NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
समानुपातिकका लागि कुलमानको म्याराथन, अदालतसम्म जाने सोमवार पुस २८ , २०८२
गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने सोमवार पुस २८ , २०८२
प्रशान्त तामाङको सुतेकै अवस्थामा कसरी मृत्यु भयो ? सोमवार पुस २८ , २०८२
जेनजी विद्रोह के थियो ? कसका कारणले भयो ? विश्वप्रकाशले खुलाए सोमवार पुस २८ , २०८२
केपी ओलीसँगै किन भिड्न चाहन्छन् बालेन ? सोमवार पुस २८ , २०८२
Next
Prev

समाचार

विमानबाट धुवाँ र आगोको मुस्लो, यात्रुहरू पखेँटामा उभिए

शुक्रबार चैत्र १ , २०८१
Reading Time: 1 min read
A A
विमानबाट धुवाँ र आगोको मुस्लो, यात्रुहरू पखेँटामा उभिए
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१ चैत्र , काठमाण्डौ ।

अमेरिकामा पछिल्लो समय हवाइ यात्रुहरूका लागि असुरक्षा बढ्दै गएको छ। बिहीबार साँझ फेरि एउटा विमान दुर्घटनाको खबर सार्वजनिक भएको छ। डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको अमेरिकन एयरलाइन्सको उडान १००६ मा आगलागी भएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार विमानमा १७२ यात्रु र चालक दलका ६ सदस्य सवार थिए। सुरक्षित अवतरण गरिसकेपछि इन्जिनमा समस्या देखिएर आगलागी भएको विमानस्थलका अधिकारीहरूले जनाएका छन्।

उक्त विमान कोलोराडो स्प्रिंग्स विमानस्थलबाट डलास फोर्ट वर्थ अन्तर्राष्ट्रिय विमानस्थलतर्फ जाँदै थियो। तर उडानका क्रममा समस्या देखिएपछि विमानलाई डेनभर विमानस्थलतिर डाइभर्ट गरिएको थियो।

अवतरण गरिसकेपछि विमानको इन्जिनमा आगलागी भएपछि कालो धुवाँको मुस्लो निस्किएको प्रत्यक्षदर्शीहरूले अन्तराष्ट्रिय संचारमाध्यामहरुमा बताएका छन्। घटनाको समयमा विमानभित्र रहेका यात्रुहरू भागदौड मच्चाउँदै आकस्मिक ढोका खोल्न खोजे।

तत्कालै विमानस्थलका अधिकारीहरूले आकस्मिक उद्धार प्रक्रिया सुरू गरेर सबै यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न सफल भए। केही यात्रुहरू विमानको पखेँटामा उभिएको दृश्य सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

संघीय उड्डयन प्रशासनका अनुसार, अमेरिकन एयरलाइन्सको उडान १००६ लाई डेनभर विमानस्थलतिर डाइभर्ट गरिएको थियो, र विमान सुरक्षित रूपमा अवतरण गरेको थियो। घटनापछि यात्रुहरूलाई टर्मिनलतर्फ लैजानका लागि इन्फ्लेटेबल स्लाइडको प्रयोग गरी उद्धार गरिएको थियो।

उड्डयन प्रशासनले यस घटनाको गम्भीर रूपमा अनुसन्धान गरिने बताएको छ। प्रारम्भिक रिपोर्टहरूका अनुसार, आगलागीको कारण इन्जिनमा देखिएको खराबी हुनसक्ने अनुमान गरिएको छ। डेनभर विमानस्थलका अधिकारीहरूले गेट सी ३८ मा पार्क गरिएको विमानमा आगलागी भएको पुष्टि गरेका छन्।

विमानभित्र आगो लागेपछि यात्रुहरूलाई तुरुन्तै उद्धार गरिएको थियो। विमानस्थलले साँझ ६ः१५ सम्ममा आगलागी नियन्त्रणमा आएको बताएको छ। कुनै मानवीय क्षति नभएको पुष्टि भए पनि, यो घटनाले पुनः अमेरिकी हवाइ सुरक्षामा प्रश्न उठाएको छ।

पछिल्लो समय अमेरिकामा एकपछि अर्को विमान दुर्घटनाको खबर आउन थालेका छन्। केही समयअघि मात्रै बोइङ कम्पनीका विभिन्न मोडेलका विमानहरूमा प्राविधिक समस्या देखिएर आकस्मिक अवतरण गर्नुपर्ने अवस्था आएको थियो।

वाशिंगटन डी.सी. मा अमेरिकन एयरलाइन्सको विमान र ब्ल्याक हक हेलिकप्टर आकाशमा ठोक्किएका थिए । यस दुर्घटनामा विमानमा सवार ६४ यात्रु र चालक दलका सदस्यहरू तथा हेलिकप्टरमा रहेका तीन सैनिक गरी कुल ६७ जनाको मृत्यु भयो। विमान पोटोम्याक नदीमा खसेको थियो ।

यो घटना २००१ पछि अमेरिकामा भएको सबैभन्दा घातक हवाई दुर्घटनामध्ये एक मानिन्छ । डेनभर विमानस्थलमा भएको यो पछिल्लो घटनाले यात्रुहरूको सुरक्षालाई लिएर गम्भीर चासो बढाएको छ।

संघीय उड्डयन प्रशासनले यस घटनाको विस्तृत अनुसन्धान गर्ने बताएको छ। विमान कम्पनीहरूले पनि यात्रु सुरक्षालाई पहिलो प्राथमिकता दिनुपर्ने आवाज फेरि उठ्न थालेको छ।

Tags: #विमानबाट धुवाँ#अमेरिकी विमानमा आगलागी

लोकप्रीय

कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

समानुपातिकका लागि कुलमानको म्याराथन, अदालतसम्म जाने

सोमवार पुस २८ , २०८२
गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

सोमवार पुस २८ , २०८२
प्रशान्त तामाङको सुतेकै अवस्थामा कसरी मृत्यु भयो ?

प्रशान्त तामाङको सुतेकै अवस्थामा कसरी मृत्यु भयो ?

सोमवार पुस २८ , २०८२

विचार

थप समाचार

कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने
निर्वाचन

जेनजी विद्रोह के थियो ? कसका कारणले भयो ? विश्वप्रकाशले खुलाए
समाचार

जेनजी विद्रोह के थियो ? कसका कारणले भयो ? विश्वप्रकाशले खुलाए

सोमवार पुस २८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: ट्रम्प भेनेजुएलाका राष्ट्रपति, रुवियो क्युबाका नेता ! || Nepal Times

World News: ट्रम्प भेनेजुएलाका राष्ट्रपति, रुवियो क्युबाका नेता ! || Nepal Times

00:22:33

World News: भेनेजुएला छाड्न अमेरिकीलाई सुझाव, कोरियाली तनाव उत्कर्षमा || Nepal Times

00:26:55

World News: ब्राजिलले भेनेजुएलासँगको सीमामा राष्ट्रिय गार्ड पठाउने, ताइवानको एफ–१६ फ्लिट ग्राउन्डेड

00:22:17

World News: २० देश अमेरिकी Black Listमा, Greenland कब्जा गर्ने प्लान सार्वजनिक|| Nepal Times

00:28:00

World News: रूसी जहाज अमेरिकी कब्जामा, पेट्रोलाई ह्वाइट हाउसमा निम्तो || Nepal Times

00:26:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

मङ्लबार पुस २२ , २०८२
अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

बिहिबार पुस २४ , २०८२
गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

सोमवार पुस २८ , २०८२

हालका पोस्टहरू

कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

समानुपातिकका लागि कुलमानको म्याराथन, अदालतसम्म जाने

सोमवार पुस २८ , २०८२
गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

सोमवार पुस २८ , २०८२
प्रशान्त तामाङको सुतेकै अवस्थामा कसरी मृत्यु भयो ?

प्रशान्त तामाङको सुतेकै अवस्थामा कसरी मृत्यु भयो ?

सोमवार पुस २८ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.