रविविरुद्ध मुद्दा दर्ता गर्ने सरकारी वकिलको सरुवा, राज्यको प्रतिशोध ?

२२ माघ ८१, बुधबार

२३ माघ , काठमाण्डौ ।

साहारा चितवन बहुउद्देश्यीय सहकारी ठगीको अभियोगमा रास्वपाका संस्थापक सभापति रवि लामिछानेसहित १५ जनाविरुद्ध मंगलबार जिल्ला अदालतमा मुद्दा दायर भएको छ । यससंगै रवि पनि गएराति नै चितवन पुगेका छन् ।

रास्वपा चितवन जिल्ला संयोजक कृष्णप्रसाद भुसालका अनुसार रवि चितवन आएर चौबिसकोठीस्थित होटल ग्लोबलमा बसेका छन् । त्यहाँ उनी कार्यकर्ता भेटघाटमा व्यस्त रहे । उनी जिल्ला अदालतमा उपस्थित भएका छन् ।

रविको बयान आज सकिएपछि थुनछेक बहस सुरु हुनेछ । त्यसपछि न्यायाधीशले उनलाई साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा थुनामा पठाउने भन्ने निर्णय गर्नेछन् । जिल्ला सरकारी वकिलको कार्यालयले मंगलबार दर्ता गरेको पूरक अभियोजनमा चितवनको सहारा सहकारीमा १२ जनालाई मात्रै ठगी र संगठितको कसुरमा सजाय माग गरिएको छ ।

लामिछानेसहित २० जनालाई भने ठगीमा मात्रै प्रतिवादी बनाइएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख शान्तिप्रसाद लुइँटेलले जानकारी दिए । ‘दोहोरो संलग्नता देखिएकाको हकमा संगठित अपराधको कसुर पनि लगाइएको छ । एक ठाउँमा मात्रै संलग्नता देखिएकाको हकमा ठगीमा मात्रै मुद्दा चलाइएको छ’, लुइँटेलले भने, ‘रवि लामिछानेको गोर्खा मिडिया नेटवर्कमा मात्रै संलग्नता देखिएको छ । त्यही भएर ठगीमा मात्रै प्रतिवादी बनाइएको हो।’ रवि लामिछाने गोर्खा मिडिया नेटवर्कको प्रवन्ध निर्देशक थिए ।

उनलाई सोही कम्पनीमा गएको रकमको हकमा मात्रै बिगो कायम गरिएको छ । गोर्खा मिडिया नेटवर्कबाट सहकारीको १० करोड बढी रुपैयाँ अपचलन गरिएको छ । यो रकम शेयर सदस्यहरू गितेन्द्रबाबु राई, रवि लामिछाने, छविलाल जोशी र कुमार रम्तेललाई प्रतिवादी बनाइएको छ ।

यी मध्ये रविबाहेकका प्रतिवादीहरूको भने अन्य कम्पनीमा पनि संलग्नता देखिएको छ । उनीहरूलाई संगठित अपराधमा पनि सजाय माग गरिएको छ । यसअघि रविलाई पोखराको सूर्यदर्शन सहकारी, काठमाडौँको स्वर्णलक्ष्मी सहकारी र रुपन्देहीको सुप्रिम सहकारीको मुद्दामा भने ठगी र संगठित अपराधमा पनि मुद्दा चलाइएको थियो ।

यी तीन सहकारीमा उनी धरौटीमा रिहा भएका हुन् । यसैबीच चितवन जिल्लाका न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलको सरुवा भएको छ । उनलाई महान्याधिवक्ताको कार्यालय काठमाडौंमा तानिएको छ । उनको स्थानमा उच्च सरकारी वकिलको कार्यालय बुटवलका सरकारी वकिल रवि न्यौपानेलाई पठाइएको छ ।

लामिछानेविरुद्ध सरकारी वकिलको कार्यालय चितवनले जिल्ला अदालतमा मुद्दा दायर गरेकै दिन लुइँटेललाई काठमाडौं तानिएको हो । दिउँसो रविविरुद्ध मुद्दा दर्ता भएको थियो बेलुका करिब सात बजेतिर लुइँटेलले काज सरुवाको पत्र पाएका थिए ।

सामान्यतया दुई वर्षमा सरुवा गर्ने गरिए पनि लुइँटेलको डेढ वर्ष नपुग्दै काज सरुवा गरिएको हो । महान्यायाधिवक्ता कार्यालय कर्मचारी र रविको सचिवालयका अनुशार उनले रविविरुद्ध संगठित अपराधको मुद्दा दायर नगरेकोमा सरुवा गरेको बताएका छन् ।

रविको सचिवालयले भनेको छ महान्याधिवक्ता रमेश बडालले ठाडो आदेशमा लुइँटेलको सरुवा गरिएको छ । यो घटनापछि रविमाथि राज्यको बदनियत थप पुष्टि भएको सचिवालयको दाबी छ ।यता अदालतमा पेस भएको अभियोगपत्रमा गोर्खा मिडिया नेटवर्क स्थापनाका लागि ‘सिडमनी’का रूपमा साहारा सहकारीबाट एक करोड रुपैयाँ लगेको उल्लेख छ ।

योसहित उक्त सहकारीबाट ठगी गरी गोर्खा मिडियामा १० करोड ८० लाख १८ हजार लगिएको दाबी छ । यस्तै लामिछानेको एकल हस्ताक्षरबाट गोर्खा मिडियाका ८१४ चेकमार्फत विभिन्न ठाउँमा ४८ करोड ५८ लाख २२ हजार भुक्तानी गरेको अभियोगमा उल्लेख छ ।

अभियोगपत्रअनुसार, लामिछानेले सहकारीबाट गोर्खा मिडियामा आएको रकम अरूलाई दिनुका साथै आफूले समेत तलबबाहेक २७ लाख लिएका छन् । श्रीमती निकिता पौडेललाई ५९ लाख ३८ हजार र गोपीकृष्ण मुभिजलाई ८१ लाख २५ हजार भुक्तानी दिएको देखिन्छ ।

गोर्खा मिडियाको आधिकारिक व्यक्ति हुनुअघि र अलग भइसकेपछि पनि केही चेकमा लामिछानेको हस्ताक्षरबाट कारोबार भएको भेटिएको उल्लेख छ । २०७९ असार १ मा गोर्खा मिडिया छोडेका लामिछानेले असार ७ मा पार्टी घोषणा गरेका थिए।

त्यसको पाँच दिनपछि असार १२ मा उनले गोर्खा मिडियाको खाताबाट ७१ लाखको चेक काटेको र त्यसमध्ये आफ्नै नाममा पनि ९ लाख ८५ हजार ७४९ को चेक काटेर रकम लिएको भेटिएको अभियोग पत्रमा उल्लेख छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top