गिनिज बुकमा पार्कर दिनेशको विश्व कीर्तिमान

१३ माघ ८१, सोमबार

१४ माघ , काठमाण्डौ।

नेपाली पार्कर खेलाडी दिनेश सुनारले २१ औं विश्व कीर्तिमान बनाएका छन् । उनले पार्कर खेलमा सबैभन्दा धेरै बटरफ्लाई ट्वीस्ट गरेर नयाँ कीर्तिमानी राखेका छन् । उनले अमेरिकाको न्यूयोर्कमा ३० सेकेण्डमा १४ बटरफ्लाई ट्वीस्ट गरेर एक साताअघि १९ जनवरीमा कीर्तिमानी राखेको गिनिज वल्र्ड रेकर्डको वेवसाइटमा उल्लेख छ ।

गिनिज बुकमा उनको यो २१औं कीर्तिमान हो । सुनारले यसअघि पार्कर र जिम्नास्टिक खेल अन्तरगत विभिन्न विधामा २० वटा विश्व कीर्तिमानी कायम गरिसकेका थिए । खोटाङको हलेसी स्थायी घर भएका सुनारले २०७१ मा बिराटनगरमा भएको सातौं राष्ट्रिय खेलकुद र २०७५ मा नेपालगञ्जमा भएको आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेका थिए ।

हाल न्यूयोर्कमा भएको समारोहका बीच उनले २१औं रेकर्ड राखेका हुन् । समारोहमा तेम्बा शेर्पा, उर्गेन शेर्पा, नग्वाङ निमा शेर्पा, नन्दीप्रसाद ढकाल, अजित शाह, प्रखी राई लगायत उपस्थित थिए भने निक स्टेब टाइम किपर थिए ।

सुनारले २६ कात्तिकमा भारतमा अन्तर्राष्ट्रिय मदर टेरेसा पुरस्कार समेत पाएका थिए । हाल अमेरिकामा रहेर पार्कर खेललाई अघि बढाइरहेका उनी नेपाली खेलकुद र सांस्कृतिक आदानप्रदानमा सक्रिय हुँदै आएका छन् ।

सुनार खोटाङमा रहँदा ज्याकी च्यान, ब्रस ली लगायतका चलचित्रबाट प्रभावित भएर जिम्नास्टिक र पार्कर विधाको अभ्यासमा लागेका थिए । हाल उनी नेपालमा पार्कर खेलका अगुवा मानिन्छन्। पार्करमा लगातार विश्व रेकर्ड राखेपछि अमेरिकामा रहेको अल्पाइन स्पोर्टस् एसोसियसनले सुनारलाई मानार्थ सदस्यता समेत प्रदान गरेको छ ।

‘२१ औं पटक विश्व कीर्तिमान राखेर नेपालको नाम संसारभर चिनाउन पाउदा हर्षित छु,’उनले भने, ‘त्यही कारण अमेरिकाको अल्पाइन स्पोर्टस् एसोसियसनले मानार्थ सदस्यता दियो यसमा गर्व लागेको छ ।’

जिम्न्यास्टिकअन्तर्गतको पार्कर विधा विभिन्न अवरोधहरूलाई सहज, छरितो र सुरक्षित तरिकाले पार गर्ने कला नै पार्कर हो ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top