×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026
Playing
Top 15 Afternoon News || April-23-2026 || Nepal Times
Apr 23, 2026
Playing
संविधान संशोधनबारे हर्कले दिए ९ बुँदे सुझाव, संसदबाहिर बाटै मन्त्री || Nepal Times
Apr 23, 2026
Playing
होर्मुजमा बारूदी सुरूङ हटाउन Americaलाई ६ महिना लाग्ने || Nepal Times
Apr 23, 2026

पाथीभराको केबलकारले बबण्डर, घाइतेलाई एयर एम्बुलेन्स, सिडिओ नै असुरक्षित!

१३ माघ २०८१

१३ माघ , काठमाण्डौ।

ताप्लेजुङको पवित्र धार्मिक स्थल पाथीभरा माताको क्षेत्रमा शनिबार देखिएको झडपले स्थिति तनावपूर्ण बनाएको छ। पाथीभरा केबलकार निर्माणको विरोधमा उत्रिएका प्रदर्शनकारी र सुरक्षाकर्मीबीचको झडपले धार्मिक स्थलमै रक्तपातको अवस्था निम्त्यायो।

Advertisement
Advertisement

झडपका क्रममा प्रहरीको गोली लागेर नो केबलकार समूहका ४ जना घाइते भएका छन् भने झन्डै दुई दर्जन प्रहरी र सुरक्षाकर्मी पनि घाइते भएका छन् । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) नेत्रप्रसाद शर्माका अनुसार, प्रहरी इन्स्पेक्टर रोहित शर्मासहित १२ जना नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ)का ९ जना झडपका क्रममा घाइते भएका छन्।

आन्दोलनकारी समूहका ३ जनालाई थप उपचारका लागि नोबेल अस्पताल विराटनगर हुँदै काठमाडौँ पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी सन्दिपा खड्काले जानकारी दिइन् । केबलकार निर्माणको विरोध गर्दै आएको “नो केबलकार समूह“का प्रदर्शनकारीहरूले सरकारी निर्णयप्रति असन्तोष व्यक्त गर्दै झडपलाई थप उग्र बनाएका थिए।

प्रमुख जिल्ला अधिकारीविरुद्ध प्रदर्शनकारी मध्येका एक प्रदीप मादेनले तल्लो स्तरका अपशब्द प्रयोग गर्दै उनलाई जिल्ला छोड्न चेतावनी दिएका छन्। त विरुद्ध युद्ध सुरु भयो,तँ असुरक्षित छ भन्दै अश्लील शब्दमा फोनमार्फत गाली गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सन्दिपा खड्काले बताएकी छन् ।

खड्काका अनुसार स्थिति नियन्त्रणबाहिर जान सक्ने अवस्था सिर्जना भएपछि प्रहरीले बल प्रयोग गर्नुपरेको थियो। सहायक प्रमुख जिल्ला अधिकारी खड्काले अहिले त्याहाको सुरक्षा व्यवस्था कडा पारिएको भन्दै जिल्लाको शान्ति सुरक्षा सामान्य र प्रहरीको नियन्त्रणमा रहेको जानकारी दिएकी छन् ।

आन्दोलनकारीले छुरी, दाउरा, ढुङ्गा र गुलेलीहरूसहित आइसकेपछि र कमान्डरलाई नै हानेपछि त्यो अवस्था सिर्जना भएको प्रशासनले जनाएको छ । प्रहरीको गोली लागेर यामबहादुर लिम्बू, सगुन लावती, धर्मेन पालुङ्वा र मंगल लावती घाइते भएका थिए ।

घाइतेमध्ये तेह्रथुमका यामबहादुर, पाँचथर मिक्लाजुङ गाउँपालिका सगुन र धर्मेनलाई काठमाडौं लगिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । एकजना भने विराटनगरबाट उपचारपछि डिस्चार्ज भएका छन् ।

आन्दोलनको क्रममा पक्राउ परेका लक्ष्मण लिम्बू र चन्द्रसागर लिम्बू ताप्लेजुङ प्रहरीको हिरासतमा छन् । मंगलबारदेखि पाथिभरामा केबलकार निर्माण सुरू गरिएको थियो । केबलकारका कारण पहिचान मेटिने आन्दोलन सुरू गरेको ‘नो केबलकार समूह’ आजदेखि थप आन्दोलन गर्ने तयारी गरेको थियो ।

त्यसको लागि आन्दोलनकारीलाई तितरवितर पार्न शनिबार नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएको थियो । शनिबार बेलुका करिब ६ बजे पाथीभरा क्षेत्रको बलुडाडाँमा प्रहरी पुगेपछि आन्दोलनकारीले माथिबाट ढुंगामुडा गरेका थिए ।

त्यसपछि प्रहरीले गोली चलाएको थियो । आन्दोलनमा दमन गरेको भन्दै पहिचानवादीले मंगलबार मेची राजमार्ग बन्दको आव्हान गरेका छन् । सशस्त्र प्रहरीले पाथीभरा (मुक्कुमलुङ ) संरक्षणका पक्षधरमाथि कुटपिट गरेको भन्दै बन्दको आव्हान गरिएको उनीहरूको भनाइ छ ।

पाथीभरा माताको पावन मन्दिर क्षेत्र धार्मिक तथा पर्यटकीय दृष्टिले अति संवेदनशील मानिन्छ। तर, यही स्थललाई केन्द्र बनाएर हिंसा भड्किनुले स्थानियवासीमाझ रोष पैदा गरेको छ। स्थानीयवासी र नो केबलकार समूहले पाथीभरा माताको धार्मिक पवित्रतामाथि आँच पु¥याउने कुनै पनि परियोजनाको सशक्त विरोध गर्ने अडान लिएका छन्।

यता समाजवादी पार्टी, नेपालले ताप्लेजुङ, पाथीभरा क्षेत्रमा जारी ‘नो केबलकार आन्दोलन’का क्रममा आन्दोलनकारीमाथि गोली प्रहार भएको घटनामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘‘शान्तिपूर्ण आन्दोलनको तयारी गर्दा राज्यले मान्छे ताकेरै गोली प्रहार गरिएको यो घटना अत्यन्त निन्दनीय तथा भत्र्सनायोग्य छ,’’ प्रवक्ता मनीष सुमनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘‘जसपा, नेपाल आन्दोलनकारीको मागअनुरूप उक्त क्षेत्रमा केबलकार निर्माण कार्य अविलम्ब बन्द गरी आन्दोलनकारीमाथिको प्रहरी दमन तत्काल रोक्न माग गर्दछ।’’

स्थानीयवासीको भाषा, धर्म, अधिकार तथा पहिचान मेटिने भन्दै पहिचान पक्षधरद्वारा जारी आन्दोलनमा प्रहरीद्वारा अन्धाधुन्द गोली चलाउँदा यमबहादुर लिम्बू, सगुन लावती, धर्मान पालुङ्वा लगायत दर्जनौँ प्रदर्शनकारी गम्भीर घाइते भएको जनता समाजवादी पार्टी, नेपालले जनाएको छ ।

यो विषय कोशी प्रदेश सभामा पनि उठेको छ । प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले ताप्लेजुङमा केबुलकार निर्माण पक्ष र सङ्घर्षरत पक्षलाई समस्या समाधानको लागि वार्तामा आउन आग्रह गरेका छन्।

पाथीभरा क्षेत्रमा घटेको घटनालाई लिएर सबै पक्षलाई शान्तिपूर्ण रूपमा वार्ताको माध्यमबाट समस्याको समाधान निकाल्न उनले आग्रह गरे। कोशी प्रदेश सभामा सांसदहरूले ताप्लेजुङको पाथीभरामा भएको घटनाको बारेमा सरकारको जवाफ माग गरेपछि उनले फुङलिङ नगरपालिकामा हिजो साँझ ५ बजेर ५० मिनेटमा प्रहरीमाथि साङ्घातिक आक्रमण भएपछि प्रहरीले आफ्नो प्रतिरक्षा गर्दा हवाई फायर गर्नु परेको सदनलाई जानकारी दिएका छन् ।

‘कोशी प्रदेश सरकार यस विषयमा गम्भीर भएको छ’, उनले भने, ‘घटनाको विषयमा प्रदेश सरकार वार्ताको लागि तयार छ। आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना संयोजक, भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राई र आन्तरिक मामिला तथा कानुन मन्त्री सदस्य रहेको वार्ता समिति बनाइएको छ ।’

साँझ प्रहरीले खाना खाइरहेको अवस्थामा प्रहरीमाथि माथिबाट ढुङ्गा बर्साइएपछि आत्मसुरक्षाकोलागि प्रहरीतर्फ ठूलो क्षति हुने अवस्था आएपछि अश्रुग्यास, हवाई फायर गर्नु परेको उनले बताएका छन् ।

Advertisement

त्यहाँ सशस्त्र र नेपाल प्रहरीका गरी ९० जना काफ्लेपाटीमा थिए। गएको कात्तिक २४ गते शिलान्यास गरिएको केबलकार निर्माण गएको मंगलबारबाट सुरु भएको थियो । आईएमई ग्रुपको लगानीमा हिमालय कन्स्ट्रक्सनले १५ महिनाभित्र केबलकार निर्माण सम्पन्न गर्ने सम्झौता भएको छ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top