NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ? मङ्लबार मंसिर ९ , २०८२
अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए मङ्लबार मंसिर ९ , २०८२
प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक मङ्लबार मंसिर ९ , २०८२
ओली अन्ततः चुनावमा भाग लिन तयार, दल दर्ता हुँदै, आयोग भने नमान्ने मङ्लबार मंसिर ९ , २०८२
Next
Prev

समाचार

अमेरिकी विमान हेलिकप्टोर सँग ठोक्किनु अघिको अडिओ सार्वजनिक

बिहिबार माघ १७ , २०८१
Reading Time: 1 min read
A A
अमेरिकी विमान हेलिकप्टोर सँग ठोक्किनु अघिको अडिओ सार्वजनिक

This image from video released by Kazakhstan Emergency Ministry Press Service on Friday, Dec. 27, 2024, shows the crash landing of the Azerbaijan Airlines' Embraer 190 on the ground near the airport of Aktau, Kazakhstan, on Thursday, Dec. 26, 2024. (Kazakhstan Emergency Ministry Press Service via AP)

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१७ माघ, एजेन्सी ।

अमेरिकाको राजधानी वासिङ्टन डीसीमा भएको भयानक विमान दुर्घटना अघि हेलिकप्टोरका पाइलटसँग भएको कुराकानीको अडिओ सार्वजनिक भएको छ। सेनाको ब्ल्याक हक हेलिकोप्टर यात्रुबहाक विमानसँग ठोक्किएर दुर्घटना हुनुभन्दा अगाडिको अडिओ सार्वजनिक भएको हो ।

सीबीएस न्यूजकाअनुसार स्थानीय समयअनुसार राति ९ बजे ६४ जना सवार विमान र तीन जना सवार हेलिकोप्टरमा ठोक्किएका थिए । अहिलेसम्म १८ जनाको शव नदीमा फेला परेको छ । अहिले दुर्घटना अगाडिको एअर ट्राफिक कन्ट्रोल टावरको अडिओ सार्वजनिक भएको छ ।

जसमा दुर्घटना हुनुभन्दा ३० सेकेन्डभन्दा कम समयअघि रोनाल्ड् रेगन वासिङ्टन विमानस्थलका हवाई ट्राफिक नियन्त्रकले हेलिकोप्टरसँग गरेको कुराकानी उल्लेख छ ।

नियन्त्रकले भनेका छन्, “पीएटी २५, सीआरजे देख्नुभएको छ ?”

केही बेरपछि नियन्त्रकले भने – “‘पीएटी २५, सीआरजे (यात्रु जेट)को पछाडिबाट जानुहोस्।’”

हेलिकोप्टरबाट कुनै प्रतिक्रिया आएको सुनिदैँन । केही सेकेन्डपछि विमान र हेलिकोप्टर ठोक्किए ।

घटना नियालिरहेका पाइलटले तुरुन्तै रेडियोमा फोन गरे, “टावर, तपाईंले त्यो देख्नुभयो ?”

रिपोर्टहरूका अनुसार एअर ट्राफिक कन्ट्रोलरहरूले तुरुन्तै अन्य विमानहरूलाई एयरपोर्टबाट टाढा डाइभर्ट गर्न थाले । ईएमएस विभागले फायरबोटहरू नदीमा खोजी कार्य भइरहेको जनाएको छ ।

यस दुर्घटनामा राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि प्रश्न उठाएका छन् । ‘हेलिकोप्टरले किन बाटो परिवर्तन गरेन ?’ भन्दै प्रश्न गरेका छन् । उनले लेखेका छन्, “विमान विमानस्थलतर्फ जाँदै थियो । हेलिकोप्टर सिधै विमानतर्फ गइरहेको देखिन्छ ।

यो रात स्पष्ट थियो । विमानको बत्ती पनि बलिरहेको थियो । त्यसो हुँदा पनि हेलिकोप्टर किन घुमेन ? वा किन माथि या तल गएन ?” “यदि कन्ट्रोल टावरले विमान देखेको थियो भने किन हेलिकोप्टर चालक दललाई के गर्ने भनेर बताएन ? यो नराम्रो अवस्था हो ।

यस्तो हुनबाट रोक्नुपर्ने थियो । यो ठीक होइन ।” उनले भनेका छन् । यस्तै विज्ञले पनि अमेरिकामा हवाइजहाज र हेलिकोप्टर ठोक्किएर भएको दुर्घटनामा आफूलाई अचम्मित बनाएको बताएका छन् ।

बीबीसीसँग कुरा गर्दै अमेरिकी उड्डयन सल्लाहकार जेफ्री थोमसले दुर्घटनाले आफूलाई अचम्मित बनाएको बताएका छन् । उनकाअनुसार अमेरिकामा संसारको सबैभन्दा सुरक्षित एयरलाइन प्रणाली छ ।

उनले भनेका छन्, ‘यस्ता टक्करहरू विगतको कुरा मानिन्थ्यो र नयाँ प्रविधिले विमानहरूलाई इलेक्ट्रोनिक रूपमा एकअर्कासँग कुरा गर्न सक्षम बनाएको छ, जसले पाइलटहरूलाई यस्ता आसन्न टक्करहरूको बारेमा चेतावनी दिन्छ।’

ट्राफिक कोलिजन एभोइडेन्स सिस्टम भनिने यस्तो प्रणालीले विगत केही दशकहरूमा हजारौंको ज्यान बचाएको उनको भनाइ छ । उनका अनुसार सबै व्यावसायिक विमानहरू र धेरैजसो सैन्य विमानहरू यो प्रविधिले सुसज्जित छन्।‘

प्राविधिक रूपमा यस्तो दुर्घटना कहिल्यै हुनुहुँदैन थियो। यो अचम्मित तुल्याउने घटना भएको र निकै दुखद छ’, उनको भनाइ छ । वासिङ्टन डिसी नजिकै अमेरिकी एयरलाइन्सको विमान अमेरिकी सेनाको ‘ब्ल्याक हक’ हेलिकप्टरसँग ठोक्किएर बिहीबार दुर्घटना भएको हो ।

विमानमा ६० जना यात्रु र चार जना चालक दलका सदस्यसहित ६४ जना सवार रहेका थिए । यता दुर्घटनाग्रस्त विमानमा रहेका यात्रुको खोजी कार्य भइरहेको तर रातको समय, पानी र चिसो मौसमका कारण उद्धार कार्य गरिरहेका उद्धारकर्मीहरूले ’अत्यन्त कठिन’ अवस्थाको सामना गर्नुपरेको वासिङ्टनका अग्नि नियन्त्रक जोन डोनेलीले रेगन नेसनल एअरपोर्टमा पत्रकारसँगको प्रश्नको जवाफ दिने क्रममा बताएका छन् ।

उनले भने, “करिब ३०० आपतकालीन उद्धारकर्ताले पोटोम्याकमा खोजी गरिरहेको तर उच्च हावा, रातको समयमा कम दृश्यता, चिसो मौसम र धमिलो पानीका कारण उद्धारमा कठिनाई भइरहेको छ ।”

Tags: #अमेरिकी विमान दुर्घटना#विमान दुर्घटनाअघिको अडिओ सार्वजनिक

लोकप्रीय

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

विचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

थप समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?
ताजा समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन
अन्तर्राष्ट्रिय

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप
ताजा समाचार

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक
अन्तर्राष्ट्रिय

अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक

मङ्लबार मंसिर ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

World News: Dubai मा भारतको ल डाकु विमान दु र्घट ना, Modi अफ्रिकामा || Nepal Times

00:16:05

World News: बंगलादेशमा भूक*म्पमा ६ को मृ*त्यु, पाकिस्तानमा वि*स्फो*ट*मा १५ मा*रि*ए || Nepal Times

00:20:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक

शुक्रबार मंसिर ५ , २०८२

हालका पोस्टहरू

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.