×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

युद्धविराम क्षणिक, तेस्रो विश्वयुद्धको तयारीमा पुटिन

१० चैत्र २०८१

११ चैत , एजेन्सी ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी अप्रिल २० सम्ममा रुस–युक्रेनबीच युद्धविराम गराइसक्ने खाका कोरेका छन् । यसका लागि आज साउदी अरबको राजधानी रियादमा युक्रेन र अमेरिकी प्रतिनिधि मण्डलबीच भेटवार्ता पनि भएको छ ।

Advertisement
Advertisement

वार्तामा युक्रेनको ऊर्जा उत्पादन केन्द्र र संवेदनशील पूर्वाधारलाई जोगाउने प्रस्तावमाथि छलफल भएको युक्रेनी रक्षामन्त्रीले भनेका छन् । वार्तापछि युक्रेनका लागि ट्रम्पका विशेष दूत स्टिभ विटकफले दोस्रो विश्वयुद्धपछि युरोपको सबैभन्दा घातक युद्ध अन्त्य हुने आशा व्यक्त गरेका छन् ।

सोमबार रियादमै अमेरिका र रुसी प्रतिनिधिमण्डल पनि भेट्दैछन् । पुटिनले शान्ति चाहेको आफूले महसुस गरेको आइतबार फक्स न्यूजसँगको कुराकानीमा विटकफले भनेका थिए । सोमबार साउदी अरबमा साँच्चैको प्रगति देख्न पाइनेछ भन्ने आफूले लागिरहेको पनि उनले बताएका थिए ।

आफ्नो प्रतिनिधि मण्डल र अमेरिकी टोलीबिच वार्ता सकारात्मक तवरले भइरहेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भनेका थिए । एकातर्फ युद्धविरामका लागि यस्ता तयारीहरु भइरहेका छन् ।

अर्कातिर यो युद्धविराम क्षणिक हुने र विश्वयुद्धतर्फ विश्व धकेलिने चेतावनी दिइएको छ । एक ब्रिटिश जनरलले तेस्रो विश्वयुद्धको चेतावनी दिएका हुन् । नेटोका लागि यूरोपका पूर्व कमांडर रिचर्ड शिर्रेफले भने, युद्धविराम एक ‘अशुभ’ शब्द हो ।

यो अस्थायी हुन्छ जसको मतलब हो कि लडाई केही समयका लागि रोकिन्छ । उनले भने रूस जबसम्म आफ्नो विस्तारवादी नीतिमा अडिरहन्छ त्यतिन्जेल कुनै स्थायी शांति संभव छैन । उनी भन्छन्, यूक्रेनमा थोपरिन लागिएका सम्झौताहरु तुष्टीकरण हो ।

युद्धविरामको प्रयोग पुटिनले आफ्नो सेनालाई बलियो बनाउनका लागि गरेका हुन् । उनले भने, हामीलाई अहिलेसम्म रुसका साथ हुने सम्झौताको विवरणको जानकारी छैन । तर एउटा कुरा निश्चित छ कि रूसले रक्तपात तरिकाले यो सम्झौतालाई तोड्ने छ ।

द डेली मेलमा लेखिएको एक लेखमा उनले भनेका छन् ‘मेरो भविष्यवाणी छ कि यदी हामीले रूसलाई रोक्नका लागि आवस्यक कदम उठाएनौ भने त २ वर्ष भित्र युद्ध छेडिने छ’ । उनले भने कि पश्चिमी देशहरुको सुरक्षा यो कुरामा निर्भर रहन्छ कि हामीले कति राम्रोसंग तयारी गरेका छौं ।

यूरोपका कयौं देशहरुले यूक्रेनमा शांति सैनिक पठाउने बचन दिएका छन् । यद्यपि अमेरिकी राष्ट्रपति ट्रंप र उनका उपराष्ट्रपतिले स्पष्ट भनिसके कि अमेरिकाले कुनै सैन्य ग्यारेन्टी दिने छैन । यूरोप लगातार शांति सैनिकहरुको कुरा गरिरहेको छ, तर रूसले अहिलेदेखि नै यसको विरोध गरिरहेको छ ।

पुटिनले कहिले पनि नेटो सैनिकलाई आफ्नो ढोकामा पुगेको हेर्न चाहादैनन् । पूर्व कमांडरले भने, ‘पुटिनले शांति सैनिकमाथि अचानक हमला गर्ने संभावना छैन । तर उनको प्रवृत्ति विस्तारै विस्तारै उक्साउने खालको छ ।

पुटिनले पहिला नै सोशल मीडियामा पश्चिमविरुद्ध युद्ध छेडिसकेका छन्, जसले हाम्रो लोकतंत्रलाई अस्थिर बनाउनमा किनै सफल रह्यो । उनले अगाडि भने, यूरोपसंग रूसका साथ सिधै टक्कर लिने २ वर्षको समय बाँकी छ ।

हामील अब अपरंपरागत युद्ध जस्तै तोडफोड, आगजनी, साइबर अट्याक, प्रचार र हत्याहरुका लागि तैयार हुनुपर्छ, जसले एक पूर्ण युद्धको स्थितिहरु बनाउँछ । उनले भने पुटिन को लक्ष्य बुल्गेरियादेखि लिएर पोल्याण्डसम्मको पूर्वी ब्लकलाई एक नयाँ रूसी साम्राज्यमा जोड्नु रहेको छ ।

Advertisement

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top