×

NEPAL TIMES UPDATES

Playing
आन्दोलन, जनअपेक्षा र इतिहास दोहोरिने डर उतिकै || Nepal Times
Mar 07, 2026
Playing
रास्वपा बहुमत नजिक , कांग्रेस ५ मा सीमित , अन्य दल कहाँ ? || Nepal Times
Mar 07, 2026
Playing
Nepal Election Update: रास्वपाको लहर, १७ जित र १०० क्षेत्रमा अग्रता – काठमाडौं क्लिन स्विप
Mar 07, 2026
Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026
Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026

“जय महाकाली,आयो गोर्खाली!“राजा चाल्र्स सुरक्षा नेपालीको काँधमा

२० माघ २०८१

२० माघ,एजेन्सी ।

“गोर्खाली जहाँ जान्छ, बहादुरीको इतिहास लेख्छ।“ यही साहस, अनुशासन र वीरताको प्रतीक बनेर एक नेपाली पूर्व गोर्खा सैनिक बेलायती राजा चाल्र्स तृतीयको सुरक्षा टोलीमा छनोट भएका छन्। गोर्खा सैनिकहरूको अद्वितीय साहसको कथा इतिहासमै दर्ज छ— चाहे त्यो प्रथम वा द्वितीय विश्वयुद्ध होस्, फकल्याण्ड युद्ध होस्, वा अफगानिस्तानको रणभूमि।

“जय महाकाली, आयो गोर्खाली!“ भन्ने नाराले शत्रुहरूलाई भयभीत पार्ने यी वीर गोर्खालीहरूले आफ्नो अद्वितीय सैन्य कौशल र बलिदानका कारण विश्वभर प्रशंसा पाएका छन्। अब, यही गौरवपूर्ण परम्परालाई निरन्तरता दिँदै बेलायती राजतन्त्रको उच्चतम सुरक्षामा एक नेपाली पूर्वगोर्खा सैनिकले स्थान पाएका छन्।

७ वर्षअघि ब्रिटिस सेनाको उच्च तह लेफ्टिनेन्ट कर्णेलमा बढुवा हुँदा गोर्खाबाट सो तहमा पुग्ने विरलै नेपालीका रूपमा चर्चा पाएका टोल खाम्चा मगर नै यस पटक राजाको सुरक्षा दलमा छनौट भएका छन् ।

खाम्चा मगर ब्रिटिस आर्मीको हाउस होल्ड डिभिजनअन्तर्गत किंग्स गार्डमा छनोट भएका छन् । फेब्रुअरी २० तारिखदेखि खाम्चाले आफ्नो नयाँ जिम्मेवारी सम्हाल्नेछन् । राजा चाल्र्स संलग्न भएको अफिसियल समारोहमा इनर सर्कलमा बसेर काम र सुरक्षा गर्ने काम उनको हुनेछ ।

यो सुरक्षा बलमा छनौट हुन विभिन्न चरण पार गर्नुपर्छ । ती सबै चरणमा पास भएर उनी राजाको सुरक्षा बलमा छनौट भएका हुन् । ब्रिटिस सेनामा कम्तीमा २२ वर्ष सेवा गरेको, एक्जाम्पलरी सर्भिस्, मेडिकल फिट, मिलिट्रीमा क्लिन रेकर्ड र आइडियल क्यारेक्टर भएको, मिलिट्री सिभी, मेडल पाएकोजस्ता अनुभव यो पदका लागि आवश्यक मानिन्छन् ।

स्याङ्जाको भिरकोट करादीमा जन्मिएका खाम्चाले ब्रिटिस आर्मीमा ३६ वर्ष सेवा गरेर २०२२ मा लेफ्टिनेन्ट कर्णेलबाट अवकाश लिएका थिए । ब्रिटिस आर्मीको सिपाहीबाट सेवा सुरु गरेपछि लेफ्टिनेन्ट कर्णेल नै उच्च तह हो ।

उनी बेलायती सेनाको छैटौँ तहको सिनियर अफिसर बन्ने नेपाली हुन । बेलायती सेनामा नेपालीहरूले २ सय वर्षदेखि प्रवेश पाउँदै आएका भए पनि उच्च पदमा कमै पुग्ने गरेका छन् । खाम्चा बेलायती सेनाको छैटौँ वरीयतामा पुग्ने चौथो नेपाली हुन् ।

यसअघि लालबहादुर पुन, विजय राजत र यामबहादुर रानाले पनि यो पदमा पुग्ने अवसर पाएका थिए । खाम्चा २०७४ मा बढुवा हुँदा पनि ब्रिटिस गोर्खाबाट उच्च पदमा पुग्ने व्यक्तिमा रूपमा चर्चामा थिए ।

यही फेब्रुअरी २० तारिखदेखि उनले जिम्मेवारी सम्हाल्ने छन् । खाम्चा मगरले राजा चाल्र्स संलग्न भएको अफिसियल समारोहमा इनर सर्कलमा बसेर काम र सुरक्षा आफ्नो कर्तव्य भएको बताएका छन् ।

गत अक्टोबरमा अप्लाइ गरेका उनले विभिन्न प्रक्रियासहित तीन चरणको अन्तर्वार्ता पूरा गरेका थिए । ब्रिटिस सेनामा कम्तीमा २२ वर्ष सेवा गरेको, एक्जाम्पलरी सर्भिस्, मेडिकल फिट, मिलिट्रीमा क्लिन रेकर्ड र आइडियल क्यारेक्टर भएको, मिलिट्री सिभी, मेडल पाए नपाएको जस्ता कुराबाट उनी छनोट भएका थिए ।

खाम्चा मगर सेवाका दौरान खाडी युद्धमा साउदी अरबदेखि कोसोभो, टर्कीए, इराक, अफगानिस्तानलगायत कयौं देशमा खटिएका थिए । सन् २०१६ मे देखि डिसेम्बरसम्म ८ महिना उनले बग्दाद र कुवेतमा समेत काम गरेका थिए ।

यो केवल एक व्यक्तिको सफलता मात्र होइन, सम्पूर्ण गोर्खा समुदाय र नेपालकै शान हो। बेलायती शाही परिवारको सुरक्षामा नेपाली वीर योद्धाको नियुक्ति हुनु गोर्खालीहरूको अद्वितीय योग्यता र विश्वस्तरको सैनिक दक्षताको अर्को प्रमाण बनेको छ ।

ब्रुनाईका सुल्तानको सुरक्षा जिम्मा पनि नेपालीहरुकै काँधमा रहेको छ । सन् १९४७ मा भएको नेपाल, भारत र ब्रिटेनबीचको त्रिपक्षीय सन्धिविपरीत सिङ्गापुर प्रहरी र ब्रुनाईको फौजमा नेपाली नागरिकलाई पठाइएको भन्दै नेपालभित्र र बाहिर पनि गोर्खा अधिकारको क्षेत्रमा क्रियाशील कतिपय व्यक्तिहरूले आलोचना गर्दै आएका छन्।

यद्यपि अहिले पनि ब्रुनाईको ‘रोयल गार्ड्स’का रूपमा नेपालीहरू कार्यरत छन्। गोर्खा वेल्फेअर ट्रस्टका अनुसार ब्रुनाईको शाही सुरक्षामा अहिले पनि नेपाली नागरिकहरू खटेका छन्। त्यसलाई गोर्खा रिजर्भ यूनिट (जीआरयू) भनिन्छ।

ट्रस्टले आफ्नो बेवसाइटमा राखेको विवरणमा भनिएको छ, “जीआरयू ब्रुनाईका सुल्तानको सुरक्षामा खटिएको विशेष फौज हो।” त्यस रिजर्भ यूनिटमा झन्डै ५०० गोर्खाहरू कार्यरत छन्। त्यसमध्ये अधिकांश ब्रिटिश सेना र सिङ्गापुर प्रहरीबाट अवकाशप्राप्त हुन्।”

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top