×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बलुचिस्तान रेल अपहरणमा भारत र तालिवानको हात !

२८ फाल्गुन २०८१

२८ फागुन ,एजेन्सी ।

हामीले थुप्रै चलचित्रहरूमा यात्रुबहाक बस वा रेल लुटिने, अपहरण गरिने र आक्रमण हुने दृश्यहरू देखेका छौँ। ती सब काल्पनिक हुन्छन्, तर पाकिस्तानमा अहिले यस्तै वास्तविक घटना घटेको छ। क्वेटाबाट पेशावर जाँदै गरेको जाफर एक्सप्रेस मा ४०० भन्दा बढी यात्रु सवार थिए।

Advertisement
Advertisement

जब ट्रेन बलूचिस्तानको एक सुरुङमा प्रवेश ग¥यो, त्यही बेला बलूच लिबरेशन आर्मी बीएलएका विद्रोहीहरूले आक्रमण गर्दै ट्रेन कब्जामा लिए। १८ घण्टाभन्दा बढी बितिसक्दा पनि पाकिस्तानी सेना विद्रोहीहरूको कब्जाबाट यात्रुहरूलाई मुक्त गराउन असफल देखिएको छ।

हतियारधारी समूहले रेलमा अन्धाधुन्ध गोली प्रहार गरेपछि चालक घाइते भएका थिए भने सुरुवातमा पाकिस्तानी सुरक्षाबलका ६ जना मारिएका थिए। आक्रमणपछि उनीहरू रेलभित्र प्रवेश गरी नियन्त्रणमा लिएका थिए ।

बलुचिस्तान लिबरेशन आर्मी (बीएलए) ले विशेष गरी पंजाबी समुदाय र पाकिस्तानी सेनासँग सम्बन्धित व्यक्तिहरूलाई निशानामा राखेको बताइएको छ। बीएलएका लडाकुहरूले सिब्बी नजिकै टनल–८ मा आफ्नो नियन्त्रण जमाएका छन्।

जहाँ रेल रोकिएको छ, त्यो एक पहाडी र दुर्गम क्षेत्र हो, जसले गर्दा पाकिस्तानी सेनाका लागि त्यहाँ अपरेशन चलाउनु चुनौतीपूर्ण हुनेछ। क्वेटा र आसपासका अस्पतालहरूमा आपतकालीन अवस्था घोषणा गरिएको छ।

बीएलएले सार्वजनिक गरेको वक्तव्य अनुसार, बन्धकमध्ये अधिकांश पाकिस्तानी सेना, सरकारका कर्मचारी, प्रहरी, आतंकवाद विरोधी बल (एटीएफ) र इन्टर–सर्भिसेज इन्टेलिजेन्सका अधिकारीहरू छन्। ती सबै बिदामा पंजाब जाँदै थिए।

बीएलएले भनेको छ कि महिला, बालबालिका र बलुच यात्रुहरूलाई उनीहरूले पहिले नै रिहा गरिसकेका छन्। विश्लेषकहरूका अनुसार, बीएलएलाई पहिल्यै थाहा थियो कि उक्त रेलमा पंजाबका मानिसहरू, आइएसआइ र सेनाका कर्मचारीहरू यात्रा गर्दै थिए।

हालसम्म २१४ जना यात्रुहरू बन्धक बनाइएको बताइएको छ। ट्रेन अपहरणपछि पाकिस्तानी सुरक्षाबलहरूले उद्धार अभियान थालेका छन्। रेडियो पाकिस्तानको रिपोर्ट अनुसार, पाकिस्तानी सेनाले हालसम्म १०४ बन्धकहरू लाई मुक्त गराएको दाबी गरेको छ।

सुरक्षास्रोतहरूका अनुसार, ५८ पुरुष, ३१ महिला र १५ बालबालिका उद्धार गरिएको छ। साथै, १६ बलूच लडाकूहरू मारिएको पाकिस्तानी सेनाको दाबी छ। बलूच लिबरेशन आर्मीले पाकिस्तानी सेनाको बन्धक उद्धार दाबीलाई खण्डन गर्दै यसलाई पाकिस्तानको झूटा प्रचार (प्रोपेगन्डा) भनेको छ ।

समूहले भनेको छ कि महिला र बालबालिका उसले नै स्वतः रिहा गरेको हो, किनभने उसले अन्तर्राष्ट्रिय मानवअधिकार नियमहरूको पालना गर्छ। बीएलएका अनुसार, पाकिस्तानी सेनाको उद्धार अभियान असफल भएको छ र उसका सबै लडाकूहरू सुरक्षित छन्।

बीएलएले पाकिस्तानी सेनालाई गैरजिम्मेवार व्यवहार देखाएको आरोप लगाएको छ। उसले चेतावनी दिँदै भनेको छ, यदि पाकिस्तानी सेनाले कुनै पनि आक्रामक कदम चालेमा वा गोली चलाएमा, १० जना बन्धक सैनिकहरूलाई तुरुन्तै मार्नेछ।

बन्धकको बदलामा बलूच राजनीतिक कैदीहरूलाई रिहा गर्नुपर्ने माग गरिएको छ। यदि ४८ घण्टाभित्र माग पूरा भएन भने, प्रत्येक घण्टा ५ जना बन्धक सैनिकहरूलाई मार्ने घोषणा गरिएको छ। बलूचिस्तान पोस्टका अनुसार, हालसम्म बीएलएको कब्जामा २१४ जना बन्धक रहेका छन्।

यता पाकिस्तानी सुरक्षाबलहरूले १६ बलूच विद्रोही मारिएको दाबी गरेका छन्, जबकि बीएलएले ३० भन्दा बढी पाकिस्तानी सैनिकहरू मारिएको दाबी गरेको छ। बन्धकमुक्त गर्न पाकिस्तानी सेना समेत अफल भएको अवस्थामा पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफका सल्लाहकार राणा सनाउल्लाहले भारतमाथि ट्रेन अपहरणमा संलग्नताको गम्भिर आरोप लगाएका छन्।

उनले भारत अफगानिस्तान हुँदै बीएलए र तहरीक–ए–तालिबान पाकिस्तानलाई समर्थन गरिरहेको दाबी गरेका छन्। तर भारतीयले पक्षले भने यसको कडा प्रतिवाद गरेको छ । पाकिस्तानले वर्षौंसम्म तालिबान, लश्कर–ए–तैयबा, जैश–ए–मोहम्मद जस्ता आतङ्कवादी संगठनहरूलाई बढावा दिएर भारत र अफगानिस्तानमा आतंक मच्चाउन प्रयोग गरेको भारतीय पक्षको आरोप छ ।

बलूच लिबरेशन आर्मी पाकिस्तानको बलूचिस्तान क्षेत्रमा स्वतन्त्रताको लागि संघर्षरत समूह हो। विगतमा पनि यसले पाकिस्तानी सेना र सरकारविरुद्ध आक्रमण गर्दै आएको छ। हालैका दिनहरूमा बलूचिस्तानमा पाकिस्तानी सेनाविरुद्धका आक्रमणहरू तीव्र बनेका छन्।

ट्रेन अपहरण घटनाले पाकिस्तानलाई ठूलो संकटमा पारेको छ। एकातिर पाकिस्तानी सेना बीएलएको कब्जामा रहेका आफ्ना सैनिकहरू बचाउन संघर्षरत छ, भने अर्कोतिर सरकार अन्तर्राष्ट्रिय दबाब सामना गर्दैछ।

यस घटनाले पाकिस्तानको शहबाज सरकार र सेनालाई ठूलो धक्का दिएको छ। यदि पाकिस्तानले बलूच राजनीतिक कैदीहरूलाई रिहा नगर्ने निर्णय लियो भने बीएलले बन्धक सैनिकहरूको हत्या गर्न सक्ने चेतावनीले पाकिस्तानको संकटलाई अझ गहिरो बनाउने सम्भावना छ।

Advertisement

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top