लुथर किंग जूनियर (एमएलके) — का बाँकी गोप्य फाइलहरू सार्वजनिक गर्न आदेश दिएका छन्।

ट्रम्पले कार्यकारी आदेशमा हस्ताक्षर गर्दै यी हत्याका विषयमा अहिलेसम्म गोप्य राखिएका संघीय दस्तावेजहरूलाई सार्वजनिक गर्न निर्देश गरेका हुन्। उनले भने, “यी ऐतिहासिक घटनाहरूको सत्यतथ्य उजागर गर्नु सार्वजनिक हितका लागि महत्त्वपूर्ण छ।“

कार्यकारी आदेशमा ट्रम्पले राष्ट्रिय गुप्तचर निर्देशक र महान्यायाधिवक्तालाई १५ दिन भित्र हत्यासँग सम्बन्धित रेकर्डहरूको पूर्ण प्रकाशनको लागि योजना प्रश्तुत गर्न निर्देशन दिएका छन् । संयुक्त राज्य अमेरिकाका ३५ औं राष्ट्रपति जेएफकेको नोभेम्बर २२, १९६३ मा टेक्सासको डलासमा मोटरकाडमा सवार हुँदा हत्या गरिएको थियो ।

ली हार्वे ओस्वाल्डलाई हत्यामा पक्राउ गरिएको थियो । तर हत्याको दुई दिन पछि ओस्वाल्डको अचानक मृत्यु भएको थियो । १९९२ मा कंग्रेसले हत्यासँग सम्बन्धित सबै कागजातहरू २५ वर्षभित्र अक्टोबर २६, २०१७ सम्ममा जनतालाई उपलब्ध गराउनुपर्ने आवश्यकता राखेको थियो ।

जनवरी २०१७ मा शुरु भएको आफ्नो पहिलो कार्यकालमा ट्रम्पले कार्यकारी विभाग र एजेन्सीहरूबाट प्रश्तावित सम्पादनहरू स्वीकार गरे । तर बाँकी सम्पादनहरूको निरन्तर पुनर्मूल्याङ्कन गर्ने आदेश दिए ।

ट्रम्पको उत्तराधिकारी जो बाइडेनले २०२१, २०२२ र २०२३ मा यी रेकर्डहरू सम्बन्धी पछिल्ला प्रमाणपत्रहरू जारी गरे । जसले एजेन्सीहरूलाई कागजातहरूको समीक्षा गर्न र सार्वजनिक खुलासाबाट जानकारी रोक्न थप समय दिएको थियो ।

केनेडी परिवारका अर्का प्रमुख व्यक्तित्व, आरएफके अमेरिकी सिनेटर र महान्यायाधिवक्ताको रूपमा आफ्नो भूमिकाका लागि प्रसिद्ध थिए । सन् १९६८ मा डेमोक्रेटिक राष्ट्रपति पदको उम्मेदवारीको अभियानको क्रममा उनको हत्या भएको थियो ।

स्वास्थ्य तथा मानव सेवा सचिवका लागि ट्रम्पका मनोनित रोबर्ट एफ. केनेडी जूनियर आरएफके वरिष्ठका छोरा हुन् । एमएलके अमेरिकी नागरिक अधिकार आन्दोलनमा सबैभन्दा प्रमुख व्यक्तित्वहरू मध्ये एक हुन् ।

जातीय पृथकीकरण र असमानता विरुद्धको अहिंसात्मक अभियानप्रतिको उनको प्रतिवद्धता, साथै उनको प्रसिद्ध आई ह्याभ अ ड्रीम भाषणको लागि उनी प्रख्यात छन् ।राष्ट्रपति जोन एफ. केनेडीको हत्या प्रकरणका रेकर्डहरू लामो समयदेखि सम्पादन र गोप्यता कायम राखिएको थियो।

ट्रम्पले यसलाई सार्वजनिक हितसँग मेल नखाने भन्दै बाँकी रेकर्डहरू तत्काल सार्वजनिक गर्न निर्देशन दिएका हुन्। उनका अनुसार यो निर्णय अमेरिकी नागरिकले इतिहासका यी गम्भीर घटनाहरूको वास्तविकता जान्न पाउनुपर्ने अधिकारलाई सम्बोधन गर्नका लागि हो।

जेएफके हत्याको सम्बन्धमा कंग्रेसले १९९२ मा “जोन एफ. केनेडी असासिनेसन रेकड्र्स कलेक्शन एक्ट“ पारित गरेको थियो, जसले यो घटनासँग सम्बन्धित सबै सरकारी रेकर्डहरूको सार्वजनिक उपलब्धता सुनिश्चित गर्ने उद्देश्य राख्थ्यो।

तर, रोबर्ट एफ. केनेडी र मार्टिन लुथर किंग जूनियरको हत्या सम्बन्धमा भने कंग्रेसले कुनै विशेष ऐन पारित गरेको थिएन। ट्रम्पले जेएफके हत्यासँग सम्बन्धित बाँकी रेकर्ड मात्र नभई आरएफके र एमएलकेको हत्यासँग सम्बन्धित संघीय सरकारको स्वामित्वमा रहेका सबै दस्तावेज सार्वजनिक गर्नु पनि सार्वजनिक हितमा रहेको बताएका छन्।

उनका अनुसार, “अमेरिकी जनताले यी घटनाहरूको वास्तविकता जान्न पाउनुपर्छ। इतिहासलाई अस्पष्ट राख्नु न्यायपूर्ण हुँदैन।“ पूर्वराष्ट्रपति जोन एफ. केनेडी , उनका भाइ रोबर्ट एफ. केनेडी र मार्टिन लुथर किंग जूनियरको हत्या अमेरिकी इतिहासका सबैभन्दा विवादित र चर्चित घटनाहरूमा गनिन्छन्।

यी हत्याहरूले अमेरिकी राजनीतिक प्रणाली, सामाजिक न्याय, र नागरिक अधिकार आन्दोलनमा गहिरो प्रभाव पारेका थिए। यस आदेशले इतिहासका यी गम्भीर घटनाहरूको सत्यतथ्य बाहिर ल्याउने र अमेरिकी जनतालाई स्पष्ट तस्वीर प्रदान गर्ने आशा गरिएको छ।

ट्रम्पको यो निर्णयले कतिपय महत्त्वपूर्ण तथ्यहरूको पर्दाफास गर्ने विश्वास गरिएको छ, जसले इतिहासका अनुत्तरित प्रश्नहरूको उत्तर दिन सक्ने सम्भावना छ। यस्तै ट्रम्प प्रशासनले कम्तिमा पनि एक दर्जन बढी संघीय निगरानीकर्ता एवं जाँचकर्तालाई बर्खास्त गरिदिएको छ ।

यसलाई अवैध कदम भनिएको छ भने यसैलाई लिएर अदालती चुनौतिको सामना गर्नु पर्ने सम्भावना रहने बताइएको छ । शनिबार सिनेटमा सिनेट अल्पसंख्यक नेता चक शूमरले यो कदमलाई वाचडग फायरिंगलाई ‘चिस्याउने सफाया’को संज्ञा दिए ।

डेमोक्र्याट शूमरले ‘यो बर्खास्तीले उनी दवाफदेहीताबाट भयभित छन् भन्ने तथ्यको उजागर हो । यो पारदर्शीताप्रतिको शत्रुता हो’ भने । बीबीसीको अमेरिकी साझेदार सीबीएसका अनुसार बर्खास्त निगरानीकर्ताको सूचीमा स्वास्थ्य एवं मानव सेवा विभागका महानिरीक्षक तथा लघु व्यवसाय प्रशासनका महानिरीक्षक समेत छन् ।

कृषि, वाणिज्य, रक्षा, शिक्षा, आवास तथा शहरी विकास, आन्तरिक, श्रम परिवहन र विज्ञ मामिला विभागकासाथै पर्यावरण संरक्षण एजेन्सीका निगरानीकर्तामाथि विचार गरिएको थियो । स्वतन्त्र निगरानीकर्ताहरु जो संघीय एजेन्सीभित्र काम गर्छन्, यद्यपि, एजेन्सी प्रमुखद्वारा नियन्त्रित हुँदैनन् ।

उनीहरु अव्यवस्था तथा सत्ताको दुरुपयोगविरुद्ध एक गार्डका रुपमा काम गर्ने जनशक्तिको रुपमा लिइन्छ । यी व्यक्तिहरू विभिन्न संघीय निकायहरूमा सरकारी दस्तावेजहरूको सम्पादन र गोप्यताको जिम्मेवारीमा खटिएका थिए।

ट्रम्पले उनीहरूको भूमिकालाई पारदर्शिताविरोधी भन्दै तत्काल प्रभावले हटाएका हुन्।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top