NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
अमेरिका–इरानबीच सहकार्य हुनसक्छ ? खामेनीका ३ सर्त मङ्लबार कार्तिक १८ , २०८२
सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल मङ्लबार कार्तिक १८ , २०८२
काठमाडौंमै छुँ भन्ने निकोलस गोरखाबाट पक्राउ मङ्लबार कार्तिक १८ , २०८२
रवि फेरि चक्रब्युमा,फर्जी पत्र थमाएर जेलबाट कसले निकाल्यो ? मङ्लबार कार्तिक १८ , २०८२
देउवाको संदेश विशेष महाधिवेशन नगर्नु, गगनहरुले मान्लान् ? मङ्लबार कार्तिक १८ , २०८२
Next
Prev

समाचार

सांसद अब्दुल खानको डन शैली, दायाँबायाँ बन्दुक बोकाएर परेड

सोमवार फाल्गुन ५ , २०८१
Reading Time: 1 min read
A A
सांसद अब्दुल खानको डन शैली, दायाँबायाँ बन्दुक बोकाएर परेड
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

५ फागुन , काठमाण्डौ।

केही दिनअघि काठमाडौँबाट सात जना गुन्डा पक्राउ परे । केक काट्ने बहानामा हतियार प्रदर्शन गर्दै सामाजिक सञ्जालमार्फत आतंक फैलाएको आरोपमा प्रहरीले ती गुन्डाहरू पक्राउ गरेको थियो।

एसएसपी रमेशकुमार बस्नेतका अनुसार १०–१५ जनाको समूहमा रहेका गुन्डाहरूले टिकटकलगायत सामाजिक सञ्जालमा तरबार र खुकुरीले केक काटेको भिडिओ पोष्ट गरेका थिए । अहिले प्रहरीले यस्ता गुन्डाहरूविरूद्ध अपरेसन शुरू गरेको छ ।

तरबार र खुकुरीले केट काटेका गुण्डाहरुको पछाडी प्रहरी लागिरहँदा यता कानून बनाउने जिम्मेवारी काँधमा लिएका सांसद तथा पूर्वमन्त्रीले नै हतियार प्रदर्शन गरेका छन्, त्यो पनि सामाजिक संजालमा ।

जुन केही क्षणमै भाइरल बनेको छ । साउथ इन्डिन मुभिको शैलीमा डा. सिके राउत नेतृत्वको जनमत पार्टी केन्द्रीय उपाध्यक्ष एवं प्रतिनिधिसभाका सांसद अब्दुल खान, रौतहट जिल्ला इन्चार्ज शेख जमसेदलगायतका नेताहरूले सामाजिक सञ्जालमा हतियार प्रदर्शन गरेका छन् ।

पूर्वमन्त्री समेत रहेका खानसँग जनमत पार्टीका रौतहट जिल्ला इञ्चार्ज शेख जमसेद पनि साथमा छन् । उनीहरूले हतियार समर्थकहरूलाई दायाँ र बायाँ राखेर दुई वटा बन्दुक प्रदर्शन गरेका छन् । विवादमा रहिरहने अब्दुल खान पछिल्लो पटक ‘डन’को रुपमा आफूलाई रौतहटमा सार्वजनिक गरेका हुन् ।

रौतहट जिल्लाको सदरमुकाम रहेको गौर नगरपालिकामा दुईवटा बन्दुक लिएका दुई जनाको बीचमा पूर्व मन्त्री समेत रहेका खान र जिल्ला ईन्चार्ज शेख जमसेद ‘डन’ जस्तै घुमेको तस्बिरहरु सार्वजनिक भएका छन् ।

उनीहरूले रौतहटको गौरमा हतियार प्रदर्शन गरेका हुन् । खान गौर नगरपालिकाको सबगढास्थित जमसेदको घरमा शनिबार भेटघाट गर्न पुगेका थिए । भेटका क्रममा उनीहरूले दुई जना व्यक्तिलाई बन्दुक भिर्न लगाएर आफूहरू कुर्सीमा बसेका थिए ।

पूर्वमन्त्री समेत रहेका खानको हतियार प्रदर्शनवाला तस्बिर सामाजिक सञ्जाल फेसबुकमा भाइरल बनेको छ । जसको अहिले व्यापक विरोध भइरहेको छ । विरोधपछि प्रहरीले पनि अनुसन्धान सुरू गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दीपककुमार रायले सामाजिक सञ्जालमा हतियारबारे चर्चा बढेलगत्तै छानबिन प्रक्रिया सुरू गरेको बताएका छन् । जनमतका अध्यक्ष शेख जमसैदको घरमा प्रदर्शन गरिएको दुइवटै बन्दुक र बोक्ने मानिसबारे जाँचबुझ भइरहेको उनले बताएका छन् ।

छानबिनको क्रममा हतियार सरकारबाट इजाजत प्राप्त रहेको तथा हतियार बोकेका दुवै जना मानिस उनकै पार्टीको पदाधिकारी रहेको प्रवक्ता रायले जानकारी दिएका छन् । यता जनमत इञ्चार्ज जमसैदले उक्त भेटघाटको फोटो र भिडियो आफ्नै आइडीबाट शनिबार सामाजिक सञ्जाल फेसबुकमा राखेका थिए ।

यसरी खुलेआम हतियार प्रदर्शन गरेको भनेर सामाजिक सञ्जालमा व्यापक आलोचना सुरू भएपछि जमसैदले उक्त फोटो र भिडियो सामाजिक सञ्जालबाट हटाएका थिए । रौतहट जिल्लामा ‘डन’को पूर्वाभ्यासमा सांसद खान लागेको कतिपयले बताएका छन् ।

उनीहरुले बन्दुक बोकेको र त्यसबीचमा रहेका खान र जमसेदले आफूहरु डन रहेको सन्देश दिन खोजेको आरोप लगाएका छन् । इजाजत प्राप्त बन्दुक लिएर समेत सार्वजनिक स्थलमा प्रदर्शन गर्न नपाइने प्रावधान विपरीत खानले आफ्ना नेता, कार्यकर्ताहरुलाई हतियार सहित घुमाएर सर्वसधारणमा त्रास उत्पन्न गर्ने प्रयास गरेको स्थानीयहरुको आरोप छ ।

यद्यपि, इञ्चार्ज जमसेदले सार्वजनिक सञ्जालमा तस्बिर राखेर भुल गरेको बताउँदै त्यसलाई हटाइसकिएको प्रतिकृया दिएका छन् । उनले आफ्नो आईडीबाट अपलोड गरेका तस्बिरहरु हटाइसके पनि विभिन्न प्रयोगकर्ताहरुले स्क्रिनसर्ट गरेर राखेका तस्बिरहरु अझै देखिन्छ ।

खान यस अघि एउटा भिडियो प्रकरणमा विवादित बनेका थिए । उनको अश्लिल भिडियो समाजिक सञ्जालमा सार्वजनिक भएको थियो । भिडियो विवाद प्रकरणमा उनले प्रविधिको प्रयोग गरी आफ् नो चरित्र हत्याको प्रयास गरिएको सफाइ दिएका थिए ।

उनले साइबर अपराधमा उजुरी दिएर छानबिनको माग गरेका थिए । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त सरकारमा जनमत पार्टीबाट खानेपानी मन्त्री बनेका खान थोरै समयमा सरकारबाट बाहिरिएका थिए ।

सत्ता गठबन्धनको बैठकमा जनमत पार्टीको तर्फबाट खानले प्रतिनिधित्व गरिरहेका छन् । यता सर्वसाधारणले यसरी हतियार प्रदर्शन गर्दा कारबाही हुने र सत्ता पक्षका नेताले त्यही गर्दा कारबाही हुने कि नहुने ? भन्दै उक्त क्रियाकलापबारे विरोध भएको छ ।

सार्वजनिक स्थलमा इजाजत प्राप्त हतियार समेत प्रदर्शन गरेर सर्वसधारणलाई आतंकित बनाउने कार्य गर्न मिल्दैन ।

Tags: #जनमतका पूर्वमन्त्री अब्दुल खान#ब्दुल खानको बन्दुक मोह

लोकप्रीय

अमेरिका–इरानबीच सहकार्य हुनसक्छ ? खामेनीका ३ सर्त

अमेरिका–इरानबीच सहकार्य हुनसक्छ ? खामेनीका ३ सर्त

मङ्लबार कार्तिक १८ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२
काठमाडौंको फोहोरमा कुलमानको चासो– बिहानै पुगे बञ्चरेडाँडा

काठमाडौंमै छुँ भन्ने निकोलस गोरखाबाट पक्राउ

मङ्लबार कार्तिक १८ , २०८२

विचार

थप समाचार

अमेरिका–इरानबीच सहकार्य हुनसक्छ ? खामेनीका ३ सर्त
अन्तर्राष्ट्रिय

ताजा समाचार

काठमाडौंमै छुँ भन्ने निकोलस गोरखाबाट पक्राउ

मङ्लबार कार्तिक १८ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन
ताजा समाचार

रवि फेरि चक्रब्युमा,फर्जी पत्र थमाएर जेलबाट कसले निकाल्यो ?

मङ्लबार कार्तिक १८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मेयरसंग ट्रम्पको टसल, भारतीय अदालतमा नेपालको जेनजी प्रदर्शनको चर्चा || Nepal Times

World News: मेयरसंग ट्रम्पको टसल, भारतीय अदालतमा नेपालको जेनजी प्रदर्शनको चर्चा || Nepal Times

00:16:38

World News: अफगानिस्तान भूकम्पमा क्षति बढ्दै, तेहरानमा खानेपानी अभाव|| Nepal Times

00:13:42

World News: सुपरमार्केट वि*ष्फो*टमा २३ को मृ*त्यु, नाइजेरियामा सैन्य का*र*बाही गर्ने Trumpको चेतावनी

00:13:33

World News:भार तीयलाई पाकि स्तानको भिसा, आग लागीमा ११ जनालाई जन्म*कैद || Nepal Times

00:21:11

World News: अमेरिकाले साढे ७ हजार मात्रै शरणार्थी राख्ने,हरिकेनमा ३० मा*रिए || Nepal Times

00:19:43

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

रवि फेरि चक्रब्युमा,फर्जी पत्र थमाएर जेलबाट कसले निकाल्यो ?

मङ्लबार कार्तिक १८ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२

हालका पोस्टहरू

अमेरिका–इरानबीच सहकार्य हुनसक्छ ? खामेनीका ३ सर्त

अमेरिका–इरानबीच सहकार्य हुनसक्छ ? खामेनीका ३ सर्त

मङ्लबार कार्तिक १८ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२
काठमाडौंको फोहोरमा कुलमानको चासो– बिहानै पुगे बञ्चरेडाँडा

काठमाडौंमै छुँ भन्ने निकोलस गोरखाबाट पक्राउ

मङ्लबार कार्तिक १८ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.