×

NEPAL TIMES UPDATES

Playing
पश्चिम नेपालबाट पानी पार्ने अर्को प्रणाली भित्रियो || Nepal Times
Apr 08, 2026
Playing
विश्व चकित पार्ने इरानी जनएकता,बमको ड रभन्दा ठूलो राष्ट्रप्रेम || Nepal Times
Apr 08, 2026
Playing
महाकालीका नाममा चन्दा, घट्टे खोलामा पुल, धुरुधुरु रोए हर्क || Nepal Times
Apr 08, 2026
Playing
देउवा र आरजुविरुद्ध सम्पत्ति शुद्धीकरणमा प क्रा उ पुर्जी जारी || Nepal Times
Apr 08, 2026
Playing
Top 15 Afternoon News || April-08-2026 || Nepal Times
Apr 08, 2026
Playing
इरानी मानव साङ्लोले बचायो देश, Russia–Chinaको ‘भिटो’, कसले जित्यो, कसले हार्यो ? || Nepal Times
Apr 08, 2026
Playing
Israelमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना || Nepal Times
Apr 08, 2026
Playing
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक प्रधानमन्त्री कार्यालयमा|| Nepal Times
Apr 08, 2026
Playing
आज विदेशी राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट#BALEN #NEPAL #PM || Nepal Times
Apr 08, 2026
Playing
राजनीतिक नियुक्ति खारेज गर्ने बालेनको अभियान, यस्ता छन् चुनौती|| Nepal Times
Apr 08, 2026

कहिलेसम्म मान्छे बाघको पञ्जामा परिरहने ? ओछ्यानमा पुग्यो बाघ

१४ माघ २०८१

१४ माघ ,काठमाण्डौ।

कृषिप्रधान भनिएता पनि नेपालमा कृषिजन्य कर्म गर्न र त्यसबाट आम्दानी लिन एउटा किसानलाई जति गारो छ, यही पेशामा लागिरहँदा अब त किसानलाई आफ्नो ज्यान नै जोगाउन पनि सकस हुन थालेको छ ।

Advertisement

खासगरी पशुपालक किसानहरुलाई । जंगल छेउछाउमा रहेका पशुपालक किसानहरु आफ्ना बस्तुभाउलाई घाँसदाउरा गर्न बन जाने गरेका छन् । तर बनबाट उनीहरु सकुशल आउँछन् वा आउँदैनन् भन्ने चिन्ता दिनहुँ बढ्दै गएको छ ।

किसानमात्रै होइन बनजंगल छेउमा भएका बस्तीका अन्यलाई पनि ज्यानको जोखिम बढेको छ । यसको कारण हो जंगली जनावरको आक्रमण । त्यसमा पनि विशेषगरी बाघको आक्रमण । नेपालमा जंगलले ओगटेको क्षेत्रको तुलनामा बाघको संख्या धेरै भइसकेको र यसलाई नियन्त्रण गर्न आवस्यक परेको स्वयं प्रधानमन्त्रीले स्वीकारेका छन् ।

यसका बावजुद, नेपालीहरु अझै बाघको आक्रमणमा परिरहेका छन् । आइतबार रातीमात्रै पनि कैलालीमा छाउगोठभित्र सुतिरहेकी महिलामाथि बाघले आक्रमण गरेको छ ।जिल्लाको मोहन्याल गाउँपालिका–७ कुइनेमा आइतबार राति अन्दाजी १०ः३० बजेको समयमा ४५ वर्षीया सरस्वती बिटालुलाई बाघले घाइते बनाएको हो ।

छाउगोठ वरपरका मानिसहरूले होहल्ला गरेपछि बाघ भागेको थियो । उनी सामान्य घाइते छिन् । यसअघि पुस १४ गते साँझ पनि काठमाडौं उपत्यकाको छिमेकी जिल्ला मकवानपुरमा बाघको आक्रमणमा एक वृद्धाको ज्यान गएको थियो ।

घर नजिकै घाँस काट्न गएका बेला उनी बाघको आक्रमणमा परेकी हुन् । उक्त घटना भएको १२ घण्टा बित्दा नबित्दै भोलिपल्ट बिहान त्यहीँ नजिक सूर्यबहादुर मोक्तानको खोरमा रहेका सातवटा बाख्रा बाघले मारिदियो ।

यस्तै साउन १७ गते कञ्चनपुरको दोधारा चाँदनी २ मा बाघको आक्रमणबाट २३ वर्षीया एक महिलाको मृत्यु भएको थियो । घर नजिकै धान खेतमा घाँस काटिरहेका बेला उनीमाथि बाघले आक्रमण गरेको थियो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार बाघको आक्रमणमा परेर नेपालमा पछिल्लो पाँच वर्षमा ६५ जना मानिसले ज्यान गुमाउनु परेको छ । सबैभन्दा धेरै आर्थिक वर्ष २०७८÷७९ मा २१ जनाको मृत्यु भएको थियो ।

सन् २०२२ को गणना अनुसार देशमा रहेका कूल ३५५ वटा बाघहरूमध्ये चितवन राष्ट्रिय निकुञ्जमा १२८, बर्दियामा १२५, पर्सामा ४१, शुक्लाफाँटामा ३६ र बाँकेमा २५ वटा छन् । सन् २०१० मा रुसमा भएको विश्व बाघ सम्मेलनमा नेपाल सरकारले त्यस बेला देशमा एक सय २१ वटा रहेको बाघको सङ्ख्या सन् २०२२ सम्म दोबर बनाउने घोषणा गरेको हो ।

नेपालको त्यो लक्ष्यप्रति यसअघि पनि प्रधानमन्त्री छँदा केपी शर्मा ओलीले पनि प्रतिबद्धता जनाएका थिए । तर अहिले भने उनै ओलीले बाघ नियन्त्रण गर्न आवस्यक रहेको बताउन थालेका छन्। गत पुस ११ गते प्रधानमन्त्री ओलीले ’मान्छे खुवाएर बाघ पाल्न नसकिने’ अभिव्यक्ति दिएका थिए ।

अहिले प्रधानमन्त्री ओली बढेको बाघको सङ्ख्याप्रति असन्तुष्ट छन् । उनले बाघको सङ्ख्या घटाउन वा नियन्त्रण गर्न विभिन्न देशहरूलाई उपहार दिन सकिने उपाय सुझाएका छन् । प्रधानमन्त्रीको उक्त अभिव्यक्तिपछि कतिपय देशबाट बाघ लिने इच्छा प्रकट भएको बुझिएको छ ।

उनीहरूले कानुनी र नीतिगत प्रक्रियाबारे चासो राखेका छन् । सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिसम्बन्धी नेपालको कानुनमा’ सरकारले एक आर्थिक वर्षमा एक जोडीसम्म कुनै प्रजातिको सङ्कटापन्न वन्यजन्तु वा सोको नमुना नेपाली जनता र नेपाल सरकारको सद्भावनाको प्रतीकको रूपमा उपहार उपलब्ध गराउन सकिने’ व्यवस्था छ ।

उक्त कानुनमा ’अध्ययन, संरक्षण शिक्षा वा अनुसन्धानको प्रयोजनका लागि’ त्यसो गर्न सकिने सर्त छ । सन् १९८५ देखि २०१८ सम्मको विवरणअनुसार नेपालले २६ वटा एक सिङे गैँडा भारत, चीन, जर्मनी, युके, अमेरिका, बाङ्ग्लादेश, अस्ट्रिया, र जापानलाई उपहार दिएको छ ।

त्यस्तै विभिन्न देश र संस्थालाई गोही, ब्वाँसो र चितुवा पनि उपहार दिइएको छ । बाघ भने उपहार दिइएको छैन । यसैबीच उता बाघ लोप भएको भनिएको क्याम्बोडियामा फेरि पुनस्र्थापित गर्ने पहल भइरहेको छ ।

काजाकस्तानले त्यहाँ लोप भएका अमुर प्रजातिका बाघ केही महिनाअघि नेदरल्यान्डस्बाट लगेको छ । विदेशमा भएका त्यस्ता अभ्यास र कानूनी आधारमा नै नेपाल सरकारले चाहेमा मित्र राष्ट्रलाई बाघ उपहार दिन सकिने सम्भावना रहेको छ ।

Advertisement

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top