×

NEPAL TIMES UPDATES

Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026
Playing
World News: Cubaलाई कस्दै America, Indiaमा ‘कक्रोच जनता पार्टी’को तहल्का || Nepal Times
May 21, 2026
Playing
नेपालमा बाँदर आतंक, किन बन्यो राष्ट्रिय बहस?कसरी गर्ने समाधान ?|| Nepal Times
May 21, 2026
Playing
विश्वकप लिग–२ः भोलि अन्तिम खेलमा अमेरिकासँग भिड्दै नेपाल || Nepal Times
May 21, 2026
Playing
कक्रोच जनता पार्टी भारतमा कसरी जन्मियो ?ब्क्ष् ले कसरी चमत्कार ग¥यो?|| Nepal Times
May 21, 2026
Playing
Top 15 Afternoon News || May-21-2026 || Nepal Times
May 21, 2026

नेपालीको एउटा सपना पूरा हुँदै,सुविधासम्पन्न क्रिकेट स्टेडियम

२५ माघ २०८१

२५ माघ , काठमाण्डौ।

रुख र पर्खाल चढेर क्रिकेट हेर्न विवश नेपाली क्रिकेटप्रेमीहरूको एउटा साझा सपना छ– नेपालमै सुविधासम्पन्न क्रिकेट स्टेडियम बनोस्, जहाँ नेपाली टिमले अन्तर्राष्ट्रिय खेलहरू खेल्न सकोस्। अनि क्रिकेटभनेपछि हुरुक्कै हुने नेपाली क्रिकेटप्रेमीहरुले सहजै स्टेडियममा बसेर क्रिकेट हेर्न सकुन् ।

Advertisement
Advertisement

हो त्यही सपना साकार पार्ने एउटा महत्वपूर्ण प्रयास रुपन्देहीमा निर्माणाधीन एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियम हो। निजी क्षेत्रबाट अघि सारिएको यो परियोजनाले नेपालमा क्रिकेट पूर्वाधारको विकासमा नयाँ आयाम थप्दैछ।

अहिले सो स्टेडियममा फ्लड लाइट जडानको काम सुरु भएको छ, जसले गर्दा अब रातमा पनि क्रिकेट खेल्न सकिनेछ। शुक्रवार रुपन्देहीमा पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको हो । ०८० साल जेठ २९ गते शिलान्यास भई ०८० फागुनमै खेल्न योग्य मैदान तयार भएर फागुन २८ मा मैदानको उद्घाटनसहित लिजेण्ड्स कप क्रिकेट प्रतियोगिता आयोजना गरिएको थियो ।

एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियमका निर्देशक विनोद कुँवरले अबको एक महिनाभित्र फ्लड लाइट पूर्ण रुपमा जडान हुने जानकारी दिएका छन् । फ्लड लाइट जडानसँगै रात्रिकालिन समयमा पनि खेल खेलाउन सकिने उनले बताएका छन् ।

मैदानमा गत वर्षको फागुन यता एक सय भन्दा बढी खेल भइसकेको उनले बताए । नेपालको १९ वर्ष मुनिको विश्वकप खेलेको महिला टोली र नेपाल प्रिमियर लिग टिम लुम्बिनी लायन्सले सोही मैदानमा अभ्यास गरेको उनले जानकारी दिएका छन् ।

भारतबाट पनि केही क्लवस्तरीय टिमहरु आएर खेलेको उनले बताए । नेट प्राक्टिसका लागि पनि छुट्टै पिच तयार गर्ने काम भइरहेको र अन्तिम चरणमा रहेको निर्देशक कुँवरको भनाइ छ । मैदानका साथै अन्य भौतिक संरचनाका कामहरु पनि अगाडि बढिरहेको उनले बताएका छन् ।

तत्काल कुनै प्रतियोगिता आयोजना भए भीआईपी बक्सबाट बसेर खेल हेर्न सकिने अवस्थामा रहेको उनले बताएका छन् । अब प्याराफिट निर्माणको कामलाई तिब्रताका साथ अघि बढाउने योजना रहेको उनले जानकारी दिएका छन् ।

अस्ट्रेलियामा व्यवसाय गर्दै आएका गुल्मीका विनोद कुँवरको लगानीमा तिलोत्तमा नगरपालिका– १७ मा निर्माणाधीन एक्ट्राटेक ओभल निजी क्षेत्रबाट बनेको देशकै पहिलो व्यावसायिक क्रिकेट मैदान हो ।

स्टेडियममा फ्लड लाइट हालेर र २५ हजार दर्शक क्षमताको प्यारापिट बनाउने मुख्य योजना रहेको उनले बताएका छन् । मैदानमा निर्माणका लागि ६ करोड ५० लाख रूपैयाँ बढी खर्च भएको छ।

जग्गाबाहेक रंगशालाको कुल लगानी ४० देखि ४५ करोड रूपैयाँ छ। उनले १० वर्षसम्ममा रंगशालाबाट लगानी उठाउने लक्ष्य लिएका छन्। लगानी उठाउनका लागि रंगशालामा खेल गराउनेदेखि एकेडेमी सञ्चालन गर्ने विभिन्न योजना बनाउँदैछन्।

गुल्मीको मदाने गाउँपालिका ४ काभ्रे घर भई हाल अस्ट्रेलियाको सिड्नीमा सूचना प्रविधि सम्बन्धी व्यवसाय गर्दै आएका छन् । पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचन एक्स्ट्राटेक क्रिकेट मैदानको ब्रान्ड एम्बासडर रहेका छन।

रंगशालामा हुने एकेडेमी तर्फको जिम्मेवारी क्रिकेटर गौचनलाई दिइएको छ। गएको जेठमा निर्माण सुरु गर्दै कुबरले पहिलो वर्ष ५ हजार दर्शक क्षमताको मैदान तयार हुने र हरेक वर्ष पाँच हजार क्षमता थप्दै लगेर ५ वर्षमा २५ हजार क्षमताको रगंशाला तयार हुने बताएका थिए ।

रगंशालालाई क्रिकेट तालिम केन्द्र सहितको बनाइने र त्यसकालागि एकेडेमी भवन,होस्टेल सहितका आवश्यक सबै पूर्वाधार तयार गरिने उनले बताएका छन् । रङ्गशालाको कम्पाउन्ड भित्र होस्टेल सहितको चार तले एकेडेमी भवन बन्ने छ।

एक सय जनालाई एकेडेमीमा राखेर प्रशिक्षण दिने लक्ष्य राखिएको छ । कुँवरले दरखसवाका २९ जना किसानबाट ५ बिघा जमिन किनेर मैदान बनाउन सुरु गरेका थिए । क्रिकेट रगंशाला,अस्पताल र आइटी कलेज स्थापना गर्ने आफ्नो मुख्य सपना रहेको उल्लेख गर्दै कुँवरले ती सपनाहरूलाई साकार पार्ने बताउँदै आएका छन् ।

क्रिकेट खेलाडी उत्पादन कालागि उर्वर मानिएको रुपन्देहीमा निजी लगानीमा अन्तर्राष्ट्रिय स्तरकै क्रिकेट मैदान बन्ने भएपछि यसले क्रिकेटको विकास तथा खेलाडी उत्पादनमा महत्त्वपूर्ण भुमिका खेल्ने अपेक्षा क्रिकेटप्रेमीहरुले लिएका छन।

Advertisement

यो स्टेडियमले नेपाली क्रिकेटको स्तर उकास्न मात्र होइन, नेपालमै अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने सम्भावना पनि बढाउनेछ। क्रिकेटप्रेमीहरूको दशकौं पुरानो सपना साकार पार्ने दिशामा एक्स्ट्राटेक ओभल एक महत्वपूर्ण कोशेढुंगा बन्ने आशा गरिएको छ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top