×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026
Playing
रास्वपा र राप्रपाबीच केमा सहमति हुन लागेको हो ? || Nepal Times
Apr 04, 2026
Playing
ट्राफिक लाइट पा ल ना नगर्ने लाई कारबा ही, मापसे गरेर गाडी चला उने ९ चालक प क्राउ|| Nepal Times
Apr 04, 2026
Playing
बालेन सरकारले ठुला माछा समाउन किन गर्यो ढिलो ? #nepal #scandal || Nepal Times
Apr 04, 2026
Playing
अमेरिकामा २४ घण्टामा सेना प्रमुख र महान्यायाधिवक्ता बर्खास्त || Nepal Times
Apr 04, 2026
Playing
World News : ठूलो हमलामा पनि इरानले हजारौँ ड्रोन जोगायो, अमेरिकी दुई फाइटर जेट इरानले खसायो
Apr 04, 2026
Playing
किन पक्रा उ परे शंकर अग्रवालका बाबुछोरा ? हाइप्रोफाइलको भागभाग#nepaltimes #trending #nepal
Apr 04, 2026
Playing
सभामुखमा कांग्रेस, एमाले र नेकपाले किन दिएनन् उम्मेदवारी ?|| Nepal Times
Apr 04, 2026
Playing
Top 15 Afternoon News || April-04-2026 || Nepal Times
Apr 04, 2026
Playing
‘बले’माथि आ रोप लगाउने युवतीले खोलिन् आफ्नो परिचय#bale #Arrest #nepal || Nepal Times
Apr 04, 2026

अबको संसदमा दुई थरी दल

२० मंसिर २०७४

नयाँ संघीय संरचनाअनुसार अब बन्ने केन्द्रीय संसद्मा दुई थरी राजनीतिक दलले प्रतिनिधित्व गर्दैछन्। तीन प्रतिशत थ्रेस होल्डका कारण एक थरी राष्ट्रिय मान्यता प्राप्त दल र अर्को थरी सामान्य राजनीतिक दलका हैसियतमा प्रतिनिधिसभा प्रतिनिधित्व गर्दैछन्। यो खबर भाषा शर्माले आजको नागरिकमा लेखेकी छन्।

प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा दलहरुले प्राप्त गरेका मतका आधारमा दलहरुको हैसियत निर्धारण हुँदैछ। अबको संसद्मा एक सिट प्रत्यक्षतर्फ र समानुपातिकतर्फ ३ प्रतिशत मत प्राप्त गर्ने दलले राष्ट्रिय दलको मान्यता पाउनेछन्। प्रदेशसभाका लागि १.५ प्रतिशत थ्रेस होल्ड राखिएको छ। समानुपातिक प्रणालीबाट प्रतिनिधिसभामा तीन प्रतिशतभन्दा कम मत र प्रदेशसभामा १.५ प्रतिशतभन्दा कम मत गणना हुने छैन।

Advertisement

संघीय व्यवस्थापिकाअन्तर्गत जनताको प्रत्यक्ष र समानुपातिक मतबाट प्रतिनिधिसभामा २ सय ७५ जना निर्वाचित हुँदैछन्। प्रदेशसभाका लागि दुवै प्रणालीबाट ५ सय ५० जना प्रतिनिधि निर्वाचित हुँदैछन्। राजनीतिक दलले ल्याएको सदर मतको अनुपातमा विजयी सिटको बाँडफाँट समानुपातिक प्रणालीमा गरिनेछ।

समानुपातिकमा प्रणालीमा देशको भूभागलाई एक निर्वाचन क्षेत्र मानिनेछ। त्यसअन्तर्गत मतदाताले राजनीतिक दललाई मत दिँदैछन्। दलले ल्याएको कुल सदर मतमध्ये तोकिएको सूत्रको माध्यमबाट दलको सिट संख्या निर्धारण हुनेछ।

प्रतिनिधिसभामा १ सय १० जना सदस्य समानुपातिक प्रणालीमार्फत निर्वाचित हुनेछन्। त्यसैगरी प्रदेशमा २ सय २० जना समानुपातिकबाट निर्वाचित हुनेछन्। प्रदेशसभा सांसदका लागि समानुपातिक प्रणालीबाट प्रतिनिधित्व गर्न तीन प्रतिशतको आधा अर्थात् १.५ प्रतिशत मत ल्याउने दलले प्रतिनिधित्व गर्न पाउनेछन्।

प्रतिनिधिसभाका लागि यदि कुनै ‘क’ दलले प्रत्यक्ष तर्फबाट एक सिट मात्र जित्यो र समानुपातिकमा २.९ प्रतिशत मत प्राप्त गरेको खण्डमा सामान्य दलका तर्फबाट संसद्मा प्रतिनिधित्व गर्नेछ। समानुपातिकमा पाएको ‘क’ दलको २.९ मतको कुनै गणना हुनेछैन।

कुनै ‘ख’ दलले प्रत्यक्षतर्फ एक सिट पनि जितेन र समानुपातिकमा ३ प्रतिशत बढी मत ल्याएमा सामान्य दलका तर्फबाट प्रतिनिधित्व गर्नेछ।  कुनै ‘ग’ दलले प्रत्यक्षतर्फ एक सिट पनि जितेन र समानुपातिकतर्फबाट ३ प्रतिशतभन्दा कम मत ल्याएमा त्यस दलको सबै मत खेर जानेछ। उसले पाएको मतको कुनै गणना हुनेछैन।

पहिलोपटक संघीय प्रणालीअनुसार चुनाव भइरहेको छ। पहिलो चरणको चुनाव सकिएर बिहीबार प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि दोस्रो चरणको निर्वाचन हुँदैछ।

संघीय संरचनाअनुसार प्रत्यक्ष तथा समानुपातिक प्रणालीबाट प्रतिनिधि छनोट हुँदैछन्। ‘एक सिट मात्र ल्याउने दलको सामान्य राजनीतिक दलको हैसियतमा प्रतिनिधित्व हुनेछ’, सहन्यायाधिवक्ता गीताप्रसाद तिमिल्सिनाले भने। प्रदेशसभा समानुपातिकतर्फका सहायक निर्वाचन अधिकृतसमेत रहेका तिमिल्सिनाले भने, ‘अबको संसद्मा दुई थरी दलले प्रतिनिधित्व गर्दैछन्— राष्ट्रिय दल र सामान्य दल।’

समानुपातिकमा तीन प्रतिशतभन्दा कम मत ल्याउने दलको मतको कुनै गणना हुनेछैन। ‘कुनै दलले ५ सिट जित्यो र समानुपातिकमा २.८ प्रतिशत मत ल्याएमा पार्टीकै तर्फबाट प्रत्यक्षबाट मात्र प्रतिनिधित्व गर्नेछ,’ तिमिल्सिनाले भने।

समानुपातिक वा प्रत्यक्ष एकबाट संसद्मा जाने दललाई सामान्य दलका रुपमा लिइनेछ। राष्ट्रिय दल हुन पाउने छैनन्। चुनावमा दलहरुले पाएको सदर मतको तथ्यांक आएपछि कुन दलले कति सिट समानुपातिक जित्छ भन्ने टुंगो लाग्ने तिमिल्सिनाले बताए।

‘मत खसेपछि कति मत सदर हुन्छ, त्यसको आधारमा समानुपातिकतर्फको सिट बाँडफाँट हुनेछ,’ उनले भने, ‘तीन प्रतिशत मत ल्याउने दलको मात्र मतगणना गरी संख्या निकालिनेछ।’

यसअघिका कुनै पनि चुनावमा थ्रेस होल्ड राखिएको थिएन। यसपटक निर्वाचन आयोगमा ४९ दलले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएका छन्। त्यसमध्ये कति दलले तीन प्रतिशत मत हासिल गर्छन् भन्ने चुनाव भएको एक साताभित्र थाहा हुने आयोगले जनाएको छ।

Advertisement

भर्खरको समाचार

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सम्बन्धित खबरहरु

Scroll to Top