NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
छठ पर्वपछि देशै ठप्प पार्ने प्रसाईँको चेतावनीपछि सुरक्षा सतर्कता बढाइयो शनिबार कार्तिक ८ , २०८२
छठ पर्व आजदेखि सुरु शनिबार कार्तिक ८ , २०८२
आज कहाँ हुनेछ वर्षा र हिमपात ? शनिबार कार्तिक ८ , २०८२
फेरि जागे जेनजी, माइतीघरमा विना अनुमति धर्ना,प्रहरी पछि हट्यो शुक्रबार कार्तिक ७ , २०८२
सिंहदरबार त कुरुप रैछ,२४ गते भन्दा २३ गते अपूरणीय क्षति शुक्रबार कार्तिक ७ , २०८२
Next
Prev

समाचार

बलुचिस्तान रेल अपहरणमा भारत र तालिवानको हात !

बुधबार फाल्गुन २८ , २०८१
Reading Time: 1 min read
A A
भारतबाट बंगलादेशी दूत फिर्ता
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२८ फागुन ,एजेन्सी ।

हामीले थुप्रै चलचित्रहरूमा यात्रुबहाक बस वा रेल लुटिने, अपहरण गरिने र आक्रमण हुने दृश्यहरू देखेका छौँ। ती सब काल्पनिक हुन्छन्, तर पाकिस्तानमा अहिले यस्तै वास्तविक घटना घटेको छ। क्वेटाबाट पेशावर जाँदै गरेको जाफर एक्सप्रेस मा ४०० भन्दा बढी यात्रु सवार थिए।

जब ट्रेन बलूचिस्तानको एक सुरुङमा प्रवेश ग¥यो, त्यही बेला बलूच लिबरेशन आर्मी बीएलएका विद्रोहीहरूले आक्रमण गर्दै ट्रेन कब्जामा लिए। १८ घण्टाभन्दा बढी बितिसक्दा पनि पाकिस्तानी सेना विद्रोहीहरूको कब्जाबाट यात्रुहरूलाई मुक्त गराउन असफल देखिएको छ।

हतियारधारी समूहले रेलमा अन्धाधुन्ध गोली प्रहार गरेपछि चालक घाइते भएका थिए भने सुरुवातमा पाकिस्तानी सुरक्षाबलका ६ जना मारिएका थिए। आक्रमणपछि उनीहरू रेलभित्र प्रवेश गरी नियन्त्रणमा लिएका थिए ।

बलुचिस्तान लिबरेशन आर्मी (बीएलए) ले विशेष गरी पंजाबी समुदाय र पाकिस्तानी सेनासँग सम्बन्धित व्यक्तिहरूलाई निशानामा राखेको बताइएको छ। बीएलएका लडाकुहरूले सिब्बी नजिकै टनल–८ मा आफ्नो नियन्त्रण जमाएका छन्।

जहाँ रेल रोकिएको छ, त्यो एक पहाडी र दुर्गम क्षेत्र हो, जसले गर्दा पाकिस्तानी सेनाका लागि त्यहाँ अपरेशन चलाउनु चुनौतीपूर्ण हुनेछ। क्वेटा र आसपासका अस्पतालहरूमा आपतकालीन अवस्था घोषणा गरिएको छ।

बीएलएले सार्वजनिक गरेको वक्तव्य अनुसार, बन्धकमध्ये अधिकांश पाकिस्तानी सेना, सरकारका कर्मचारी, प्रहरी, आतंकवाद विरोधी बल (एटीएफ) र इन्टर–सर्भिसेज इन्टेलिजेन्सका अधिकारीहरू छन्। ती सबै बिदामा पंजाब जाँदै थिए।

बीएलएले भनेको छ कि महिला, बालबालिका र बलुच यात्रुहरूलाई उनीहरूले पहिले नै रिहा गरिसकेका छन्। विश्लेषकहरूका अनुसार, बीएलएलाई पहिल्यै थाहा थियो कि उक्त रेलमा पंजाबका मानिसहरू, आइएसआइ र सेनाका कर्मचारीहरू यात्रा गर्दै थिए।

हालसम्म २१४ जना यात्रुहरू बन्धक बनाइएको बताइएको छ। ट्रेन अपहरणपछि पाकिस्तानी सुरक्षाबलहरूले उद्धार अभियान थालेका छन्। रेडियो पाकिस्तानको रिपोर्ट अनुसार, पाकिस्तानी सेनाले हालसम्म १०४ बन्धकहरू लाई मुक्त गराएको दाबी गरेको छ।

सुरक्षास्रोतहरूका अनुसार, ५८ पुरुष, ३१ महिला र १५ बालबालिका उद्धार गरिएको छ। साथै, १६ बलूच लडाकूहरू मारिएको पाकिस्तानी सेनाको दाबी छ। बलूच लिबरेशन आर्मीले पाकिस्तानी सेनाको बन्धक उद्धार दाबीलाई खण्डन गर्दै यसलाई पाकिस्तानको झूटा प्रचार (प्रोपेगन्डा) भनेको छ ।

समूहले भनेको छ कि महिला र बालबालिका उसले नै स्वतः रिहा गरेको हो, किनभने उसले अन्तर्राष्ट्रिय मानवअधिकार नियमहरूको पालना गर्छ। बीएलएका अनुसार, पाकिस्तानी सेनाको उद्धार अभियान असफल भएको छ र उसका सबै लडाकूहरू सुरक्षित छन्।

बीएलएले पाकिस्तानी सेनालाई गैरजिम्मेवार व्यवहार देखाएको आरोप लगाएको छ। उसले चेतावनी दिँदै भनेको छ, यदि पाकिस्तानी सेनाले कुनै पनि आक्रामक कदम चालेमा वा गोली चलाएमा, १० जना बन्धक सैनिकहरूलाई तुरुन्तै मार्नेछ।

बन्धकको बदलामा बलूच राजनीतिक कैदीहरूलाई रिहा गर्नुपर्ने माग गरिएको छ। यदि ४८ घण्टाभित्र माग पूरा भएन भने, प्रत्येक घण्टा ५ जना बन्धक सैनिकहरूलाई मार्ने घोषणा गरिएको छ। बलूचिस्तान पोस्टका अनुसार, हालसम्म बीएलएको कब्जामा २१४ जना बन्धक रहेका छन्।

यता पाकिस्तानी सुरक्षाबलहरूले १६ बलूच विद्रोही मारिएको दाबी गरेका छन्, जबकि बीएलएले ३० भन्दा बढी पाकिस्तानी सैनिकहरू मारिएको दाबी गरेको छ। बन्धकमुक्त गर्न पाकिस्तानी सेना समेत अफल भएको अवस्थामा पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफका सल्लाहकार राणा सनाउल्लाहले भारतमाथि ट्रेन अपहरणमा संलग्नताको गम्भिर आरोप लगाएका छन्।

उनले भारत अफगानिस्तान हुँदै बीएलए र तहरीक–ए–तालिबान पाकिस्तानलाई समर्थन गरिरहेको दाबी गरेका छन्। तर भारतीयले पक्षले भने यसको कडा प्रतिवाद गरेको छ । पाकिस्तानले वर्षौंसम्म तालिबान, लश्कर–ए–तैयबा, जैश–ए–मोहम्मद जस्ता आतङ्कवादी संगठनहरूलाई बढावा दिएर भारत र अफगानिस्तानमा आतंक मच्चाउन प्रयोग गरेको भारतीय पक्षको आरोप छ ।

बलूच लिबरेशन आर्मी पाकिस्तानको बलूचिस्तान क्षेत्रमा स्वतन्त्रताको लागि संघर्षरत समूह हो। विगतमा पनि यसले पाकिस्तानी सेना र सरकारविरुद्ध आक्रमण गर्दै आएको छ। हालैका दिनहरूमा बलूचिस्तानमा पाकिस्तानी सेनाविरुद्धका आक्रमणहरू तीव्र बनेका छन्।

ट्रेन अपहरण घटनाले पाकिस्तानलाई ठूलो संकटमा पारेको छ। एकातिर पाकिस्तानी सेना बीएलएको कब्जामा रहेका आफ्ना सैनिकहरू बचाउन संघर्षरत छ, भने अर्कोतिर सरकार अन्तर्राष्ट्रिय दबाब सामना गर्दैछ।

यस घटनाले पाकिस्तानको शहबाज सरकार र सेनालाई ठूलो धक्का दिएको छ। यदि पाकिस्तानले बलूच राजनीतिक कैदीहरूलाई रिहा नगर्ने निर्णय लियो भने बीएलले बन्धक सैनिकहरूको हत्या गर्न सक्ने चेतावनीले पाकिस्तानको संकटलाई अझ गहिरो बनाउने सम्भावना छ।

Tags: #पाकिस्तानमा फिल्मीशैलीमा रेल कब्जा#बलुचिस्तान रेल अपहरण#भारत र तालिवान

लोकप्रीय

कहाँ छन् दुर्गा प्रसाईँ ? तीनकुनेको ताण्डवबारे मुख खोले

छठ पर्वपछि देशै ठप्प पार्ने प्रसाईँको चेतावनीपछि सुरक्षा सतर्कता बढाइयो

शनिबार कार्तिक ८ , २०८२
छठ पर्व आजदेखि सुरु

छठ पर्व आजदेखि सुरु

शनिबार कार्तिक ८ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

आज कहाँ हुनेछ वर्षा र हिमपात ?

शनिबार कार्तिक ८ , २०८२

विचार

कहाँ छन् दुर्गा प्रसाईँ ? तीनकुनेको ताण्डवबारे मुख खोले

छठ पर्वपछि देशै ठप्प पार्ने प्रसाईँको चेतावनीपछि सुरक्षा सतर्कता बढाइयो

शनिबार कार्तिक ८ , २०८२
छठ पर्व आजदेखि सुरु

छठ पर्व आजदेखि सुरु

शनिबार कार्तिक ८ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

आज कहाँ हुनेछ वर्षा र हिमपात ?

शनिबार कार्तिक ८ , २०८२

थप समाचार

कहाँ छन् दुर्गा प्रसाईँ ? तीनकुनेको ताण्डवबारे मुख खोले
ताजा समाचार

छठ पर्वपछि देशै ठप्प पार्ने प्रसाईँको चेतावनीपछि सुरक्षा सतर्कता बढाइयो

शनिबार कार्तिक ८ , २०८२
छठ पर्व आजदेखि सुरु
ताजा समाचार

छठ पर्व आजदेखि सुरु

शनिबार कार्तिक ८ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव
ताजा समाचार

आज कहाँ हुनेछ वर्षा र हिमपात ?

शनिबार कार्तिक ८ , २०८२
फेरि जागे जेनजी, माइतीघरमा विना अनुमति धर्ना,प्रहरी पछि हट्यो
ताजा समाचार

फेरि जागे जेनजी, माइतीघरमा विना अनुमति धर्ना,प्रहरी पछि हट्यो

शुक्रबार कार्तिक ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:शिरमा ब न्दुक राखेर Indiaले Trumpसँग सम्झौता नगर्ने, सुरक्षा परिषद् कमजोर

World News:शिरमा ब न्दुक राखेर Indiaले Trumpसँग सम्झौता नगर्ने, सुरक्षा परिषद् कमजोर

00:20:26

विश्वमै इन्धनको भाउ बढ्ने, पुटिनलाई रोक्न सीको शरणमा ट्रम्प || Nepal Times

00:22:07

World News: भेनेजुएलासँग ५००० रूसी मिसाइल, क्यानडाले माग्यो नेतन्याहुको गिरफ्तारी || Nepal Times

00:17:50

World News: उत्तरले हान्यो ब्यालिस्टिक मिसाइल, बेलायती ‘स्टोर्म श्याडो’ रुसी प्लान्टमा|| Nepal Times

00:15:42

World News: पुनर्निर्माणमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई नेपालको आह्वान || Nepal Times

00:14:56

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

प्रचण्ड नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन

सम्पत्ति छानविनपछि आत्तियो माओवादी,सुशीलालाई भेट्न दूत पुगे

सोमवार कार्तिक ३ , २०८२
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

आजको विदेशी मुद्राको विनिमय दर

बिहिबार कार्तिक ६ , २०८२
ट्रम्प–जेलेन्स्कीबीच फेरि ह्वाइटहाउसमा कटुतापूर्ण वार्ता

ट्रम्प–जेलेन्स्कीबीच फेरि ह्वाइटहाउसमा कटुतापूर्ण वार्ता

मङ्लबार कार्तिक ४ , २०८२

हालका पोस्टहरू

कहाँ छन् दुर्गा प्रसाईँ ? तीनकुनेको ताण्डवबारे मुख खोले

छठ पर्वपछि देशै ठप्प पार्ने प्रसाईँको चेतावनीपछि सुरक्षा सतर्कता बढाइयो

शनिबार कार्तिक ८ , २०८२
छठ पर्व आजदेखि सुरु

छठ पर्व आजदेखि सुरु

शनिबार कार्तिक ८ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

आज कहाँ हुनेछ वर्षा र हिमपात ?

शनिबार कार्तिक ८ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.