सांसद अब्दुल खानको डन शैली, दायाँबायाँ बन्दुक बोकाएर परेड

४ फागुन ८१, सोमबार

५ फागुन , काठमाण्डौ।

केही दिनअघि काठमाडौँबाट सात जना गुन्डा पक्राउ परे । केक काट्ने बहानामा हतियार प्रदर्शन गर्दै सामाजिक सञ्जालमार्फत आतंक फैलाएको आरोपमा प्रहरीले ती गुन्डाहरू पक्राउ गरेको थियो।

एसएसपी रमेशकुमार बस्नेतका अनुसार १०–१५ जनाको समूहमा रहेका गुन्डाहरूले टिकटकलगायत सामाजिक सञ्जालमा तरबार र खुकुरीले केक काटेको भिडिओ पोष्ट गरेका थिए । अहिले प्रहरीले यस्ता गुन्डाहरूविरूद्ध अपरेसन शुरू गरेको छ ।

Advertisement

तरबार र खुकुरीले केट काटेका गुण्डाहरुको पछाडी प्रहरी लागिरहँदा यता कानून बनाउने जिम्मेवारी काँधमा लिएका सांसद तथा पूर्वमन्त्रीले नै हतियार प्रदर्शन गरेका छन्, त्यो पनि सामाजिक संजालमा ।

जुन केही क्षणमै भाइरल बनेको छ । साउथ इन्डिन मुभिको शैलीमा डा. सिके राउत नेतृत्वको जनमत पार्टी केन्द्रीय उपाध्यक्ष एवं प्रतिनिधिसभाका सांसद अब्दुल खान, रौतहट जिल्ला इन्चार्ज शेख जमसेदलगायतका नेताहरूले सामाजिक सञ्जालमा हतियार प्रदर्शन गरेका छन् ।

Advertisement

पूर्वमन्त्री समेत रहेका खानसँग जनमत पार्टीका रौतहट जिल्ला इञ्चार्ज शेख जमसेद पनि साथमा छन् । उनीहरूले हतियार समर्थकहरूलाई दायाँ र बायाँ राखेर दुई वटा बन्दुक प्रदर्शन गरेका छन् । विवादमा रहिरहने अब्दुल खान पछिल्लो पटक ‘डन’को रुपमा आफूलाई रौतहटमा सार्वजनिक गरेका हुन् ।

रौतहट जिल्लाको सदरमुकाम रहेको गौर नगरपालिकामा दुईवटा बन्दुक लिएका दुई जनाको बीचमा पूर्व मन्त्री समेत रहेका खान र जिल्ला ईन्चार्ज शेख जमसेद ‘डन’ जस्तै घुमेको तस्बिरहरु सार्वजनिक भएका छन् ।

उनीहरूले रौतहटको गौरमा हतियार प्रदर्शन गरेका हुन् । खान गौर नगरपालिकाको सबगढास्थित जमसेदको घरमा शनिबार भेटघाट गर्न पुगेका थिए । भेटका क्रममा उनीहरूले दुई जना व्यक्तिलाई बन्दुक भिर्न लगाएर आफूहरू कुर्सीमा बसेका थिए ।

पूर्वमन्त्री समेत रहेका खानको हतियार प्रदर्शनवाला तस्बिर सामाजिक सञ्जाल फेसबुकमा भाइरल बनेको छ । जसको अहिले व्यापक विरोध भइरहेको छ । विरोधपछि प्रहरीले पनि अनुसन्धान सुरू गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दीपककुमार रायले सामाजिक सञ्जालमा हतियारबारे चर्चा बढेलगत्तै छानबिन प्रक्रिया सुरू गरेको बताएका छन् । जनमतका अध्यक्ष शेख जमसैदको घरमा प्रदर्शन गरिएको दुइवटै बन्दुक र बोक्ने मानिसबारे जाँचबुझ भइरहेको उनले बताएका छन् ।

छानबिनको क्रममा हतियार सरकारबाट इजाजत प्राप्त रहेको तथा हतियार बोकेका दुवै जना मानिस उनकै पार्टीको पदाधिकारी रहेको प्रवक्ता रायले जानकारी दिएका छन् । यता जनमत इञ्चार्ज जमसैदले उक्त भेटघाटको फोटो र भिडियो आफ्नै आइडीबाट शनिबार सामाजिक सञ्जाल फेसबुकमा राखेका थिए ।

यसरी खुलेआम हतियार प्रदर्शन गरेको भनेर सामाजिक सञ्जालमा व्यापक आलोचना सुरू भएपछि जमसैदले उक्त फोटो र भिडियो सामाजिक सञ्जालबाट हटाएका थिए । रौतहट जिल्लामा ‘डन’को पूर्वाभ्यासमा सांसद खान लागेको कतिपयले बताएका छन् ।

उनीहरुले बन्दुक बोकेको र त्यसबीचमा रहेका खान र जमसेदले आफूहरु डन रहेको सन्देश दिन खोजेको आरोप लगाएका छन् । इजाजत प्राप्त बन्दुक लिएर समेत सार्वजनिक स्थलमा प्रदर्शन गर्न नपाइने प्रावधान विपरीत खानले आफ्ना नेता, कार्यकर्ताहरुलाई हतियार सहित घुमाएर सर्वसधारणमा त्रास उत्पन्न गर्ने प्रयास गरेको स्थानीयहरुको आरोप छ ।

यद्यपि, इञ्चार्ज जमसेदले सार्वजनिक सञ्जालमा तस्बिर राखेर भुल गरेको बताउँदै त्यसलाई हटाइसकिएको प्रतिकृया दिएका छन् । उनले आफ्नो आईडीबाट अपलोड गरेका तस्बिरहरु हटाइसके पनि विभिन्न प्रयोगकर्ताहरुले स्क्रिनसर्ट गरेर राखेका तस्बिरहरु अझै देखिन्छ ।

खान यस अघि एउटा भिडियो प्रकरणमा विवादित बनेका थिए । उनको अश्लिल भिडियो समाजिक सञ्जालमा सार्वजनिक भएको थियो । भिडियो विवाद प्रकरणमा उनले प्रविधिको प्रयोग गरी आफ् नो चरित्र हत्याको प्रयास गरिएको सफाइ दिएका थिए ।

उनले साइबर अपराधमा उजुरी दिएर छानबिनको माग गरेका थिए । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त सरकारमा जनमत पार्टीबाट खानेपानी मन्त्री बनेका खान थोरै समयमा सरकारबाट बाहिरिएका थिए ।

सत्ता गठबन्धनको बैठकमा जनमत पार्टीको तर्फबाट खानले प्रतिनिधित्व गरिरहेका छन् । यता सर्वसाधारणले यसरी हतियार प्रदर्शन गर्दा कारबाही हुने र सत्ता पक्षका नेताले त्यही गर्दा कारबाही हुने कि नहुने ? भन्दै उक्त क्रियाकलापबारे विरोध भएको छ ।

सार्वजनिक स्थलमा इजाजत प्राप्त हतियार समेत प्रदर्शन गरेर सर्वसधारणलाई आतंकित बनाउने कार्य गर्न मिल्दैन ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top