×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मौसम परिवर्तनसँगै बढ्यो सङ्क्रमणको खतरा, सतर्कता अपनाऔँ

२१ फाल्गुन २०८१

२१ फागुन, विराटनगर ।

जाडो मौसम सकिएर गर्मी सुरु भएसँगै मौसम परिवर्तनजन्य रोगको सङ्क्रमण बढे  छ । यति बेला रुघा, खोकी, ज्वरो, घाँटी दुख्ने तथा एलर्जी जस्ता समस्याले धेरैलाई सताइरहेको छ। चिकित्सकहरूका अनुसार, मौसम परिवर्तनको समयमा शरीरले नयाँ तापक्रमसँग अनुकूल हुन समय लिने भएकाले रोग प्रतिरोधात्मक क्षमतामा कमी आउँछ, जसका कारण सङ्क्रमणको जोखिम बढ्छ।

Advertisement

विशेष गरी बालबालिका, वृद्ध वृद्धा, दीर्घ रोगी तथा कमजोर प्रतिरोधी क्षमता भएका व्यक्तिहरूलाई यस समयमा बढी जोखिम रहन्छ । मौसम परिवर्तनजन्य रोगबाट बच्नका लागि निम्न सावधानी अपनाउनु सबै भन्दा उत्तम उपाय हो ।

यस्तो बेलामा सफाइमा विशेष ध्यान दिनु पर्छ । नियमित रूपमा साबुन पानीले हात धुने, सेनीटाइजरको प्रयोग गदा रोग सर्ने सम्भावना कम गर्न मद्दत गर्छ।  पर्याप्त पानी पिउनु पर्छ ।

शरीरलाई हाइड्रेट राख्नका लागि दिनभर कम्तीमा ८–१० गिलास पानी पिउन आवश्यक छ। भिडभाड भएको स्थानमा जानुपर्दा मास्क लगाउनु रोगबाट बच्ने अर्को प्रभावकारी उपाय हो। प्रतिरोधी क्षमता बढाउन हल्का व्यायाम, योग तथा ध्यान गर्नुपर्छ।

बिहानको घाममा केही समय बस्दा भिटामिन–डी प्राप्त हुन्छ, जसले प्रतिरोधी क्षमता बढाउँछ। यसै गरी स्वस्थ आहार अपनाउनु पर्छ । मौसम परिवर्तनको समयमा स्वास्थ्यलाई बलियो राख्न खानपानमा विशेष ध्यान दिनुपर्छ।

भिटामिन–सी युक्त खाना: सुन्तला, कागती, अमला, गेडागुडी, टमाटर आदि खानु लाभदायक हुन्छ। प्रोटिनयुक्त खानाहरू अण्डा, मासु, माछा, दूधजन्य पदार्थ, गेडागुडी तथा दालजस्ता खाद्य पदार्थले प्रतिरोधी क्षमता बलियो बनाउँछ।

न्यानो सुप र झोलिलो परिकार कुखुराको सुप, अदुवा–लसुन मिश्रित झोलिलो परिकारले शरीरलाई ऊर्जा प्रदान गर्छ। अदुवा, बेसार र मह मिसाइएको तातो पानी: घाँटी दुखाइ तथा रुघाखोकीबाट बच्न घरेलु उपायका रूपमा यी पदार्थ उपयोगी हुन्छन्।

चिकित्सकको सल्लाह लिन चाही कहिले पनि ढिलो गर्नु हुदैन । यदि लक्षण गम्भीर देखिएमा वा लम्बिएमा चिकित्सकको सल्लाह लिनु आवश्यक छ। चिकित्सकको सल्लाह विना कुनै पनि औषधि सेवन गर्न हुदैन।

मौसम परिवर्तनलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउने हो भने सङ्क्रमणको जोखिम कम गर्न सकिन्छ। सामान्यतयाः नेपालमा जनवरी–मार्च महिना र जुलाई–सेप्टेम्बर महिनामा फ्लु बढी देखिने गर्छ ।

तर यस पटक भने निकै लम्बिएको छ । मौसमी रुघाखोकीको लक्षण सामान्यतया एक सातामा आफैँ हराएर जाने तर केहीलाई भने जटिल समस्या निम्त्याउन सक्छ । मौसम परिवर्तन भएसँगै फ्लुका बिरामी देखिन थालेका छन् ।

धेरैमा कडा लक्षण देखिएको छ । विशेष गरी लामो समयसम्म खोकी लाग्ने समस्या देखिएको छ । यसमा अचानक ज्वरो आउनु, सुख्खा खोकी लाग्नु, टाउको दुख्नु, मांसपेशी दुख्नु, अस्वास्थ्य महसुस हुनु, घाँटी दुख्नु, नाक बग्नु आदि लक्षण देखा पर्न सक्छन् ।

फ्लुमा खोकी गम्भीर हुनसक्छ र दुई हप्ता वा सोभन्दा बढी रहन सक्ने चिकित्सकहरूले बताएका छन् । सामान्यतया: हप्ता वा १० दिनसम्म निको हुने फ्लु हाल थप केही हप्तासम्म लम्बिएको देखिन्छ । हप्तौँसम्म लम्बिने खोकीलाई ‘पोस्ट भाइरल कफ’ भनिन्छ ।’

हाल हङकङ फ्लु पनि देखिएको छ । जोखिम वर्गमा पर्ने बालबालिका, ज्येष्ठ नागरिक, दीर्घ रोगी बढी जोखिममा हुन्छन् । चिकित्सकको परामर्शमा रहने र गम्भीर अवस्था देखिएमा निमोनिया हुनसक्ने भएकाले थप सतर्कता अपनाउन आवश्यक छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) का अनुसार मौसमी रुघाखोकीको भाइरस ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी चार प्रकारको हुने भए पनि मुख्य रूपमा महामारीमा भने ‘ए’ र ‘बी’ भाइरस बढी फैलिने गरेका छन् ।

डब्लूएचओका अनुसार विश्वभर हरेक वर्ष मौसमी रुघाखोकीका कारण ३० लाखदेखि ५० लाख ‘केस’ पहिचान हुने गरेका छन् । तीमध्ये दुई लाख ९० हजारदेखि छ लाख ५० हजार जनासम्मको श्वासप्रश्वासमा जटिलता आएर मृत्यु हुने तथ्याङ्कले देखाउँछन् ।

 स्वस्थ रहौँ, सतर्क बनौँ!

Advertisement

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top