×

NEPAL TIMES UPDATES

Playing
रास्वपाको ३० स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३ || Nepal Times
Mar 06, 2026
Playing
रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि || Nepal Times
Mar 06, 2026
Playing
मतगणना अपडेटःदेशभर रास्वपाको अग्रता,कांग्रेस र एमाले पछाडि || Nepal Times
Mar 06, 2026
Playing
झापा ५ मा बालेनले केपी ओलीलाई सुरुवातमै पछि पारे
Mar 06, 2026
Playing
नेपालको चुनावमा विदेशी मिडियाका अधिक चासो, कसले के लेखे ? || Nepal Times
Mar 05, 2026
Playing
आमा सुशीला तिमीले “जे भन्यौ, त्यो पूरा गर्‍यौ” !|| Nepal Times
Mar 05, 2026
Playing
US-Israel-Iran यु द्धः आजका १० हेडलाइन || Nepal Times
Mar 05, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-21-2082 || Nepal Times
Mar 05, 2026
Playing
कतारबाट नेपालीको गुहार, “हामी डराएका छौँ, देशले बेवास्ता नगरोस् ” || Nepal Times
Mar 05, 2026
Playing
Iran-US यु*द्धका कारण चीनदेखि जापानसम्म हा*हा*कार || Nepal Times
Mar 05, 2026

विमानबाट धुवाँ र आगोको मुस्लो, यात्रुहरू पखेँटामा उभिए

३० फाल्गुन २०८१

१ चैत्र , काठमाण्डौ ।

अमेरिकामा पछिल्लो समय हवाइ यात्रुहरूका लागि असुरक्षा बढ्दै गएको छ। बिहीबार साँझ फेरि एउटा विमान दुर्घटनाको खबर सार्वजनिक भएको छ। डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको अमेरिकन एयरलाइन्सको उडान १००६ मा आगलागी भएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार विमानमा १७२ यात्रु र चालक दलका ६ सदस्य सवार थिए। सुरक्षित अवतरण गरिसकेपछि इन्जिनमा समस्या देखिएर आगलागी भएको विमानस्थलका अधिकारीहरूले जनाएका छन्।

उक्त विमान कोलोराडो स्प्रिंग्स विमानस्थलबाट डलास फोर्ट वर्थ अन्तर्राष्ट्रिय विमानस्थलतर्फ जाँदै थियो। तर उडानका क्रममा समस्या देखिएपछि विमानलाई डेनभर विमानस्थलतिर डाइभर्ट गरिएको थियो।

अवतरण गरिसकेपछि विमानको इन्जिनमा आगलागी भएपछि कालो धुवाँको मुस्लो निस्किएको प्रत्यक्षदर्शीहरूले अन्तराष्ट्रिय संचारमाध्यामहरुमा बताएका छन्। घटनाको समयमा विमानभित्र रहेका यात्रुहरू भागदौड मच्चाउँदै आकस्मिक ढोका खोल्न खोजे।

तत्कालै विमानस्थलका अधिकारीहरूले आकस्मिक उद्धार प्रक्रिया सुरू गरेर सबै यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न सफल भए। केही यात्रुहरू विमानको पखेँटामा उभिएको दृश्य सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

संघीय उड्डयन प्रशासनका अनुसार, अमेरिकन एयरलाइन्सको उडान १००६ लाई डेनभर विमानस्थलतिर डाइभर्ट गरिएको थियो, र विमान सुरक्षित रूपमा अवतरण गरेको थियो। घटनापछि यात्रुहरूलाई टर्मिनलतर्फ लैजानका लागि इन्फ्लेटेबल स्लाइडको प्रयोग गरी उद्धार गरिएको थियो।

उड्डयन प्रशासनले यस घटनाको गम्भीर रूपमा अनुसन्धान गरिने बताएको छ। प्रारम्भिक रिपोर्टहरूका अनुसार, आगलागीको कारण इन्जिनमा देखिएको खराबी हुनसक्ने अनुमान गरिएको छ। डेनभर विमानस्थलका अधिकारीहरूले गेट सी ३८ मा पार्क गरिएको विमानमा आगलागी भएको पुष्टि गरेका छन्।

विमानभित्र आगो लागेपछि यात्रुहरूलाई तुरुन्तै उद्धार गरिएको थियो। विमानस्थलले साँझ ६ः१५ सम्ममा आगलागी नियन्त्रणमा आएको बताएको छ। कुनै मानवीय क्षति नभएको पुष्टि भए पनि, यो घटनाले पुनः अमेरिकी हवाइ सुरक्षामा प्रश्न उठाएको छ।

पछिल्लो समय अमेरिकामा एकपछि अर्को विमान दुर्घटनाको खबर आउन थालेका छन्। केही समयअघि मात्रै बोइङ कम्पनीका विभिन्न मोडेलका विमानहरूमा प्राविधिक समस्या देखिएर आकस्मिक अवतरण गर्नुपर्ने अवस्था आएको थियो।

वाशिंगटन डी.सी. मा अमेरिकन एयरलाइन्सको विमान र ब्ल्याक हक हेलिकप्टर आकाशमा ठोक्किएका थिए । यस दुर्घटनामा विमानमा सवार ६४ यात्रु र चालक दलका सदस्यहरू तथा हेलिकप्टरमा रहेका तीन सैनिक गरी कुल ६७ जनाको मृत्यु भयो। विमान पोटोम्याक नदीमा खसेको थियो ।

यो घटना २००१ पछि अमेरिकामा भएको सबैभन्दा घातक हवाई दुर्घटनामध्ये एक मानिन्छ । डेनभर विमानस्थलमा भएको यो पछिल्लो घटनाले यात्रुहरूको सुरक्षालाई लिएर गम्भीर चासो बढाएको छ।

संघीय उड्डयन प्रशासनले यस घटनाको विस्तृत अनुसन्धान गर्ने बताएको छ। विमान कम्पनीहरूले पनि यात्रु सुरक्षालाई पहिलो प्राथमिकता दिनुपर्ने आवाज फेरि उठ्न थालेको छ।

भर्खरको समाचार

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

राष्ट्रपति र उपराष्ट्रपतिले गरेनन् मतदानः पूर्वराष्ट्रपतिहरु के भन्छन् ?

Screenshot 2026-03-05 155551

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

आजको निर्वाचन किन विशेष छ ?

59dec7b1-ffc4-4a59-92ac-05992ca9a7c9

रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार यादव पक्राउ, मोदीको भिडियो बनाउने समातिए

646734880_1237585725170615_3234719909965768070_n

प्रधानमन्त्रीले धापासीबाट भोट हाल्ने, बालेन, कुलमानले हाले भोट

Screenshot 2026-03-05 081435

सम्बन्धित खबरहरु

Scroll to Top