काठमाडौं भारतीय सहर भन्दा पनि महँगो, दक्षिण एसियामा पाँचौं

९ फागुन , काठमाण्डौ।

विश्वभरका महानगरहरूमा जीवनयापन खर्च कति महँगो छ भन्ने मापन गर्ने क्रममा नुबियोले २०२५ का लागि संसारका सबैभन्दा महंगा र सस्ता सहरहरूको सूची सार्वजनिक गरेको छ। जसमा नेपालको संघीय राजधानी काठमाडौंले भारतीय प्रमुख शहरहरूलाई समेत महँगोको सूचीमा पछि पारेको छ।

३२७ सहरहरू समेटिएको सूचीमा काठमाडौं २९४ औं स्थानमा रहेको छ । सूचीमा रुस, भारतका दिल्ली नोयडा, पाकिस्तानको इस्लामावाद, पराग्वे, बंगलादेशको ढाका तथा इजिप्टका सहरहरु काठमाडौं भन्दा सस्ता रहेका छन् ।

सूचीमा समावेश दक्षिण एसियाका शहरहरुमा काठमाडौं ५ औं महँगो रहेको छ । काठमाडौंभन्दा अघि भारतका गोडगाउँ र मुम्बई तथा इरानको तेहरान र दक्षिण एसियाको सबैभन्दा महँगो शहरमा श्रीलंकाको कोलम्बो रहेको छ ।

दक्षिण एसियाका २५ सहरहरु समेटिएको सूचीमा भारतका मात्रै १८ सहरहरु समेटिएका छन् । जबकी एसियाका ८१ सहरहरु भित्र भने काठमाडौं ६१ औं महँगो सहर बनेको छ । काठमाडौंको जीवनयापन खर्च अपेक्षाकृत उच्च देखिएको छ।

 

यसले राजधानीवासी नेपाली उपभोक्ताका लागि जीवन झन् कठिन बन्दै गएको देखाएको छ। डाटा कम्पनी नुबियो ले २०२५ को लागि विश्वका सबैभन्दा महंगा र सस्ता सहरहरूको सूची सार्वजनिक गरेको हो ।

यो सूचीमा ३२७ सहरहरू समावेश छन्, जसअनुसार भारत, इजिप्ट र पाकिस्तानी सहरहरू सबैभन्दा सस्ता छन्। सबैभन्दा सस्तो सहर भारतको कोयम्बटूर ३२७औं स्थानमा रहेको छ भने सबैभन्दा महँगो सहर स्विट्जरल्यान्डको ज्युरिख हो।

यो सर्वेक्षण न्यूयोर्कको जीवन खर्चलाई आधार मानेर अन्य सहरहरूसँग तुलना गरेर गरिएको हो, जसमा घरभाडा, खाना खर्च र क्रयशक्ति समावेश गरिएको छ।

जसअन्र्तगत विश्वका १० सबैभन्दा महँगा सहरहरू:

१ज्युरिख (स्विट्जरल्यान्ड)

२ लुसे (स्विट्जरल्यान्ड)

३ जेनेभा (स्विट्जरल्यान्ड)

४न्यूयोर्क (अमेरिका)

५ बेसल (स्विट्जरल्यान्ड)

६ बर्न (स्विट्जरल्यान्ड)

७ सन फ्रान्सिस्को (अमेरिका)

८ होनोलूलू (अमेरिका)

९ रेक्जाभिक (आइसल्यान्ड)

१० बोस्टन (अमेरिका)

यस्तै विश्वका १० सबैभन्दा सस्ता सहरहरूमा

१कोयम्बटूर (भारत) – ३२७औं स्थान

२ अलेक्जान्ड्रिया (इजिप्ट) – ३२६औं स्थान

३ लाहोर (पाकिस्तान) – ३२५औं स्थान

४कराची (पाकिस्तान) – ३२४औं स्थान

५ लखनऊ (भारत) – ३२३औं स्थान

६ जयपुर (भारत) – ३२२औं स्थान

७ सूरत (भारत) – ३२१औं स्थान

८ कोची (भारत) – ३२०औं स्थान

९ भुवनेश्वर (भारत) – ३१९औं स्थान

१०कोलकत्ता (भारत) – ३१८औं स्थान

पाकिस्तानका इस्लामाबाद ३१४औं स्थानमा, भारतका वडोदरा (३१६) र चण्डीगढ (३१५) समेत सबैभन्दा सस्ता सहरहरूमा समावेश छन्। नुबियोले संसारभरका सहरहरूको जीवनयापन खर्च अध्ययन गरी यो सूची सार्वजनिक गरेको हो, जसले नयाँ ठाउँमा बसाइँ सर्ने, व्यापार वा रोजगारीका लागि विदेश जाने मानिसहरूलाई मद्दत गर्न सक्ने अपेक्षा राखिएको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM
Scroll to Top