एकै दिन साढे पाँच सय कर्मचारीको सरुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकै दिनमा करिब साढे पाँचसय कर्मचारीको सरुवा गरेको छ।

Advertisement

बिहीबार एकै दिन प्रदेश र स्थानीय तहमा ती कर्मचारीको सरुवा गरिएको मन्त्रालयले जनाएको छ।, यो खबर आजको नागरिक दैनिकमा छ ।

यीमध्ये करिब १०० कर्मचारीलाई प्रदेशमा र करिब साढे चार सयलाई स्थानीय तहमा सरुवा गरिएको हो।

Advertisement

मन्त्रालयले साबिकको ग्रामीण पूर्वाधार तथा कृषि सडक विभाग डोलिडार अन्तर्गत खारेजीमा परेका जिल्ला प्राविधिक कार्यालयका १५० प्राविधिकलाई विभिन्न स्थानीय तहमा सरुवा गरेको छ।

यस्तै ऊर्जा तथा सिँचाइ मन्त्रालयअन्तर्गतका १०६ प्राविधिकलाई विभिन्न स्थानीय तहमा सरुवा गरेको छ। यसैगरी यो सरुवासँगै स्थानीय तहमा करिब ३१ हजार कर्मचारी पुगेका छन्।

Advertisement

ओएनएम सर्भे रिपोर्टका अनुसार ७५३ स्गानीइ तहमा करिब ५७ हजार कर्मचारी चाहिन्छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top