NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चीनमाथि १३०% कर, ट्रम्प–सी बीच व्यापार यु द्ध फेरी च र्कि यो शनिबार अशोज २५ , २०८२
कोशीका मन्त्रीले ‘हिट एण्ड रन’मा उन्मुक्ति पाएकामा गृहमन्त्रीको चासो शनिबार अशोज २५ , २०८२
सुपर सिक्सको समीकरण पूरा, भोलि नेपाल भर्सेस यूएई शनिबार अशोज २५ , २०८२
एमाले भित्रै ओली घे रा ब न्दी मा शनिबार अशोज २५ , २०८२
४ जेनजी मन्त्री बन्दै, कसलाई कुन मन्त्रालय ? शनिबार अशोज २५ , २०८२
Next
Prev

समाचार

बालेनलाई असफल बनाउने प्रयास ?सरकारले दिएन प्रशासकीय अधिकृत

शुक्रबार फाल्गुन १६ , २०८१
Reading Time: 1 min read
A A
आफूमाथि सुरक्षा खतरा बढेको भन्दै मेयर बालेनले मागे व्यक्तिगत सुरक्षाकर्मी
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१४ फागुन, काठमाण्डौ ।

सरकारले एकैचोटि ७८ सहसचिवको सरुवा गरेको छ । एकै पटक ठूलो संख्यामा सहसचिवहरुको सरुवा गर्दा पनि काठमाडौं महानगरले भने नयाँ प्रमुख प्रशासकीय अधिकृत पाउन सकेन । १२ फागुनमा बसेको मन्त्रिपरिषद्ले सरुवा गरेको सहसचिवको सूची बिहीबार सार्वजनिक भएको हो ।

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि कारबाही गरेपछि करिब २ महिनादेखि काठमाडौंले नयाँ प्रशासनिक प्रमुख पाउन सकेको छैन । काठमाडौं महानगरमा प्रमुख प्रशासकीय अधिकृत पठाइदिन मेयर बालेन्द्र साह बालेनले सरकारलाई पत्र पठाएको झन्डै दुई महिना भइसकेको छ ।

तर अहिलेसम्म सरकारले पठाउन सकेको छैन। यो विषयमा राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले पनि पटक पटक प्रतिनिधिसभा बैठकमा उठाएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा शाहीले केपी ओली नेतृत्वको सरकारले प्रमुख प्रशासकीय अधिकृत नपठाएर काठमाडौं महानगरपालिकालाई बन्धक बनाएको बताएका थिए ।

आकस्मिक समयमा उनले सरकारले प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा सरसफाइकर्मी, शिक्षक र कर्मचारीले पारिश्रमिक पाउन नसकेको बताएका थिए । उनले नयाँ आएका नगर प्रमुखलाई असहयोग गर्न प्रमुख प्रशासकीय अधिकृत नपठाउनुभन्दा आगामी स्थानीय तहको निर्वाचनमा निर्वाचन नगरी आफ्ना कार्यकर्तालाई अबिर जात्रा गरी नगर प्रमुखको रूपमा पदभार ग्रहण गर्ने व्यवस्था गर्न उनले चुनौती दिएका थिए ।

स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत व्यवस्थापन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्दै आएको छ । मन्त्रिपरिषद् बैठक बस्नुअघि पनि विभागीय मन्त्री राजकुमार गुप्ताले एकहप्ताभित्र काठमाडौंमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाउने बताएका थिए ।

तर, मन्त्रिपरिषद्को निर्णयपछि पनि काठमाडौं महानगरपालिकाले प्रशासकीय अधिकृत पाउन सकेन । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सहसचिव सरोज गुरागाईं बिदामा राखेपछि करिब २ महिनादेखि महागनर प्रमुख प्रशासकीय अधिकृतविहीन छ ।

भदौ २७ गते काठमाडौंको प्रमुख प्रशासकीय अधिकृत बनेका उनी पुस पहिलो साता कारबाहीमा परेपछि महानगरको प्रशासनिक संयन्त्र नेतृत्वविहीन छ । काठमाडौं भ्युटावर नक्सा पासमा अनियमितता देखिएको भन्दै गुरागाईंलाई छानबिनका लागि बिदा दिएर महानगरका वरिष्ठ अधिकारी गोविन्दप्रसाद शर्मालाई निमित्तको जिम्मेवारी दिइएको थियो ।

तर, उनले पनि व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएपछि महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन बन्न पुगेको छ। शर्माले पनि राजीनामा दिएपछि महानगर मेयरले २४ पुसमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई प्रमुख प्रशासकीय अधिकृत पठाउन पत्र लेखेका थिए ।

काठमाडौं महानगरपालिकामा मेयर बालेन शाह आइसकेयता ४ जना प्रमुख प्रशासकीय अधिकृतले काम गरिसकेका छन् । मेयर शाहको यो साढे २ वर्षको कार्यकालमा सुरुमा लोकनाथ पौडेल प्रमुख प्रशासकीय अधिकृत थिए ।

त्यसपछि वसन्त अधिकारी, प्रदीप परियार र सरोज गुरागाईंले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी निर्वाह गरिसकेका छन् । सामान्य प्रशासन मन्त्रालय स्रोतले भने नयाँ प्रमुख प्रशासकीय अधिकृतहरु त्यहाँ जान रुचि नदेखाउने बताएको छ ।

सामान्य प्रशासन मन्त्रालयले निकालेको सूचीअनुसार १७ जना सहसचिव गृहमन्त्रालय सरुवा भएका छन् । मन्त्रालयमा यसअघि ५ जना सहसचिव जिम्मेवारविहीन रहेकै अवस्थामा फेरि १७ जना थपिएका हुन् ।

मन्त्रालयले ७८ जना सहसचिव कर्मचारी सरुवा गर्दा जितपुर उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका, हेटौंडा उपमहानरपालिका र जनकपुर महानगरपालिकाको प्रमुख अधिकृत फेरिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र महानगरका मेयर बालेन्द्र शाह बालेनबीचको कटुताको असर प्रशासकीय अधिकृत पठाउने विषयमा समेत देखिएको हुन् सक्ने विश्लेषकहरु बताउँछन् ।

Tags: #काठमाडौं महानगपालिका#बालेनलाई असफल बनाउने प्रयास#मेयर बालेन्द्र साह बालेन

लोकप्रीय

अमेरिका र फिलिपिन्सबाट घेरियो चीन, निकाल्यो विज्ञप्ति

चीनमाथि १३०% कर, ट्रम्प–सी बीच व्यापार यु द्ध फेरी च र्कि यो

शनिबार अशोज २५ , २०८२
कोशीका मन्त्रीले ‘हिट एण्ड रन’मा उन्मुक्ति पाएकामा गृहमन्त्रीको चासो

कोशीका मन्त्रीले ‘हिट एण्ड रन’मा उन्मुक्ति पाएकामा गृहमन्त्रीको चासो

शनिबार अशोज २५ , २०८२
विश्वकप छनोटमा नेपालको शानदार इन्ट्री,कुवेत ५८ रनले पराजित

सुपर सिक्सको समीकरण पूरा, भोलि नेपाल भर्सेस यूएई

शनिबार अशोज २५ , २०८२

विचार

थप समाचार

अमेरिका र फिलिपिन्सबाट घेरियो चीन, निकाल्यो विज्ञप्ति
अन्तर्राष्ट्रिय

चीनमाथि १३०% कर, ट्रम्प–सी बीच व्यापार यु द्ध फेरी च र्कि यो

शनिबार अशोज २५ , २०८२
कोशीका मन्त्रीले ‘हिट एण्ड रन’मा उन्मुक्ति पाएकामा गृहमन्त्रीको चासो
कोशी

कोशीका मन्त्रीले ‘हिट एण्ड रन’मा उन्मुक्ति पाएकामा गृहमन्त्रीको चासो

शनिबार अशोज २५ , २०८२
विश्वकप छनोटमा नेपालको शानदार इन्ट्री,कुवेत ५८ रनले पराजित
खेलकुद

सुपर सिक्सको समीकरण पूरा, भोलि नेपाल भर्सेस यूएई

शनिबार अशोज २५ , २०८२
ओली सार्वजनिक कार्यक्रममा प्रकट, पासपोर्ट रोक्काले आगो
ताजा समाचार

एमाले भित्रै ओली घे रा ब न्दी मा

शनिबार अशोज २५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: गाजामा उत्सव,विपिन बेखबर,चीनमा सामाजिक सञ्जालमा कडाइ || Nepal Times

World News: गाजामा उत्सव,विपिन बेखबर,चीनमा सामाजिक सञ्जालमा कडाइ || Nepal Times

00:19:45

World News: कोल्ड्रिफ कफ सिरपका मालिक पक्राउ, तालि*बानी मन्त्री भारतमा यो ।|| Nepal Times

00:13:56

World News: Pakistanलाई Americaको घात*क मिसाइल, कार्नी अमेरिकामा–स्टार्मर भारतमा || Nepal Times

00:17:20

World News: जर्जियाको प्रदर्शनमा नेपाली झण्डा, इजिप्ट वार्ता जारी || Nepal Times

00:22:34

World News: Bangladeshले तैनाथ गर्यो यु*द्धपोत, चटगाउँ हिं*साबारे Indiaको खण्डन || Nepal Times

00:18:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतमा ३५२ करोड कालोधन भेटियो,पैसा गन्न ३६ मेसिन

भारतमा ३५२ करोड कालोधन भेटियो,पैसा गन्न ३६ मेसिन

बुधबार अशोज २२ , २०८२
जेन–जीसंग एमालेको पौंठेजोरी किन ?

ओलीलाई सुशीलाको काउन्टरः जेनजी आन्दोलन स्वीकार्नु अनि सुध्रिनु

शुक्रबार अशोज २४ , २०८२
जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

शुक्रबार अशोज २४ , २०८२

हालका पोस्टहरू

अमेरिका र फिलिपिन्सबाट घेरियो चीन, निकाल्यो विज्ञप्ति

चीनमाथि १३०% कर, ट्रम्प–सी बीच व्यापार यु द्ध फेरी च र्कि यो

शनिबार अशोज २५ , २०८२
कोशीका मन्त्रीले ‘हिट एण्ड रन’मा उन्मुक्ति पाएकामा गृहमन्त्रीको चासो

कोशीका मन्त्रीले ‘हिट एण्ड रन’मा उन्मुक्ति पाएकामा गृहमन्त्रीको चासो

शनिबार अशोज २५ , २०८२
विश्वकप छनोटमा नेपालको शानदार इन्ट्री,कुवेत ५८ रनले पराजित

सुपर सिक्सको समीकरण पूरा, भोलि नेपाल भर्सेस यूएई

शनिबार अशोज २५ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.