×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

३१ औं प्रहरी प्रमुख को ? ४ दिनपछि बिदा हुँदै आईजी कुँबर

३० फाल्गुन २०८१

१ चैत्र , काठमाण्डौ ।

यही चैत ४ गतेबाट वर्तमान आइजीपी बसन्त कुँवर अनिवार्य अवकाशमा जाने भएका छन् । नेपाल प्रहरी ३० वर्षे सेवा अवधि नहटेपछि उनी अवकासमा जाने निश्चित भएसँगै नेपाल प्रहरीमा ३१ औं महानिरीक्षक (आईजीपी)को दौड सुरु भएको छ।

Advertisement
Advertisement

आईजीपी कुँवरसँगै एआईजीहरू टेकप्रसाद राई, बुद्धिराज गुरुङ, दुर्गा सिंह, कुबेर कडायत, जनक भट्टराईले अवकाश पाउनेछन्। आइजीपीमा एक जना एआइजीको नियुक्ति हुनेसाथ ६ वटा दरवन्दी खाली हुनेछ।

अहिलेसम्म आइजीपी को हुन्छ भन्ने निश्चित नभएपनि यसको तयारी भने सुरु भइसकेको छ । नयाँ आइजीपीमा दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ मध्ये एक जना हुने निश्चित छ।

थापा, तामाङ र गिरी मध्ये एक जना आइजीपी हुने भएकाले तीनै जना आफू हुनका लागि दौडधुप गरिरहेका छन्। थापा, गिरी र तामाङ २०५२ भदौ १९ गते एकैदिन सेवा प्रवेश गरेका अधिकारीहरू हुन् ।

अहिले थापा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, गिरी प्रहरी प्रशिक्षण प्रतिष्ठान र तामाङ उपत्यका प्रहरी कार्यालयको प्रमुख छन् । सत्तारुढ दलबीच नेपाल प्रहरीको प्रमुख र राष्ट्र बैंकको गर्भनरका लागि भागबण्डा भएको चर्चा छ ।

जसअनुसार नेपाल प्रहरीको प्रमुख नेपाली कांग्रेस र गर्भनर एमालेले लिने सहमति भएको दाबी गरिन्छ । अहिले सरकारमा नेपाली कांग्रेससँग गृह र एमालेसँग अर्थ मन्त्रालयको बागडोर छ ।

नेपाल प्रहरीमा हालका तीनै जना प्रतिस्पर्धी एकै ब्याचमा भर्ना भए पनि एआईजी थापा एआईजी पदमा बढुवा हुँदा हालका प्रहरी महानिरीक्षक कुँवरसँगै बढुवा भएका हुन् । वरियतामा थापा १ नम्बरमा छन् ।

यद्यपि पटक पटक वरियता मिचिएका उदाहरणहरु पनि रहेका छन् । यसैले अहिले पनि केही भन्न सकिने अवस्था रहदैन । प्रतिस्पर्धी एआईजी गिरीको सत्तारुढ नेपाली कांग्रेससँग बलियो सम्बन्ध रहेको बताइन्छ ।

गिरीलाई आईजीपी बनाउनुपर्ने भन्दै कांग्रेसकै प्रभावशाली नेताहरू अहिले लविङमा छन् । अर्का एआईजी तामाङको पनि झापा ससुराली हुनुका साथै अख्तियार प्रमुख प्रेम राईसँग समेत सुमधुर सम्बन्ध भएकाले उनको समेत सम्भावना भएको चर्चा छ ।

आईजीपी बढुवाको सम्पूर्ण अधिकार प्रहरी नियमावलीले नेपाल सरकारलाई दिएको छ । वरीयताक्रम तथा कार्यसम्पादन मूल्यांकन, ज्येष्ठता, शैक्षिक योग्यता र तालिमका आधारमा १ जना आईजीपीमा बढुवा हुने व्यवस्था छ ।

आईजीपी पदमा बढुवा गर्दा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूमध्येबाट र एआईजीहरू नभएको अवस्थामा प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरूमध्येबाट ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्नसक्ने क्षमता, नेतृत्व प्रदान गर्नसक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्नसक्ने सामथ्र्यको आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई आईजीपी पदमा बढुवा गर्नेछ भन्ने व्यवस्था छ ।

अब उनीहरु मध्ये एक जना आइपीपी भएपछि ६ एआइजी पद रिक्त हुनेछ। सो पदका लागि दौडधुप उनीहरुभन्दा बढी दौडधुप शुरु भएको छ। अब हुने ६ एआइजीमध्येबाट ३२ औं र ३३ औं आईजीपी हुने भएपछि उनीहरुसमेत दौडमा रहेका छन् ।

४ चैतमा बस्ने वा त्यो भन्दा अघि बस्ने मन्त्रिपरिषद्को बैठकले नयाँ प्रहरी महानिरीक्षकमा नियुक्त गर्नेछ । अन्य दुई भन्दा थापा एकमहिनाअघि नै एआईजीमा बढुवा भएका थिए भने केही दिन यता वालुवाटार स्थित प्रधानमन्त्रीलाई नियमित रुपमा ब्रिफिङ गर्ने काम उनले गर्दै आएका छन्।

सिनियर ब्याचबाट चन्द्रकुबेर खापुङ, लालमणि आचार्य र कृष्णहरी शर्मा छन्। नेपाल प्रहरीको ऐन संसदबाट पास हुन ढिला भएमा यो ब्याचबाट दुई महिनाका लागि आईजीपी हुने सम्भावना समेत छ।

प्रहरी महानिरीक्षक कुँवर ब्याचका अधिकृतसँगै इन्सपेक्टर भर्नाको परीक्षामा सहभागी भएकोमा नियुक्ति भने ०५२ साल कात्तिक २७ गते दिइएको थियो। कुँवरपछि नियुक्त हुने ३१ औं आईजीपीको कार्यकाल नथपिएमा १९ भदौमा अवकाश पाउनेछन्।

२०५१ चैत ५ मा प्रहरी निरीक्षक (इन्सपेक्टर) बाट प्रहरीमा प्रवेश गरेका कुँवर संगठनको नेतृत्व गर्ने भाग्यमानीमध्येका एक हुन् । तर उनी विभिन्न विवाद बोकेर बाहिरिनु परेको छ । सबैभन्दा बढी उनी राजनीति हस्तक्षेपबाट मुक्त हुने नसकेको विषय हो ।

सहकारी प्रकरणमा तत्कालीन गृहमन्त्रीविरुद्ध कुनै प्रमाण नरहेको सार्वजनिक अभिब्यम्ति दिनु र पछि सरकार परिवर्तन पछि नै तिनै रविलाई पक्राउ गर्नु आईजीपी कुबँर राजनीतिक हस्तक्षेपबाट मुक्त हुन् नसकेको बलियो उदाहरण हो ।

यस्तै मानव तस्करीमा जोडिएका एमाले नेता एवं कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री लीलाबल्लभ अधिकारीको गिरफ्तारीमा देखाएको अनुदार व्यवहारका कारण समेत उनले आलोचना खेप्नु परेको छ ।

भीआईपीहरुलाई पक्राउ गर्ने विषयमा भने उनी सबैभन्दा अगाडि देखिएका छन् । वालकृष्ण खाँण गृहमन्त्री रहेकै अवस्थामा डीआईजी बढुवा भएका उनले पूर्व गृहमन्त्रीद्वय लामिछाने र खाँण, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहसचिव टेकनारायण पाण्डेलगायत हाइप्रोफाइल व्यक्तिलाई पक्राउ परेर कानूनी दायरामा ल्याएका छन् ।

आईजीपीमा नियुक्त भएर दज्र्यानी चिह्न लगाएपछि गृह मन्त्रालयमा कुँवरले भनेका थिए, ‘प्रहरीमा सुधारको आवश्यकता छ । दिन गनेर बस्ने छुट छैन ।’समग्रमा, बसन्त कुँवरको प्रहरी नेतृत्व मिश्रित मूल्यांकनसहित टुंगिँदैछ।

राजनीतिक हस्तक्षेपको छायाबाट उम्किन नसकेको आरोप खेपेका उनले भीआईपी पक्राउ लगायतका कदममार्फत आफ्नो सक्रियता देखाए। आईजीपीका रूपमा सुधारको प्रतिबद्धता व्यक्त गरेका कुँवरको कार्यकालले प्रहरी संगठनलाई कति प्रभावशाली रूपमा अघि बढायो भन्ने विषय भने समयले नै मूल्यांकन गर्नेछ।

Advertisement

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top