NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विमला र समीक्षाले एपिएफबाट खेल्ने बुधबार साउन २१ , २०८२
यू–२० महिला एशियन कप छनोट बुधबार साउन २१ , २०८२
उत्तराखण्डमा ५० घर बगे, घरसँगै ५० भन्दा अझै बेपत्ता बुधबार साउन २१ , २०८२
एनपिएल मिनी अक्सनः आदिल–शरद ए क्याटोगोरीमा बुधबार साउन २१ , २०८२
आज कुन कुन नदीमा वहाव बढ्न सक्छ ? बुधबार साउन २१ , २०८२
Next
Prev

समाचार

रुस–युक्रेन बीच ऐतिहासिक सम्झौता, ब्ल्याक सीमा युद्धविराम

बुधबार चैत्र १३ , २०८१
Reading Time: 1 min read
A A
रुसले युक्रेनको खाद्यान्न निर्यातको बन्दरगाह उडाइदियो/विश्वमा खाद्य संकट थप गम्भीर हुनसक्ने

Russia vs Ukraine. Thick colored silky flags of Russia and Ukraine. 3D illustration on sky background. – Illustration

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१३ चैत , एजेन्सी ।

साउदी अरेबियामा तीन दिनको शान्ति वार्तापछि रूस र युक्रेनले अमेरिकासँग विभिन्न सम्झौता गर्दै ब्ल्याक सीमा युद्धविराम गर्ने ऐतिहासिक सहमति गरेका छन् । रुस र युक्रेन वाणिज्य व्यापारलाई सुरक्षित गर्न तथा उर्जा क्षेत्रमा सैन्य आक्रमण रोक्न सहमत भएका हुन् ।

तीन वर्षभन्दा लामो समयदेखि रुस र युक्रेनबीच भइरहेको युद्ध ३० दिनसम्म रोक्ने सहमति भएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कूटनीतिक पहलको प्रतिफल मानिएको ह्वाइट हाउसले दाबी गरेको छ ।

यद्यपि रुसले युद्ध विराम लागू हुनु पहिले अमेरिकाले आफूलाई कृषि र मल निर्यातका लागि विश्वबजारमा पुनः पहुँच पु¥याउन मद्दत गर्नुपर्ने सर्त राखेको छ । यस्तै बैंक, बीमा कम्पनी र खाद्य निर्यातकर्तामाथि लागेको केही प्रतिबन्ध पनि हटाइनु पर्ने बताएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने दुई देशबीच युद्धविराम गर्न सहमत भए पनि रुसले शर्तहरुबारे झुठ बोलिरहेको आरोप लगाएका छन् । रुसले युद्धविराम कार्यान्वयन गर्नेमा जेलेन्स्की अझै सशंकित रहेको खबरमा उल्लेख छ ।

युद्धविरामको कार्यान्वयन र त्यसको निगरानी कसरी गरिन्छ भन्ने पनि स्पष्ट भइसकेको छैन । अमेरिकी अधिकारीहरू रियादमा युद्धविराम गराउने उद्देश्यसाथ मस्को र किएभका वार्ताकारहरूसँग छुट्टाछुट्टै छलफल गरिरहेका छन् ।

तर रुसी र युक्रेनी प्रतिनिधिमण्डलहरू भने प्रत्यक्ष भेटेका छैनन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उक्त सागरमा हमला रोक्ने सम्झौतालाई सही दिशातर्फको एक कदम बताएका छन् ।

“यसले काम गर्नेछ भनिहाल्नु निकै हतार हुनेछ, तर यी उपयुक्त बैठक, उपयुक्त निर्णय, उपयुक्त कदमहरू थिए,“ किभमा आयोजित पत्रकार सम्मेलनमा उनले भने । “यसपछि कसैले युक्रेनलाई दिगो शान्तिका लागि अग्रसर नभएको भनेर आरोप लगाउन सक्दैन।“

यसअघि जेलेन्स्कीलाई अमेरिकी राष्ट्रपति ट्रम्पले शान्ति सम्झौतामा अवरोध पु¥याएको आरोप लगाएका थिए । तर वाशिङ्गटनको घोषणा लगत्तै क्रेमलिनले अन्तर्राष्ट्रिय खाद्य तथा मलखाद व्यापारमा संलग्न रुसी ब्याङ्क, उत्पादक र निर्यातकर्ताहरूमा लगाइएको प्रतिबन्ध नहटाएसम्म ब्ल्याक सी युद्धविराम लागु नहुने बतायो ।

ह्वाइटहाउसको विज्ञप्तिमा चाहिँ यस सम्झौता कहिलेदेखि लागु हुने भन्ने कुरा स्पष्ट थिएन । प्रतिबन्धहरू हटाउने विषयमा पत्रकारहरूले सोधेको प्रश्नमा ट्रम्पले भनेः “हामी अहिले ती सबै विषयमा सोचिरहेका छौँ। हामी त्यसलाई हेरिरहेका छौँ।“

अमेरिका–रुस वार्ताबारे वाशिङ्गटनको विज्ञप्तिमा अमेरिकाले “कृषि र मलखाद निर्यातको लागि विश्व बजारमा रुसको पहुँच पुनस्र्थापित गर्न मद्दत गर्ने“ उल्लेख छ । किभमा बोल्दै जेलेन्स्कीले त्यसलाई “आधार कमजोर पारेको“ रूपमा व्याख्या गरे ।

उनले यदि मस्को आफ्नो प्रतिबद्धताबाट पछि हटेमा युक्रेनले रुसमाथि थप प्रतिबन्ध र अमेरिकाबाट थप सैन्य सहयोगको लागि जोड दिने बताए । युक्रेनीहरू लक्षित आफ्नो रात्रिकालीन सम्बोधनमा जेलेन्स्कीले ब्ल्याक सीको युद्धविराम प्रतिबन्ध हट्ने कुरामा निर्भर हुने भनेर क्रेमलिनले झुटो बोलेको बताए ।

सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमा पूर्ण आकारको हमला गरेपछि त्यसै वर्ष ब्ल्याक सीमा व्यावसायिक पानीजहाजहरूको सुरक्षित आउजाउ गर्ने अनुमति दिएको थियो । युक्रेन र रुस दुवै प्रमुख खाद्यान्न निर्यातकर्ता भएकाले युद्ध सुरु भएपछि तिनको भाउ बढेको थियो ।

युक्रेन जाने कार्गो जहाजहरूलाई रुसले आक्रमण नगरी सुरक्षित रूपमा आउजाउ गर्न अनुमति दिन “ब्ल्याक सी खाद्य सम्झौता“ राखिएको थियो । त्यतिखेरको उक्त सम्झौताले अन्न, सूर्यमुखी तेल र खाद्य उत्पादनको लागि आवश्यक मलखाद जस्ता अन्य सामग्री ब्ल्याक सीमार्फत् ढुवानीलाई सहज बनाएको थियो ।

त्यो सुरुमा १२० दिनका लागि भए तापनि कैयौँ पटक लम्ब्याइएपछि रुसले सन् २०२३ को जुलाईमा सम्झौताका मुख्य कुराहरू कार्यान्वयन नभएको दाबी गर्दै फिर्ता लिएको थियो ।

Tags: # रुस–युक्रेनबीच युद्धविराम#ब्ल्याक सीमा युद्धविराम

लोकप्रीय

विमला र समीक्षाले एपिएफबाट खेल्ने

विमला र समीक्षाले एपिएफबाट खेल्ने

बुधबार साउन २१ , २०८२
यू–२० महिला एशियन कप छनोट

यू–२० महिला एशियन कप छनोट

बुधबार साउन २१ , २०८२
भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

उत्तराखण्डमा ५० घर बगे, घरसँगै ५० भन्दा अझै बेपत्ता

बुधबार साउन २१ , २०८२

विचार

विमला र समीक्षाले एपिएफबाट खेल्ने

विमला र समीक्षाले एपिएफबाट खेल्ने

बुधबार साउन २१ , २०८२
यू–२० महिला एशियन कप छनोट

यू–२० महिला एशियन कप छनोट

बुधबार साउन २१ , २०८२
भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

उत्तराखण्डमा ५० घर बगे, घरसँगै ५० भन्दा अझै बेपत्ता

बुधबार साउन २१ , २०८२

थप समाचार

विमला र समीक्षाले एपिएफबाट खेल्ने
खेलकुद

विमला र समीक्षाले एपिएफबाट खेल्ने

बुधबार साउन २१ , २०८२
यू–२० महिला एशियन कप छनोट
खेलकुद

यू–२० महिला एशियन कप छनोट

बुधबार साउन २१ , २०८२
भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 
ताजा समाचार

उत्तराखण्डमा ५० घर बगे, घरसँगै ५० भन्दा अझै बेपत्ता

बुधबार साउन २१ , २०८२
एनपिएल मिनी अक्सनः आदिल–शरद ए क्याटोगोरीमा
खेलकुद

एनपिएल मिनी अक्सनः आदिल–शरद ए क्याटोगोरीमा

बुधबार साउन २१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Americaमा फेरि विमान खस्यो, Ukrianeलाई प्याट्रियटसहितको हति*यार || Nepal Times

World News: Americaमा फेरि विमान खस्यो, Ukrianeलाई प्याट्रियटसहितको हति*यार || Nepal Times

00:17:47

World News: Ukraine यु*द्धमा चीन–पाकका भाडाका सैनिक, अमेरिकाको विरोधमा भारत || Nepal Times

00:14:08

World News: Ukraineमा सैन्य ड्रोन भ्रष्टाचार, Russia नजिक तेल डिपोमा भी*ष*ण आगलागी || Nepal Times

00:15:11

World News: Trumpसंग Bidenको रिस, Kamala थाकिन, हमा*सले हति*यार नत्याग्ने|| Nepal Times

00:18:25

World News:Indiaले अमेरिकी F-35 नकिन्ने, Ukraine यु*द्ध Indiaका कारण रोकिएन|| Nepal Times

00:12:31

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

४७ गुण्डा नाइके  खोरमा, सिंघम बने एसएसपी विश्व अधिकारी

४७ गुण्डा नाइके  खोरमा, सिंघम बने एसएसपी विश्व अधिकारी

शुक्रबार साउन १६ , २०८२
ट्रम्पमाथि मोदीको अट्याक,F 35 नकिन्ने,रूसबाट  Su–५७ किन्ने

ट्रम्पमाथि मोदीको अट्याक,F 35 नकिन्ने,रूसबाट Su–५७ किन्ने

शुक्रबार साउन १६ , २०८२
भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

मङ्लबार साउन २० , २०८२

हालका पोस्टहरू

विमला र समीक्षाले एपिएफबाट खेल्ने

विमला र समीक्षाले एपिएफबाट खेल्ने

बुधबार साउन २१ , २०८२
यू–२० महिला एशियन कप छनोट

यू–२० महिला एशियन कप छनोट

बुधबार साउन २१ , २०८२
भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

उत्तराखण्डमा ५० घर बगे, घरसँगै ५० भन्दा अझै बेपत्ता

बुधबार साउन २१ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.