ललितपुरमा पानी आउने पाइपबाट आगोको मुस्लो निस्कियो

१९ फागुन ८१, मंगलबार

२० फागुन ,काठमाण्डौ।

Advertisement

ललितपुरको टिकाथलीमा एउटा अनौठो दृश्य देखियो, जमिनमुनिबाट पानी निकाल्न खनिएको बोरिङबाट अचानक ज्वालामुखी जस्तै आगोको मुस्लो निस्कियो! स्थानीयले झट्टै विश्वासै गर्न सकेनन्। आगो निभाउन पानी छ्यापे, तर झन् सल्कियो ।

बोरिङको लागि पाइप गाडेको ठाउँमा आगोको ज्वाला दन्किएपछि आगोको ज्वाला निभाउन समेत समस्या भएको छ । पानी छ्यापेर आगो निभाउने प्रयास भए पनि एक घण्टासम्म आगो निभाउन नसकिएको स्थानीयले बताएका छन् ।

Advertisement

अहिले घटनास्थलमा महानगर र नेपाल प्रहरीको टोली पुगेको छ । पाइप गाडेकै ठाउँबाट आगोको ज्वाला निस्किएपछि बोरिङ गर्ने काम रोकिएको छ। तीनसय मिटर गहिराईमा खनिसकेपछि आगोको ज्वाला निस्किएको हो।

माघ अन्तिमबाटै बोरिङ खन्न सुरु भएको जानकारीमा आएको ललितपुर प्रहरीले जनाएको छ । आगाको ज्वाला निस्किएको ठाउँ भन्दा स्थानीयका घर केही पर भएकाले खतरा नरहेको प्रहरीले जनाएको छ।

Advertisement

भूमिगत मिथेन ग्यासको कारण त्यहाँबाट आगोको ज्वाला निस्किएको अनुमान गरिएको छ। यसअघि पनि काठमाडौंका विभिन्न स्थानमा बोरिङ खन्ने क्रममा ग्यास निस्किसकेको छ। यस्तो अवस्थामा निस्कने ग्यास प्रायः मिथेन ऋज्₄ हुन्छ, जुन प्राकृतिक ग्यासको मुख्य तत्व रहेको विज्ञहरुले बताएका छन् ।

मिथेन ग्यासमा सानो झिल्कोले पनि सजिलै आगो लाग्न सक्छ। यसअघि सिनामंगलमा २०६९ सालमा पानीको बोरिङ गर्दा मिथेन ग्यास निस्किएको थियो, जसले आगलागीको जोखिम बढाएको थियो।

२०७२मा भक्तपुरको मध्यपुर थिमी क्षेत्रमा पनि बोरिङ गर्दा मिथेन ग्यास निस्किएको थियो।  २०७५ मा बुढानीलकण्ठमा पानीको खोजीमा गरिएको बोरिङबाट मिथेन ग्यास निस्किएको थियो।

काठमाडौं उपत्यकाको भूगर्भीय संरचनामा जैविक पदार्थहरूको विघटनका कारण मिथेन ग्यासको उपस्थिति रहेको विभिन्न अध्ययनहरूले देखाएका छन्। उपत्यकाको माटो र चट्टानमा जैविक पदार्थहरूको लामो समयसम्मको विघटनले मिथेन ग्यास उत्पादन भएको मानिन्छ।

तर, उपत्यकामा कति मात्रामा मिथेन ग्यास रहेको छ भन्ने विषयमा विस्तृत र अद्यावधिक अध्ययन आवश्यक रहेको विज्ञहरुले बताउँदै आएका छन् । घना वस्ती रहेको क्षेत्रमा जमिनमुनिबाट यसरी आगोको ज्वालासहितको ग्यास निस्किनु गम्भीर चिन्ताको विषय रहेको भन्दै यसले आगलागीको जोखिम, विस्फोटको सम्भावनासहित स्वास्थ्य र पर्यावरणीय प्रभाव समेत पर्ने विज्ञहरुको तर्क छ ।

मिथेन ग्यास हरितगृह ग्यास हो, जसले ग्लोबल वार्मिङमा योगदान दिन्छ। ग्यास निस्कने यस्ता घटनाहरूले काठमाडौं उपत्यकामा भूगर्भीय स्रोतहरूको व्यवस्थित अध्ययन र व्यवस्थापनको आवश्यकता औंल्याएको उनीहरुको तर्क छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top