नेपाल–मलेसियाबीच श्रम सम्झौता, कामदारको सम्पूर्ण लागत रोजगारदाताले ब्यहोर्ने

Share this
746shares

मलेसिया नेपालबाट जाने सबै कामदारको खर्च बेहोर्न तयार भएको छ।, यो खबर आजको नागरिक दैनिकमा छ ।

Advertisement

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अतिरिक्त शुल्क लिएको भन्दै मलेसिया रोजगार सम्बद्ध संस्था खारेज गरेपछि बन्द भएको रोजगारीसमेत खुला गर्ने सहमति दुई देशका अधिकारीबीच भएको छ।

मन्त्रालयका सहसचिव कृष्ण ज्ञवालीसहितको सरकारी टोली र मलेसियाली अधिकारीहरूबीच शुक्रबार भएको छलफलमा चार महिनादेखि रोकिएको रोजगारी खुलाउन मलेसिया सहमत भएको हो।

Advertisement

यो सहमति कार्यान्वयनमा ल्याउन दुई सातापछि मलेसियाली मानव संशाधनमन्त्री नेपाल आएर श्रम समझदारीपत्रमा हस्ताक्षर गर्ने बताइएको छ।

मन्त्रालयका अधिकारीका अनुसार स्वास्थ्य परीक्षण, भिसा प्रोसेसिङलगायत शीर्षकमा कामदारले बुझाउँदै आएको रकम बेहोर्न मलेसिया सरकार राजी भएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top