NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ट्रम्प मस्कको महायुद्ध,नयाँ पार्टी घोषणा ?ट्रम्पको साम्राज्य ढल्छ? आइतवार असार २२ , २०८२
अपरेशन सिन्दूरबारे भारतको अर्काे खुलासा, पाकको पछि थियो चीन आइतवार असार २२ , २०८२
हत्यापछि प्रहरी कन्ट्रोलमा फोन,‘मैले ४जनाको हत्या गरे पक्रिन आउनु’ आइतवार असार २२ , २०८२
विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध आइतवार असार २२ , २०८२
आज कुन–कुन प्रदेशमा हुँदैछ भारी वर्षा ? आइतवार असार २२ , २०८२
Next
Prev

समाचार

आमा बाबुको नागरिकता नभएपनि सन्तानले नागरिकता पाउने

बुधबार माघ १६ , २०८१
Reading Time: 1 min read
A A
Advertisement
सय वर्ष पार गर्दा पनि छैन नागरिकता
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१६ माघ , काठमाण्डौ ।

नेपाली आमाबाट जन्मेका नागरिकले अबदेखि बाबुको नामविना पनि नागरिकता प्राप्त गर्न सक्ने गरी सरकारले संशोधित विधेयक ल्याएको छ । गृह मन्त्रालयद्वारा तयार गरिएको उक्त विधेयक मंगलबार संसद्मा दर्ता गरिएको छ ।

विधेयकअनुसार यसरी नागरिकता प्राप्तिका लागि सम्बन्धित व्यक्तिले सम्बन्धित निकायमा निवेदन दिनुपर्नेछ । यस प्रक्रियाबाट जारी नागरिकताको प्रमाणपत्रमा बाबुको नाम, थर तथा ठेगाना उल्लेख गर्नुपर्ने स्थान खाली राखिने व्यवस्था गरिएको छ ।

Advertisement

नागरिकता ऐन, ०६३ लाई संशोधन गर्न बनेको विधेयकको दफा ४ को उपदफा १ मा भनिएको छ, ‘(१क) दफा ३ को उपदफा (५) बमोजिम दिइने नेपाली नागरिकताको प्रमाणपत्रमा र कुनै व्यक्तिले नागरिकताको प्रमाणपत्रमा बाबुको नाम, थर, ठेगाना उल्लेख गर्न नचाहेको भनी निवेदन दिएमा त्यस्तो व्यक्तिलाई दिइने नेपाली नागरिकताको प्रमाणपत्रमा बाबुको नाम, थर तथा ठेगाना उल्लेख हुनुपर्ने स्थानमा कुनै व्यहोरा उल्लेख नगरी दिनुपर्नेछ ।’

विधेयकअनुसार जन्मदर्ता वा शैक्षिक योग्यताको प्रमाणपत्रमा बाबुको नाम उल्लेख भएको, तर नागरिकता लिने अवधिसम्म सम्पर्क नभएको सन्तानले पनि वंशजको नागरिकता पाउन सक्नेछन् । तर, त्यसका लागि सम्बन्धित व्यक्तिले बाबुको पहिचान नखुलेको र हालसम्म सम्पर्कमा पनि नरहेको भनी स्वघोषणा गर्नुपर्नेछ ।

विधेयकको दफा २ को उपदफा २ मा भनिएको छ, ‘कुनै व्यक्तिको जन्मदर्ता वा शैक्षिक योग्यताको प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्रमा बाबुको नाम उल्लेख भए तापनि निजको बाबुको अन्य पहिचान नखुलेको र हाल सम्पर्कमा नरहेको भनी निजले स्वघोषणा गरेमा त्यस्तो व्यक्तिको बाबुको पहिचान नभएको मानिनेछ र निजले उपदफा (५) बमोजिम वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ ।’

त्यस्तै, जन्मका आधारमा नागरिकता प्राप्त गरेका बाबु वा आमाका सन्ततिले पनि वंशजकै नागरिकता प्राप्त गर्न सक्नेछन् । संशोधन गर्न बनेको विधेयक ०८१ को दफा १ को उपदफा १ मा भनिएको छ, ‘(४क) उपदफा (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि बाबु वा आमामध्ये कुनै एकले जन्मको आधारमा नेपाली नागरिकता प्राप्त गरेको र अर्कोको जन्मको आधारमा नागरिकता प्राप्त गर्नुअगावै मृत्यु भएको वा बाबुले जन्मको आधारमा नेपाली नागरिकता प्राप्त गरेकोमा आमा सम्पर्कविहीन रहेको व्यक्तिको हकमा दफा ५ को उपदफा (५क) बमोजिम हुनेछ ।’

नेपालको नागरिक आमाबाट विदेशमा जन्म भई नेपाल बसोबास गरेको, विदेशको नागरिकता वा राहदानी नलिएका र बाबुको पहिचान नखुलेका सन्तानले पनि नागरिकता प्राप्त गर्न सक्नेछन् । तर, त्यस्ता व्यक्तिले स्वघोषणा गर्नुपर्नेछ । उनीहरूलाई अंगीकृत नागरिकता प्रदान गरिनेछ  ।

विधेयकको दफा २ को उपदफा २ मा भनिएको छ, ‘(५ख) नेपालको नागरिक आमाबाट विदेशमा जन्म भई नेपालमा बसोबास गरेको, विदेशको नागरिकता वा राहदानी नलिएको र बाबुको पहिचान नभएको व्यक्तिले तोकिएबमोजिम स्वघोषणा गरेमा अंगीकृत नेपाली नागरिकता प्राप्त गर्न सक्नेछ ।’

बाबु वा आमा कम्तीमा एक नेपाली नागरिक रहेकाहरूको १६ वर्ष उमेर नपुगेका सन्तानले पनि नाबालक परिचयपत्र प्राप्त गर्न सक्नेछन् । संशोधन गर्न बनेको विधेयकको दफा ८ मा भनिएको छ, ‘१६ वर्ष उमेर पूरा नभएको र बाबु वा आमामध्ये कम्तीमा एकजना नेपाली नागरिक रहेको नाबालकलाई तोकिएको अधिकारीले तोकिएबमोजिम नाबालक परिचयपत्र प्रदान गर्न सक्नेछ ।’

यो विधेयकले ठुलो संख्यामा बालबालिका लाभान्वित हुने बताइएको छ । विधेयकले आमासँग मात्रै रहेका १६ लाख ८८ हजार र बाबुसँग मात्रै रहेका एक लाख बालबालिकालाई राहत दिएको छ।

त्यसबाहेक अब बाबुको पहिचानविना पनि बालबालिकाले नागरिकता लिन सक्ने भएका छन् । विधेयकको यो सबैभन्दा राम्रो पक्ष भएको कानूनविद्हरुले बताएका छन् ।

Tags: #citizenship of nepal#बाबुको नामविना पनि नागरिकता

लोकप्रीय

ट्रम्पको साथले मस्कको भाग्य झनै चम्कियो

ट्रम्प मस्कको महायुद्ध,नयाँ पार्टी घोषणा ?ट्रम्पको साम्राज्य ढल्छ?

आइतवार असार २२ , २०८२
न्युक्लियर ‘ब्ल्याकमेल’ भारतले नसहने, पाकिस्तानले गुहारेपछि कारबाही स्थगित

अपरेशन सिन्दूरबारे भारतको अर्काे खुलासा, पाकको पछि थियो चीन

आइतवार असार २२ , २०८२
श्रीमती लिन गएका ज्वाइँले ससुरालीका सबैलाई सिध्याए

हत्यापछि प्रहरी कन्ट्रोलमा फोन,‘मैले ४जनाको हत्या गरे पक्रिन आउनु’

आइतवार असार २२ , २०८२

विचार

ट्रम्पको साथले मस्कको भाग्य झनै चम्कियो

ट्रम्प मस्कको महायुद्ध,नयाँ पार्टी घोषणा ?ट्रम्पको साम्राज्य ढल्छ?

आइतवार असार २२ , २०८२
न्युक्लियर ‘ब्ल्याकमेल’ भारतले नसहने, पाकिस्तानले गुहारेपछि कारबाही स्थगित

अपरेशन सिन्दूरबारे भारतको अर्काे खुलासा, पाकको पछि थियो चीन

आइतवार असार २२ , २०८२
श्रीमती लिन गएका ज्वाइँले ससुरालीका सबैलाई सिध्याए

हत्यापछि प्रहरी कन्ट्रोलमा फोन,‘मैले ४जनाको हत्या गरे पक्रिन आउनु’

आइतवार असार २२ , २०८२

थप समाचार

ट्रम्पको साथले मस्कको भाग्य झनै चम्कियो
अन्तर्राष्ट्रिय

ट्रम्प मस्कको महायुद्ध,नयाँ पार्टी घोषणा ?ट्रम्पको साम्राज्य ढल्छ?

आइतवार असार २२ , २०८२
न्युक्लियर ‘ब्ल्याकमेल’ भारतले नसहने, पाकिस्तानले गुहारेपछि कारबाही स्थगित
अन्तर्राष्ट्रिय

अपरेशन सिन्दूरबारे भारतको अर्काे खुलासा, पाकको पछि थियो चीन

आइतवार असार २२ , २०८२
श्रीमती लिन गएका ज्वाइँले ससुरालीका सबैलाई सिध्याए
ताजा समाचार

हत्यापछि प्रहरी कन्ट्रोलमा फोन,‘मैले ४जनाको हत्या गरे पक्रिन आउनु’

आइतवार असार २२ , २०८२
विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध
ताजा समाचार

विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

आइतवार असार २२ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

00:11:21

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
कुलिङ पिरियडमा हेराफेरी, रामहरिको राजीनामा माग, कसले गर्याे बेइमानी ?

एमाले अब रामहरिको नेतृत्वमा नबस्ने, उनको कोर टिममा को को?

बुधबार असार १८ , २०८२

हालका पोस्टहरू

ट्रम्पको साथले मस्कको भाग्य झनै चम्कियो

ट्रम्प मस्कको महायुद्ध,नयाँ पार्टी घोषणा ?ट्रम्पको साम्राज्य ढल्छ?

आइतवार असार २२ , २०८२
न्युक्लियर ‘ब्ल्याकमेल’ भारतले नसहने, पाकिस्तानले गुहारेपछि कारबाही स्थगित

अपरेशन सिन्दूरबारे भारतको अर्काे खुलासा, पाकको पछि थियो चीन

आइतवार असार २२ , २०८२
श्रीमती लिन गएका ज्वाइँले ससुरालीका सबैलाई सिध्याए

हत्यापछि प्रहरी कन्ट्रोलमा फोन,‘मैले ४जनाको हत्या गरे पक्रिन आउनु’

आइतवार असार २२ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.