×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026
Playing
प्रशान्त महासागरमा यसरी भयो अन्तरिक्षयात्रीको सुरक्षित अवतरण || Nepal Times
Apr 11, 2026
Playing
आज वार्ताः इरा*न–अमे*रिकी टोली इ*स्ला*मा*बादमा, चीनको भूमिका ’महत्त्वपूर्ण’|| Nepal Times
Apr 11, 2026
Playing
काठमाडौँ उपत्यकाको मौसम कस्तो होला?|| Nepal Times
Apr 11, 2026
Playing
नेता, कार्यकर्ता र बिचौलियाको चङ्गुलबाट मुक्त हुन लागेको हो सिंहदरबार ?|| Nepal Times
Apr 11, 2026
Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026

९५ विदेशी नागरिकले छाडेनन् घोडाघोडीको जंगल

१० चैत्र २०८१

११ चैत , काठमााण्डौ ।

कैलालीको घोडाघोडी नगरपालिका–९, सिम्ली जंगलमा अवैध रूपमा बसोबास गरिरहेका विदेशी पर्यटकहरुले प्रशासनको निर्देशनको अवज्ञा गरेका छन् । प्रशासनको २४ घण्टे समयावधिलाई हटेरी गर्दै भारत, अमेरिका, चीन,जापान लगायत ३८ देशका विदेशी नागरिकहरू अझै सिम्ली जंगलमा अवैध रूपमा बसोबास गरिरहेका छन्।

Advertisement
Advertisement

प्रशासनले २४ घण्टाभित्र जंगल खाली गर्न निर्देशन दिए पनि धेरैजसोले आदेश मान्न अस्वीकार गरेका छन् । कुल १३५ जना विदेशी नागरिकहरूमध्ये ४५ जनाले मात्र प्रशासनको आदेशपछि जंगल छाडेका छन्, भने ९५ जना अझै जंगलमै रहेका छन्।

१३५ जनामध्ये ४५ जनाले मात्रै निर्देशन पालना गरेका छन् भने ९५ जना अझै जंगलमै रहेको जिल्ला प्रहरी कार्यालय प्रवक्ता डीएसपी कविन्द्र सिंह बोहराले जानकारी दिएका छन् । प्रशासनको निर्देशनपछि केही पर्यटकले जंगल छाडेपनि केही अझै बाँकी रहेको भन्दै बोहराले बाँकी रहेकाले कुनै अस्वभाविक गतिविधि नगरेकाले प्रहरीले कुनै कदम नचालेको बताएका छन् ।

उनले पर्यटकहरुले क्रमश आफूहरुले वन छाड्ने जानकारी दिएको पनि बताएका छन् । रेन्बो फेमली ग्यादरिङ नाम दिएर समूहमा रहेका उनीहरुले कुनै पनि निकायबाट अनुुमति नलिएको पाइएपछि कैलालीका प्रमुुख जिल्ला अधिकारी गोगनबहादुर हमालले तीन दिन अघि २४ घण्टाभित्र गन्तव्यमा जान निर्देशन दिएका थिए ।

विदेशी नागरिक वन क्षेत्रमा बसेर अर्धनग्न हुने, आपसीमा अस्वभाविक गतिविधी गर्ने जस्ता गुनासा आएपछि बिहीबार जिल्लास्थित सुरक्षा निकायका प्रमुखसहित सिमली जंगल क्षेत्रमा पुगेर गन्तव्यतर्फ जान निर्देशन दिएका थिए ।
अनुगमनका क्रममा उनीहरुले प्रमुख जिल्ला अधिकारीलाई आफूहरु प्रकृतिमा रमाउने मान्छेहरु भएको बताउँदै यसरी विभिन्न देशमा पुगेर बस्ने गरेको बताएका थिए। तर नेपाल सरकारका कुनै पनि निकायबाट अनुमति नलिएको पाइएकाले उनीहरुलाई जंगल क्षेत्र छाड्न स्थानीय प्रशासनले निर्देशन दिएको छ।

स्थानीय प्रशासनले अनुमति बिना जंगल क्षेत्रमा बसोबास गरिरहेका उनीहरुलाई घोडाघोडी नगरपालिकाले भने संस्कृति आदानप्रदान गर्ने भन्दै स्वागत समेत गरेको पाइएको छ। घोडाघोडी नगरपालिकाकै केही स्थानीयले विदेशी नागरिकसँग समन्वय गरिरहेको कुरा समेत सार्वजनिक भएको छ।

 

‘रेन्बो फेमिली ग्यादरिङ’का लागि पर्यटक भिसामा आएका यी विदेशीले बस्न अनुमति लिएका छैनन् । प्रहरी टोली अवैध रूपमा बसोबास गरिरहेका ती विदेशी नागरिकलाई अनुरोध गर्न पुगेको थियो। तर, उनीहरूले जंगल छोड्न अस्वीकार गरेपनि प्रहरीले बल प्रयोग नगर्ने निर्णय गरेको छ।

इलाका प्रहरी कार्यालय, सुखडका प्रहरी निरीक्षक दिर्घ साउदले भनेका छन् , “विदेशी नागरिक भएकाले जबरजस्ती गर्न सकिँदैन। उनीहरूले केही दिनमै आफैँ जाने भनेका छन्। उनीहरूले समुदायलाई कुनै क्षति पु¥याएका छैनन्, त्यसैले हामीले त्यत्तिकै छोड्यौँ।“

घोडाघोडी नगरपालिका–९ का वडाध्यक्ष हरिक चन्द्र शाहका अनुसार, ती विदेशी नागरिकहरूले ’रेनबो फ्यामिली ग्यादरिङ’ भन्ने नाममा केही दिनका लागि जंगल पुगेका थिए। तर, उनीहरूले पर्यटक भिसामा आएर जंगलमा बस्न कुनै आधिकारिक अनुमति लिएका छैनन्।

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top