नेपाल भर्सेस म्यानमारः आज उपाधिको ‘रिहर्सल’

११ फागुन , काठमाण्डौ।

काठमाडौंमा जारी इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपमा आज नेपालले म्यानमारलाई चुनौती प्रस्तुत गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने यो खेल साँझ ६ बजे सुरु हुनेछ । सिंगल लिगमा भइरहेको प्रतियोगितामा यी दुई टोली अपराजित रहँदै एक खेलअगाबै फाइनलमा प्रवेश गरिसकेका छन् ।

नेपालले किर्गिस्तान र लेबनानलाई समान १–० ले पराजित गरेको थियो । म्यानमारले भने लेबनानलाई ३–१ र किर्गिस्तानलाई ५–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । त्यसैले आजको खेल यी दुई टोलीका लागि फागुन १४ गते हुने उपाधि भिडन्तका लागि ‘रिहर्सल’ खेल मात्रै हुनेछ ।

नेपाल र म्यानमार तेस्रोपल्ट भिड्न लागेका हुन् । म्यानमारलाई भने नेपालले अहिलेसम्म पराजित गर्न सकेको छैन । आजको खेलमा दुवैलाई फाइनलअघि एकअर्काका बलियो र कमजोर पक्ष थाहा पाउने मौका हुनेछ ।

उसो त अहिलेसम्मको नतिजाले नेपालभन्दा म्यानमार बलियो देखाएको छ । फिफा वरीयतामा पनि नेपालभन्दा म्यानमार बलियो टोली हो । नेपाल फिफा वरीयतामा १०३औं स्थानमा छ भने म्यानमार ५५औं स्थानमा छ ।

नेपाल र म्यानमारबीच सन् २०१८ मा पहिलो पटक प्रतिस्पर्धा भएको थियो । सन् २०२२ को टोकियो ओलम्पिक्सको छनोट खेल खेल्न नेपाल म्यानमार गएको थियो । सो खेल एक एक गोलको बराबरीमा सकियो ।

नेपालले तेस्रो मिनेटमा सावित्रा भण्डारी साम्बाको पेनाल्टी गोलबाट अग्रता लिए पनि म्यानमारले १४ मिनेटमा बराबरी गोल फर्कायो । सन् २०१९ मा भारतमा भएको हिरो महिला गोल्डकपमा नेपाल र म्यानमारले दुई पटक प्रतिस्पर्धा गरे ।

दुवै खेलमा नेपालले हार ब्यहो¥यो । लिग चरणमा नेपालमाथि म्यानमारले ३–० गोलको जित निकालेको थियो । यद्यपी नेपालले इरान र भारतलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । तर फाइनलमा म्यानमारसँग भिड्दा नेपाल फेरि पराजित भएको थियो ।

सोबेला नेपालमाथि म्यानमारले फाइनलमा ३–१ गोलको जित निकालेका थियो । नेपालका लागि मन्जलीकुमारी योन्जनले पहिलो हाफको इन्जुरी समयमा बराबरी गोल फर्काए पनि म्यानमारले दोस्रो हाफमा दुई गोल गरेको थियो ।

म्यानमारले तीन खेलमा नेपालविरूद्ध ७ गोल गरेको छ भने नेपालले २ गोल गर्न सफल भएको छ । लिग चरणको आज हुने अन्तिम खेल अघि दिउँसो २ बजे लेबनान र कीर्गिस्तानले खेल्दैछन् । लेबनान र कीर्गिस्तान उपाधि होडबाट बाहिरीसकेका छन् । नेपाल र म्यानमारबीचको फाइनल खेल बुधवार हुनेछ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM
Scroll to Top