नेपाल टाईम्स वर्षकै चर्चित मिडिया

१३ चैत, विराटनगर । नेपाल टाईम्स अनलाइन टेलिभिजन यस वर्षको चर्चित डिजिटल मिडिया बन्न सफल भएको छ ।

Advertisement

डिजिटल मिडियाको क्षेत्रमा पहिचान र प्रोत्साहनका लागि न्युज एक्सप्रेस मिडिया प्रा.लि.को आयोजनामा गत वर्षदेखि वितरण हुँदै आएको चर्चित डिजिटल मिडिया अवार्ड २०८१ नेपाल टाइम्सलाई प्रदान गरिएको हो ।

काठमाडौंस्थित राष्ट्रिय नाचघर जमलमा आयोजित विशेष समारोहमा प्रमुख अतिथि प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना, वरिष्ठ पत्रकार हरिहर विरही लगायतले डिजिटल मिडिया अवार्ड २०८१ को सम्मानपत्र नेपाल टाईम्सका संस्थापक प्रवन्ध निर्देशक सैहैन्शा सिद्धिकीलाई हस्तान्तरण गरे ।

Advertisement

डिजिटल मिडियाको क्षेत्रमा क्रियाशील रही तथ्यपूर्ण सन्तुलित र जनउत्तरदायी समाचार संप्रेषणमा उल्लेखनीय योगदान पुर्याएको भन्दै सम्मानित गरिएको आयोजकले जनाएको छ ।

विज्ञ तथा सरोकारवाला समितिको सिफारिसमा नेपाल टाईम्सलाई यस वर्षको चर्चित डिजिटल मिडिया अवार्ड २०८१ प्रदान गरिएको आयोजक न्युज एक्सप्रेस मिडिया प्रालिका अध्यक्ष मिलन सिंहले समारोहमा जानकारी दिए ।

Advertisement

चर्चित डिजिटल मिडिया अवार्डबाट सम्मानित भएसँगै प्रवन्ध निर्देशक सिद्धिकीले खुशी ब्यक्त गर्दै भने, ‘पत्रकारिताको डिजिटल क्षेत्रमा आधुनिक प्रविधिको उपयोग गर्दै अझै धेरै गर्न बाँकी छ, अवार्डले अझ चुनौती थपिदिएको छ ।’

नेपालको डिजिटल पत्रकारितामा स्वतन्त्रता, विश्वसनीयता र गुणस्तरीय समाचारको प्रतीक बनेको नेपाल टाइम्स प्रा.लि. ले स्थापनाको ८ वर्षको अवधिमा द्रुत,तथ्यपरक र गहिराइयुक्त समाचार प्रस्तुत गर्ने शैली अपनाएको छ।

यसको प्रस्तुतीकरणले नेपाली मिडिया क्षेत्रमा नयाँ आयाम थपेको छ,जसका कारण लाखौं दर्शक र पाठक यसका नियमित दर्शक/पाठक बनेका छन् ।

२०७४ सालमा विराटनगरसहित सिंगो तराई–मधेस भयावह डुबानमा परेको कठिन घडीमा नेपाल टाईम्सले राज्यको चौथो अंगको भूमिका प्रभावकारी रूपमा निर्वाह गर्न सुरुवात गरेको थियो ।

प्राकृतिक विपत्तिका बेला जनताको सूचनाको हक प्रत्याभूत गर्दै, यस संस्थाले स्थापनाकालमै विश्वसनीय समाचार सम्प्रेषणको दायित्व सफलतापूर्वक वहन गर्यो।

त्यस यता नेपाल टाईम्स सत्यतथ्यमा आधारित पत्रकारिता मार्फत आम नागरिकको सूचना पहुँचलाई अटुट राख्ने प्रयासमा अग्रसर छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top