×

NEPAL TIMES UPDATES

Playing
‘इस्लामाबाद सम्झौता’ प्रस्तावमा के छ ? || Nepal Times
Apr 07, 2026
Playing
गिरिजाले दिए,बालेनले खोसे,’अदृश्य सरकार’ ट्रेड युनियनको दबदबाको कथा|| Nepal Times
Apr 07, 2026
Playing
बन्दीप्रत्यक्षीकरण रिट खारेज गर्दै म्याद नथप्न परमादेशको अर्थ के हो ? || Nepal Times
Apr 07, 2026
Playing
इरानले यु*द्धविराम होइन, प्रत्याक्रमण गर्ने,एकैदिन १५५ विमान उडे|| Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी र पदाधिकारीको इन्धन सुविधामा ब्यापक कटौती, अब कति पाउँछन् ?|| Nepal Times
Apr 07, 2026
Playing
उत्तर कोरियामा ड्रोन पुगेपछि दक्षिणका राष्ट्रपतिले मागे माफी || Nepal Times
Apr 07, 2026
Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026

अमेरिका,जापान र ताइवान विरुद्ध चीन र उत्तर कोरिया

७ चैत्र २०८१

८ चैत , विराटनगर ।

पूर्वी एसियाको सुरक्षा परिदृश्य थप जटिल बन्दै गएको छ। चीनको सैन्य गतिविधि तीव्र बनेसँगै ताइवानले युद्ध तयारीलाई उच्च प्राथमिकता दिएको छ। ताइवानका रक्षामन्त्री वेलिङ्टन कूले चीनको सम्भावित आक्रमणलाई रोक्न आफ्ना सेनाहरूलाई छिटो परिचालन गर्ने क्षमता मजबुत बनाइरहेको बताएका छन्।

Advertisement

पाँच दिनसम्म चल्ने सैन्य अभ्यासले ताइवानको आत्मरक्षात्मक क्षमतामा नयाँ मोड ल्याउने अपेक्षा गरिएको छ। उता, अमेरिका पनि चीनलाई घेर्ने रणनीतिमा केन्द्रित देखिन्छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्बपति एलन मस्कलाई विभिन्न महत्त्वपूर्ण सुरक्षा रणनीतिहरूमा संलग्न गराउँदै आएका छन्।

यही क्रममा, अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)ले चीनसँग सम्भावित युद्धको योजना बारे एलन मस्कलाई जानकारी गराउने तयारी गरेको छ। यसबीच, उत्तर कोरियाले जापानलाई आफ्नो मिसाइल रक्षा रणनीतिमा परिवर्तन नगर्न चेतावनी दिएको छ।

जापानले क्युशु क्षेत्रमा लामो दूरीका मिसाइलहरू तैनाथ गर्ने निर्णय गरेपछि उत्तर कोरियाले यसलाई क्षेत्रीय स्थायित्वलाई चुनौती दिने कार्य भन्दै कडा प्रतिक्रिया दिएको छ। उत्तर कोरियाको सरकारी मिडियाले त जापानका ती मिसाइलहरू ध्वस्त पार्ने धम्कीसमेत दिएको छ।

चीनबाट बढ्दै गएको सैन्य जोखिमका बीच ताइवानले आफ्नो युद्धको तयारीलाई तीव्र बनाएको छ। ताइवानका रक्षामन्त्री वेलिङ्टन कूले चीनको सम्भावित हमलालाई रोक्न आफ्नो सैन्य परिचालन क्षमतालाई थप मजबुत बनाइरहेको जानकारी दिएका छन्।

ताइवानले यस्तो तयारी चीनको अचानक हुने सैन्य अभ्यासलाई वास्तविक आक्रमणमा बदलिन नदिनका लागि गरेको हो। चीनले सधैं ताइवानलाई आफ्नो हिस्सा भएको दाबी गर्दै आएको छ र बल प्रयोग गरेर नियन्त्रण गर्ने धम्कीसमेत दिँदै आएको छ।

ताइवानले आफ्ना सैनिकहरूलाई छिटो परिचालन गर्ने र चिनियाँ सेनालाई रोक्ने अभ्यास गरेको छ। यो सैन्य अभ्यास पाँच दिनसम्म सञ्चालन हुनेछ। ताइवानको विभिन्न स्थानमा आयोजित यस अभ्यासमा स्थल सेना, जल सेना (नौसेना) र हवाई सेना (वायु सेना) तीनै अंग समावेश छन्।

चीनले ताइवानको निकट ५९ सैन्य विमान र अन्य युद्धपोत पठाएपछि ताइवानले आफ्नो सुरक्षा रणनीति अझ मजबुत बनाएको हो। चीनले ताइवानका राष्ट्रपति लाई चिङ–तेले “विभाजनकारी गतिविधि“ बढाएको भन्दै यो सैन्य गतिविधि ’दण्डस्वरूप’ गरेको बताएको छ।

रक्षामन्त्री कूले संसदमा सांसदहरूको प्रश्नको जवाफ दिँदै भनेका छन् “पीपुल्स लिबरेशन आर्मीले सैन्य अभ्यासलाई वास्तविक हमलामा परिणत गर्न सोचेभन्दा धेरै कम समय लिन्छ।“ उनले थप भनेका छन् “हामीले खतराका संकेतहरू चाँडै पत्ता लगाएर सबैभन्दा खराब सम्भावित स्थितिको सामना गर्न तयारी गर्न सक्नुपर्छ।“

कूका अनुसार, सैन्य मन्त्रालयको तिव्र प्रतिक्रिया अभ्यास गुप्तचर सूचना र खतराको मूल्याङ्कनमा आधारित हुनेछ। यदि सतर्कता अपनाइएन भने, वास्तविक युद्ध भएमा तयारी गर्न कठिन हुने उनको भनाइ छ।

रक्षा मन्त्रालयद्वारा जारी गरिएको भिडियोमा देखाइएअनुसार, ताइवानका सैनिकहरूले राजधानी ताइपे नजिकैको एक प्रमुख बन्दरगाहमा “एन्टि–ल्याण्डिङ ब्यारेक“ स्थापना गरेका छन् ।

साथै, रणनीतिक स्थलहरूमा सतहबाट आकाशमा आक्रमण गर्ने क्षेप्यास्त्र प्रणाली (मिसाइल प्रणाली) तैनाथ गरिएको छ। ताइवानका सुरक्षा अधिकारीहरूका अनुसार, चीनले ताइवान वरपर सैन्य अभ्यासलाई नियमित बनाउने प्रयास गरिरहेको छ।

हाल चीनले प्रत्येक ७ देखि १० दिनको अन्तरमा “संयुक्त युद्ध तयारी गस्ती“ सञ्चालन गर्दै आएको छ, जसमा युद्धक विमान र नौसेनाका जहाजहरू परिचालित गरिन्छ। उता अमेरिका भने चीनलाई घेर्ने अभियानमा छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकाल सम्हालेदेखि नै अर्बपति एलन मस्कलाई विभिन्न महत्त्वपूर्ण जिम्मेवारीहरू सुम्पिरहेका छन्। अब मस्कको प्रभाव झनै बढ्ने देखिएको छ।

आज शुक्रबार अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)ले चीनसँग कुनै पनि सम्भावित युद्धका लागि बनाइएको सैन्य योजनाबारे एलन मस्कलाई जानकारी दिनेछ। न्युयोर्क टाइम्सका अनुसार, सरकारी दक्षता विभाग (डीओजीई)का प्रमुख एलन मस्क पेन्टागनको कार्यालयमा विशेष बैठकका लागि जानेछन्।

रिपोर्टका अनुसार, चीनविरुद्धको सम्भावित युद्ध योजनासम्बन्धी मस्कलाई विस्तृत रूपमा प्रेजेन्टेसन दिइनेछ। यो प्रेजेन्टेसन करिब २० देखि ३० स्लाइडको हुनेछ, जसमा अमेरिका कसरी युद्धको तयारी गरिरहेको छ भन्ने खुलाइनेछ।

पेन्टागनले मस्कको आगमन पुष्टि गर्दै भनेको छ, “रक्षा विभाग शुक्रबार पेन्टागनमा एलन मस्कलाई स्वागत गर्न उत्साहित छ। उनलाई सचिव पीट हेगसेथले निमन्त्रणा दिएका थिए र उनी भ्रमणमा आउँदैछन्।“

मस्कलाई अमेरिकी सरकारको गुप्त सैन्य योजनासम्म पहुँच दिनु ट्रम्पका विश्वासपात्रका रूपमा उनको भूमिकालाई थप शक्तिशाली बनाउने संकेत हो। हाल मस्क अमेरिकी सरकारको खर्च कटौती प्रयासको नेतृत्व गरिरहेका छन्।

तर, उनी टेस्ला र स्पेसएक्सका प्रमुखसमेत भएकाले चीन र पेन्टागन दुबैसँग उनको व्यापारिक सम्बन्ध छ। यसले टकरावसम्बन्धी थप प्रश्नहरू जन्माउने देखिएको छ। अर्काेतर्फ उत्तर कोरियाले जापानलाई क्युशु क्षेत्रमा लामो दूरीका मिसाइलहरू तैनाथ गर्ने निर्णयप्रति कडा चेतावनी दिएको छ ।

उत्तर कोरियाले यस कदमले एसियामा थप तनाव बढाउने दाबी गर्दै अमेरिका–जापान सैन्य गठबन्धनमार्फत क्षेत्रीय शान्ति खल्बलाउने आरोप लगाएको छ। उत्तर कोरियाको सरकारी मिडियाले त जापानका ती मिसाइलहरू ध्वस्त पार्ने धम्कीसमेत दिएको छ।

जापान पूर्वी एसियामा अमेरिकाको सबैभन्दा नजिकको सहयोगी हो, जसको उत्तर कोरियासँग ऐतिहासिक शत्रुता रहँदै आएको छ। जापानको क्योडो न्यूजले यस महिनाको सुरुमा सरकारी स्रोतलाई उद्धृत गर्दै जनाएको थियो कि टोकियो आपतकालीन अवस्थामा शत्रुका सैन्य आधारहरूमा आक्रमण गर्न सक्ने “जवाफी हमला गर्ने क्षमता“ हासिल गर्ने प्रयासस्वरूप क्युशु क्षेत्रमा लामो दूरीका मिसाइलहरू तैनाथ गर्ने विषयमा विचार गरिरहेको छ।

जापानलाई चिन्ता छ कि भविष्यमा चीन र उत्तर कोरिया सम्भावित खतरा बन्न सक्छन्। चीनसँग उसको टापुहरूलाई लिएर लामो विवाद छ भने उत्तर कोरियाले जापानलाई अमेरिका र दक्षिण कोरियाको प्रमुख सहयोगीका रूपमा हेर्दै आएको छ।

उत्तर कोरियाको विदेश मन्त्रालयअन्तर्गत जापान अध्ययन संस्थानका नीति विभाग प्रमुखको हवाला दिँदै सरकारी समाचार संस्था केसीएनएले जापानले जापान–अमेरिका सैन्य गठबन्धनलाई निरन्तर मजबुत पार्दै नेटो सेनासँग पनि साँठगाँठ गरिरहेको आरोप लगाएको छ।

उत्तर कोरियाले जापानलाई दोस्रो विश्वयुद्धताका कोरियाली प्रायद्वीपमा हमला गरी व्यापक नरसंहार गरेको इतिहासलाई निरन्तरता दिने प्रयास गरिरहेको आरोप लगाएको छ। केसीएनएको रिपोर्टअनुसार उत्तर कोरियाको आधिकारिक नाम डेमोक्रेटिक पिपुल्स रिपब्लिक अफ कोरिया उल्लेख गर्दै भनिएको छ, “डीपीआरकेलाई प्रत्यक्ष रूपमा निशाना बनाउने सबै सैन्य उपकरण र गतिविधिहरू पूर्ण रूपमा नष्ट गरिनुपर्छ।“

उत्तर कोरियाली नेता किम जोङ उनले गत महिनामा अमेरिका, जापान र दक्षिण कोरियाबीच त्रिपक्षीय सैन्य सहकार्य बढिरहेको भन्दै यसले क्षेत्रीय तनाव चुलाएको बताएका थिए। उनले परमाणु शक्ति विस्तारसहित अन्य प्रतिरोधात्मक उपायहरू अपनाउने प्रतिबद्धता जनाएका थिए।

यी तीन घटनाक्रमले अमेरिका, जापान र ताइवानलाई एक पक्षमा तथा चीन र उत्तर कोरियालाई अर्को पक्षमा उभ्याएको देखिन्छ। पूर्वी एसियाको यो नयाँ शक्ति सन्तुलनले आगामी दिनहरूमा अझ ठूलो भू–राजनीतिक द्वन्द्व निम्त्याउन सक्ने संकेत गरिरहेको छ। यसमा तपाईका विचार अवश्य ब्यक्त गर्नुहोला ।

Advertisement

भर्खरको समाचार

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

सम्बन्धित खबरहरु

Scroll to Top