×

NEPAL TIMES UPDATES

Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी वरिष्ठ कूटनीतिज्ञले ककसलाई भेट्दैछन्? एमसीसीमा चासो|| Nepal Times
Apr 18, 2026
Playing
आजदेखि शनिबार ‘भेहिकल फ्रि असन’ || Nepal Times
Apr 18, 2026
Playing
कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?|| Nepal Times
Apr 18, 2026
Playing
होर्मुजको जलडमरूम खोल्ने इरानको घोषणा || Nepal Times
Apr 17, 2026
Playing
हरेक नेपालीको भागमा १ लाख ऋणः कसले तिरिदिन्छ ३७ अर्ब किस्ता? || Nepal Times
Apr 17, 2026
Playing
नेपालमा कति छ युरेनियम ?कसले लगायो बक्रदृष्टि? बालेन सरकारसँग मागियो जवाफ || Nepal Times
Apr 17, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-04-2083 || Nepal Times
Apr 17, 2026
Playing
छोराको बिल तिर्न नसक्दा अस्पतालले डिस्चार्ज दिएन,पैसा खोज्न हिडेकी आमा सम्पर्कविहीन || Nepal Times
Apr 17, 2026

काठमाडौंको सुरक्षा विश्वले सम्हालेपछि अपराधीको भागाभाग, ३ हजार जना पक्राउ

२९ माघ २०८१

२९ माघ ,काठमाण्डौ।

संघीय राजधानी काठमाडौंको सुरक्षाको जिम्मा एसएसपी विश्व अधिकारीको काँधमा आएको छ । नेपाल प्रहरीको लोकप्रिय नारा प्रहरी मेरो साथीको परिकल्पनाकार समेत रहेका अधिकारीले काठमाडौं प्रहरीको कमाण्ड सम्हाल्दै उपत्यकाको सुरक्षाका लागि पालनपोषण अखण्डता र नेटवर्क प्रवर्तन Nurturing Integrity and Networked Enforcement काठमाडौं अप्रेशन NINE सार्वजनिक समेत गरेका छन् ।

Advertisement
Advertisement

विकास र खुशी राज्यको अन्तिम लक्ष्य रहेको र नेपाल प्रहरी पनि त्यही अन्तिम लक्ष्य प्राप्तिका लागि शान्ति सुरक्षाको प्रत्याभूति गराउन कटिबद्ध रहेको एसएसपी अधिकारीले बताएका छन् । काठमाडौं जिल्लाको नेपाल प्रहरीको कमाण्ड सम्हाल्न पाउनु आफ्ना लागि चुनौतीपूर्ण र क्षमता प्रर्दशन गर्ने अवसर समेत रहेको भन्दै उनले करिव ४ हजार प्रहरी जनशक्तिका साथमा काठमाडौंको सुरक्षा अवस्था थप सुदृढ गर्ने प्रतिवद्धता जनाएका छन् ।

सो अवसरमा काठमाडौं प्रहरी परिसरले माघ १५ गतेदेखि अहिलेसम्म ३ हजार ३७९ फरार प्रतिवादीलाई पक्राउ गरी कानूनको दायरामा ल्याएको समेत जानकारी दिएको छ । प्रहरीले काठमाडौंको डल्लुमा सुन तथा विभिन्न गहना चोरी गर्ने गिरोहलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वर्ष ४१ का नरेन्द्र देउला रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । उनले देउला यसअघि पनि पाँच चोरी मुद्दा र एउटा ज्यान केस मुद्दामा संलग्न रहेको बुझिएको बताए ।

देउला कतिपय केसमा कारागार सजाय भोगेर र कतिपय केसमा धरौटीमा रिहा भइको पाइएको उनले बताए । देउलाबाट करिव ११ लाख २३ हजार बराबरको सुनका सामग्री बरामद गरिएको छ । त्यस्तै काठमाडौंको कुमारीगालमा चोरीको मोबाइल लिन दुई समूहबीच भएको झडपमा धारिलो हतियार प्रयोग वर्ष २३ का संघर्ष कार्कीको ज्यान गएको प्रहरीले बताएको छ।

हत्या प्रकरणमा संलग्न तीन जनालाई पक्राउ गरिएको उनले बताए । पक्राउ पर्नेमा वर्ष २३ का युनिक लामा भन्ने न्युतु शेर्पा, शेर्पालाई यसअघि पनि अभद्र मुद्दामा पाँच पटक पक्राउ गरिसकेको ब्यक्ति हुन् । त्यस्तै पक्राउ पर्ने अर्का व्यक्ति विशाल तामाङ रहेका छन् ।

त्यस्तै अर्का वर्ष १९ का क्षितिज कार्की रहेका छन् । घटनामा संलग्न दुई समूहका तीन जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको र एक जना अझै फरार रहेको उनले बताएका छन् । त्यस्तै काठमाडौं महानगरपालिका वडा नम्बर ३, बुढानीलकण्ठ गैह्रीगाउँस्थित दुई वटा घर भाडामा लिएको र क्रिप्टो करेन्सी सञ्चालन गरेको घटनामा २३ जनालाई पक्राउ गरिएको प्रवक्ता बोहराले बताएका छन् ।

घटनाबाट विभिन्न किसिमडा डिभाइस, ट्रान्जेक्शन गर्ने ल्यापटप, क्म्प्युटर लगायतका सामग्री बरामद गरेको उनले बताए । प्रारम्भिक अनुसन्धानअनुसार ३ अर्ब १३ करोड भन्दा बढी रकम बराबरको सट्टाबाजी भएको देखिएको उनले जानकारी दिए ।

पक्राउ पर्ने २३ जना व्यक्ति सबै भारतीय नागरिक रहेका छन् । उनीहरुको साथबाट ८८ थान मोबाइल, १० वटा ल्यापटप, भारतीय सिमकार्ड ५० वटा, भारतीय एटिएम कार्य ९ वटा बरामद भएको छ ।

सो अवसरमा एसएसपी अधिकारीले काठमाडौं उपत्यकामा काठमाडौंमा अप्रेशन ९को सार्वजनिक गरे । यस कार्ययोजनाको कार्यान्वयनका लागि One Team, One Spirit and One Goalæ (एक टोली, एक भावना र एक लक्ष्य) को अवधारणाअनुसार वर्कस्ट्रिमहरू गठन गरिएको अधिकारीले बताए ।

जसमा प्रहरी सेवा प्रवाह पहिलो नम्बरमा रहेको छ। जसको नारा प्रभावकारी र दक्ष सार्वजनिक सेवा प्रवाह राखिएको छ । दोस्रोमा प्रहरी कारवाही रहेको छ । जसको नारा छिटो र सही प्रहरी प्रतिक्रिया रहेको छ। यस्तै तेस्रो नम्बरमा अपराध अनुसन्धान छ ।

जसको नारामा ः निष्पक्ष र वैध अनुसन्धान राखिएको छ । यस्तै मानव अधिकारमा ः मानव अधिकारको सम्मान गरौँ र सुनिश्चित गरौँ भन्ने नारा तय गरिएको छ । प्रविधिमैत्री प्रहरीमा सार्वजनिक सुरक्षाका लागि उन्नत प्रविधिको नारा राखिएको छ।

छैठौ नम्बरमा सामुदायिक प्रहरी रहेको छ । जसमा समुदायसँग अझ राम्रो कार्यसम्बन्ध राखिएको छ । यस्तै कार्यालय व्यवस्थापन र कार्य वातावरण सुदृढीकरणमा स्वस्थ, समन्वयपूर्ण र खुसी कार्य वातावरणको नारा तय गरिएको छ ।

यो कार्ययोजना इमान्दारीता, प्रविधि, मानव अधिकार, अपराध अनुसन्धान, प्रहरी सेवाका दक्षता, कार्यालय व्यवस्थापन, तथा समुदायसँगको सहकार्यलाई मजबुत बनाउन केन्द्रित रहने एसएपी अधिकारीले बताएका छन् ।

इमान्दारीता र नैतिकता अभिवृद्धि ले उच्च मान्यता र निरन्तर प्रतिवद्धताको संकेत गर्छ भने, सञ्जालमा आधारित कार्यान्वयनले आधुनिक प्रहरी सञ्चालनको सहकार्य र अन्तरसम्बन्धित प्रकृतिलाई दर्शाउँछ।

१५ भन्दा बढी देशहरुमा ४० वटा अन्तराष्ट्रिय कार्यक्रममा सहभागिता जनाइसकेका एसएसपी अधिकारी ५५ सालमा नेपाल प्रहरीमा प्रवेश गरेका थिए । तालिमका क्रममै अलराउन्डर प्रथम भएका विश्व लामो समय तालिमकेन्द्रमा नै रहेर राष्ट्रिय प्रहरी प्रशिक्षकका रुपमा काम गरेका थिए ।

कानूमा मासर्टस गर्ने गर्ने नेपाल प्रहरीका पहिलो अधिकृत रहेका विश्व लामो समय नेपालमा मानवअधिकारको क्षेत्रमा नेपाल प्रहरीबाट खटिने टोलीमा सहभागि भएका थिए । राष्ट्रसंघको मिसनमा २ पटक प्रशिक्षककै भूमिका निभाएका उनले अख्तियार , आतंकवाद प्रतिरोधको सचिवालयमा समेत सेवा प्रवाह गरिसकेका छन् ।

७२ को भूकम्पपछि सिनधुपाल्चोक प्रहरीको नेतृत्व सम्हालेका उनले कोरोनाकालमा मोरङ र कैलाली प्रहरीको नेतृत्व सम्हालेका थिए । यसबाहेक उनले यूनशाखाको नेतृत्वसहित प्रहरीको सहायक प्रवक्ता र प्रवक्ताको जिम्मेवारी समेत निर्वाह गरिसकेका छन् ।

Advertisement

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top