×

NEPAL TIMES UPDATES

Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026

चितवनको मकुनामाथि सेनाले नै किन गोली चलायो ?

२४ माघ २०८१

२४ माघ , एजेन्सी।

चितवनमा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको टोलीले हानेको गोली लागेर जंगली हात्ती मकुनाको ज्यान गएको छ । चितवन राष्ट्रिय निकुञ्जमा आत्मरक्षाका लागि नेपाली सेनाले चलाएको गोली लागेर जंगली हात्ती मकुना मारिएको हो ।

Advertisement
Advertisement

चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टरमा पर्ने कुमरोज मध्यवर्ती सामुदायिक वनको लामिताल क्षेत्रमा बुधबार दिउसो गोली लागेर हात्तीको मृत्यु भएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले बताएका छन् ।

गत असोजदेखि मकुना मानव बस्तीमा पसेर स्थानीयलाई आतंकित बनाउदै आएको थियो । पटक पटक मकुनालाई बस्तीमा पसेको बेला निकुञ्जका हात्तीको सहयोगमा लखेटेर जंगल पठाउदै आईएको थियो ।

बुधबार दिउसो मानव बस्ती प्रवेश गर्न लागेको सुचना पाए पछि लखेटेर कोर एरियामा पठाउनका गएको नयाँ गोरख गण (क) गुल्म सौराहाका नेपाली सेना र निकुञ्जका हात्ती गस्ती टोलिलाईनै आक्रमण गर्न आउने क्रममा चुरेगज हात्तीलाई मकुनाले आक्रमणको प्रयास गरेको सूचना अधिकारी थापाले बताए ।

चुरे गज सहितको गस्ती टोलीलाई आक्रमणको प्रयास गरे पछि नेपाली सेनाले २ राउन्ड हवाई फायर गरेको थापाले बताए । हवाई फाएर गर्दा समेत नभागेर मकुनाले खगेन्द्रप्रसाद हात्तीलाई आक्रमणको प्रयास गर्दा उक्त हात्तीमा सवार निकुञ्जका रेन्जर श्याम तामाङ खसे पछि सेनाले थप तीन राउन्ड गोली चलाएको थियो ।

तीन राउन्ड गोली चलाउदा समेत नभागेर मकुनाले गस्ती टोलीलाई आक्रमण गरे पछि नेपाली सेनाको टोलीले थप एक राउन्ड गोली चलाएको र गोली लागेर एक किलोमीटर टाढा पुगेर हात्ती ढलेको सूचना अधिकारी थापाले बताए ।

मकुना ढले पछि पशु चिकित्सकको टोलीले पुगेर चेकजाँच गरेर पछि मृत घोषण गरेका र पोस्टमार्टम गर्दा हात्तीको घाँटीको दाहिने तर्फ एउटा गोली फेला परेको थापाले बताएका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २१मा व्यवस्था भए अनुसार आत्मरक्षाका लागि गोली चलाउनु पर्ने बाध्यात्मक अवस्था आएकाले उक्त गोली लागेर हात्तीको मृत्यु भएको निकुञ्जले जनाएको छ ।

‘उसले घरपालुवा हात्ती चुरेगजलाई आक्रमण गर्न लागेपछि अन्य विकल्प नभएकाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २१ मा भएको व्यवस्था बमोजिम आत्मरक्षाका लागि टोलीले २ राउन्ड ‘वार्निङ’ (चेतावनी) हवाई फायर गरेको थियो’, सूचना अधिकारी थापामगरले भने, ‘त्यसो गर्दा पनि मकुना भागेन। ऊ थप आक्रामक बन्दै खगेन्द्रप्रसाद नामको सानो हात्तीमाथि जाइलाग्यो। खगेन्द्रप्रसादमा सवार रेजर श्याम तामाङ भुइँमा खसे। उनको सुरक्षा गर्न अत्यन्तै कठिन भएपछि स्विप टोलीले मकुनालाई ३ राउन्ड गोली हानेको थियो।’

उनका अनुसार गोली हानेपछि मकुना केही पर भागेको थियो। तर फेरि फर्किएर आक्रमण गर्न आएपछि टोलीले अर्को राउन्ड गोली प्रहार गरेको थियो। गोली लागेपछि भागेको उक्त जंगली हात्ती खोजी गर्दै जाँदा करिब एक किलोमिटर पर ढलेको अवस्थामा भेटिएको थापाले बताएका छन् ।

Advertisement

मकुना मंसिर महिनादेखि सौराहा क्षेत्रमा थियो। त्यसलाई धपाउनका चितवन राष्ट्रिय निकुञ्जले दैनिक ५–६ वटा हात्ती सहितको सुरक्षाकर्मीको टोली परिचालन गरेको थियो। मकुना चितवन राष्ट्रिय निकुञ्जको सौराहा क्षेत्रमा गत वर्ष पहिलो पटक आएको थियो।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top