×

NEPAL TIMES UPDATES

Playing
Trumpका अर्का विशेष दूत किन आउँदैछन् नेपाल ? || Nepal Times
Apr 24, 2026
Playing
के रविले बालेनले चलाउने डोजर रोक्लान् ? सुकुम्बासीले पार्टी घेरे || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीलाई २२४ अपार्टमेन्टमा राखिने,यस्तो छ बालेन सरकारको तयारी || Nepal Times
Apr 24, 2026
Playing
बागमती किनारको सुकुम्बासी बस्तीमा अहिले के हुँदैछ ? || Nepal Times
Apr 24, 2026
Playing
Top 15 Afternoon News || April-24-2026 || Nepal Times
Apr 24, 2026
Playing
विद्यार्थी संगठन खारेज गर्न बालेनलाई बाधा || Nepal Times
Apr 24, 2026
Playing
Israel र Lebanon बीच थप तीनसाता यु द्धविराम || Nepal Times
Apr 24, 2026
Playing
शनिबार बिहानदेखि सुकुम्बासी बस्तीमा डोजर चल्ने, जेनजीको मानव साङ्लो || Nepal Times
Apr 24, 2026
Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026

जेलेन्स्कीको अपमानपछि ट्रम्पले सैन्य सहयोग पनि रोके

२० फाल्गुन २०८१

२० फागुन , एजेन्सी ।

आफूले रुस–युक्रेनयुद्ध जतिसक्दो चाँडो अन्त्य गराउँछु भन्ने दाबी गर्ने गरेका डोनाल्ड ट्रम्प विश्वकै अपेक्षा विपरित अहिले सोही युद्धको सबैभन्दा पीडित मानिएको एक पक्ष युक्रेनका राष्ट्रपतिसंगै फायर भएका छन् ।

Advertisement
Advertisement

यो युद्ध अन्त्य गराउनका लागि पुटिनलाई मनाउनेदेखि जलेन्स्कीलाई दबाब दिने उनको रणनीति छ । जसमा पुटिनतर्फ उनी केही सफल पनि भएका छन् भने जेलेन्स्कीका मामिलामा ट्रम्प उल्टै आगो भएका छन् ।

युक्रेनको बहुमूल्य खनिजमा आफ्नो हिस्सा लिने, रुसले कब्जा गरेको जमीन युक्रेनलाई बिर्सिन लगाउने अनि युद्ध अन्त्य गराएर त्यसको श्रेय लिने ताकमा रहेका ट्रम्पलाई आफ्नो रणनीति लागू गराउन अझै केही समय लाग्ने देखिएको छ ।

आफ्नै अफिसमा खनिज सम्झौताका लागि आएका जेलेन्स्कीलाई भड्काएर पठाएपछि ट्रम्पले अब आफ्नो अर्को पासा फ्यालेका छन् । उनले युक्रेनलाई दिइँदै आएको सैन्य सहयोग रोक्ने घोषणा गरेको छन् ।

यो खबर पहिलोपटक अमेरिकी मिडिया आउटलेट ब्लुमबर्गले लेखेको हो । ब्लुमबर्गको रिपोर्टमा भनिएको छ, ‘युक्रेनका नेताहरूले शान्तिप्रति सद्भावपूर्ण प्रतिबद्धता प्रदर्शन नगरेसम्म अमेरिकाले युक्रेनलाई दिँदै आएको सबै सैन्य सहयोग रोक्दै छ।’

यस विषयमा अमेरिकी रक्षा विभाग वा राष्ट्रपति डोनाल्ड ट्रम्पले भने अहिलेसम्म कुनै टिप्पणी गरेका छैनन् । ब्लुमबर्गले युक्रेन नपुगेका अमेरिकी सैन्य उपकरणहरू रोकिने बताएको छ । यसमा पोल्यान्ड पुगेका सामान पनि पर्छन् ।

गत हप्ता ह्वाइट हाउसमा जेलेन्स्की र ट्रम्पबीच भएको चर्को बहस भएको थियो । सोमबार मात्रै ट्रम्पले भोलि ठूलो रात हुने भन्दै घोषणा गरेका थिए । यता ह्वाइट हाउसबाट निस्किए लगत्तै जेलेन्स्की शनिबार बेलायतको लन्डन पुगेका थिए ।

जहाँ आइतबार युरोपेली देशका नेताहरूको बैठक भयो । त्यसपछि जेलेन्स्कीले हालैको घटनापछि युरोपबाट स्पष्ट समर्थन प्राप्त भएको दाबी पनि गरेका थिए । सोहीक्रममा उनले अमेरिकासंग खनिज सम्झौता फेरि पनि हुनसक्ने र ट्रम्पसंगको सम्बन्ध पनि सुधार हुनसक्ने बताएका थिए भने अर्कातिर यो युद्ध अन्त्य निकै टाढा रहेको घोषणा गरेका थिए ।

जसले ट्रम्पलाई झनै उग्र बनायो । जेलेन्स्कीको सोही बयानको बदलामा ट्रम्पले उसलाई दिनका लागि अमेरिकाबाट हिडिसकेको र युक्रेन नजिकै पुग्न लागेको सैन्य सहायतालाई रोकिएका हुन् । यसमा ह्वाइट हाउसका एक अधिकारीले युक्रेनलाई दिँदै आएको सैन्य सहायताको समीक्षा गरिने बताएका छन् ।

समीक्षा गर्नकै लागि तत्काल सैन्य सहायतामा रोक लगाइएको उनको भनाइ थियो । युक्रेन–रुस युद्ध सुरु भएपछि युक्रेनलाई हतियार उपलब्ध गराउने अमेरिका मुख्य राष्ट्र हो । ह्वाइट हाउसका अधिकारीले भने, ‘समस्या समाधानमा मद्दत मिलोस् भनेर नै हामीले सैन्य सहायता रोकेर समीक्षा गर्न लागेका छौँ ।’

अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले राष्ट्रपति ट्रम्प एकमात्र यस्तो नेता हुन्, जसले युक्रेनमा युद्धलाई स्थायी रुपमा अन्त्य गर्न सक्ने बताएका छन् । उनले भने, ‘हामी रुसलाई वार्ताको टेबलमा ल्याउन चाहन्छौँ । शान्ति सम्भव छ कि छैन भनेर हामी पत्ता लगाउन चाहन्छौँ ।’

सोमबार अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनी राष्ट्रपति जेलेन्स्कीको विद्रोही व्यवहारलाई धेरै समय सहन नसक्ने चेतावनी दिएका थिए । ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै उनले भनेका थिए, ‘रुसका साथ युद्धविराम सम्झौताविना जेलेन्स्की लामो समय सत्तामा टिक्न सक्दैनन् ।’

युक्रेनलाई अमेरिकी सैन्य सहायता तीन माध्यमबाट प्राप्त हुँदै आएको छ । पहिलोमा अमेरिकी राष्ट्रपतिबाट सोझै दिइने रकम । दोस्रोमा अमेरिकी विदेश मन्त्रालयको ‘फरेन मिलिट्री फाइनेन्सिङ’का माध्यमबाट दिइने सहयोग र तेस्रोमा ‘युक्रेन सिक्योरिटी असिस्टेन्ट इनिशिएटिभ’का माध्यमबाट दिइने सहयोग ।

Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top