×

NEPAL TIMES UPDATES

Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026
Playing
यसरी अन्त्य भयो काँग्रेस–कम्युनिस्ट युग || Nepal Times
Mar 10, 2026

 रणमैदान बन्यो राजधानी, १० बजेसम्म कफ्र्यू

१४ चैत्र २०८१
१५ चैत , काठमाण्डौ ।
राजावादीहरुको जनआन्दोलनका नाममा  आज आयोजना गरिएको कार्यक्रम अराजक बनेको  छ। आमसभास्थल काठमाडौंको तीनकुनेमा सभासुरु हुनु अघि नै राजावादीहरु ढुंगामुडामा उत्रिएपछि प्रहरीले अश्रुग्याँस र पानीका फोहोरा प्रहार गरेसँगै राजावादीहरुको भिड अराजकतामा बदलिएको थियो ।
उनीहरुले आधा दर्जन बढी घर र पार्टी कार्यालयमा आगजनी र तोडफोड गरेका छन्  भने प्रहरीले गोली समेत चलाएको छ ।  तीनकुनेबाट  तितरवितर भएका राजावादीहरुले विभिन्न स्थानमा तोडफोड र आगजनीसहितका अराजक गतिविधि गरेपछि काठमाडौंका विभिन्न तीन स्थानमा राति १० बजेसम्म कफ्र्यू जारी भएको छ ।
जिल्ला प्रशासन कार्यालयले औपचारिक सूचना जारी गरेर १० बजेसम्म भन्ने जानकारी दिएको छ । कोटेश्वर, तीनकुने र सिनामंगल क्षेत्रमा कफ्र्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सुरक्षाकर्मी माइकिङ गरिरहेका छन् । अर्को आदेश हुँदासम्म कफ्र्यू जारी रहनेछ ।
राजावादीहरुले  नेकपा एसको आलोकनगरस्थित कार्यालय, कोटेश्वर भाटभटेनी, सिनामंगलस्थित नागरिक उड्डयन कार्यालयमा  तोडफोड र आगजनी गरेका छन् ।  राजावादीहरुले सिनामंगलस्थित नागरिक उड्डययन कार्यालयमा तोडफोड गरेका छन्।
तीनकुनेबाट उग्र बनेको राजावादीको प्रदर्शन उग्र रुप लिएपछि े ठाउँठाउँमा आगजनी र तोडफोडमा उत्रिएका  छन् ।  तीनकुनेमा प्रहरी र राजावादीहरुको झडप भएको थियो। स्थिती तनावग्रस्त बनेपछि प्रहरीले हवाइ फायर गरेपछि आन्दोलनकारी  उग्र बन्दै आगजनीमा उत्रिएका थिए ।
यत्रतत्र आगजनी र तोडफोड गर्दै राजावादी कार्यकर्ता हिँडेपछि सिनामंगलसहित तीन ठाउँमा कफ्र्यु आदेश जारी भएको छ।  प्रदर्शनकारीहरुले कोटेश्वर भाटभटेनीमा आगजनी र तोडफोड  गरेका छन् ।  राजावादी समूहको आन्दोलनकारीहरुले कोटेश्वरको प्रहरी प्रभागमा आगजनी  प्रयास  गरेका छन्् ।
प्रहरी प्रभाग कोटेश्वरमा आगजनीको प्रयास गरेका थिए । प्रहरी प्रभाग कोटेश्वरमा आगजनी गर्न गएका प्रदर्शनकारी जडिबुटीतिर भागेका  थिए ।   राजावादी कार्यकर्ताले नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय तोडफोड गरेका छन् ।
राजावादीको एक समूहले आलोकनगरस्थिति एसको कार्यालय पुगेर ढुंगामुढा गरेका हुन् ।  काठमाडौँको कोटेश्वरमा नेपाल प्रहरीको गाडीमाथि आगजानी भएको छ। तीनकुनेमा प्रदर्शनमा उत्रिएका राजावादी प्रदर्शनकारीको भीडले कोटेश्वरमा पुगेर नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोको गाडीमा आगजनी गरेको हो।
 राजावादीहरूले तीनकुने क्षेत्रका घरमा तोडफोड गर्नुका साथै आगो पनि लगाइदिएका थिए।  प्रहरी बिट लगायत धेरै सार्वजनिक संरचना समेत तोडफोड गरेका छन्।
 राजावादी समर्थकहरुको प्रदर्शन उग्र बनेपछि गृहमन्त्रालयमा आकस्मिक बैठक बसेको छ ।
अहिले गृहमन्त्री रमेश लेखक, गृहसचिव सहित सुरक्षा निकायका टोलीको बैठक बसेको हो । बैठकमा प्रदर्शनको समीक्षा भइरहेको र आगामी योजनाबारे निर्णय हुने  भनिएको छ। तीनकुने क्षेत्रमा दुई पक्षीय झडप भइरहँदा राजावादी नेतृत्व तहका नेताहरु भने सुटुक्क  आन्दोलनको मैदानबाट अन्यत्र लागेका छन् ।
राजावादी कार्यकर्ताहरु प्रहरीसँग झपडमा उत्रिन थालेसँगै उनीहरु भने अन्यत्र लागेका हुन् । प्रदर्शनस्थलमा राजावादी संयुक्त आन्दोलनका संयोजक नवराज सुवेदीसहितका नेताहरु पुग्ने भनिएको थियो ।
यस्तै विरोध सभा गर्न बनाइएको मञ्चमै राप्रपाका नेता प्रकाशचन्द्र लोहनी, धवलशमशेर राणासहित दुर्गा प्रसाई र अन्य राजावादी नेताहरु पुगेका थिए । उनीहरुले सम्बोधन गर्ने तय भएपनि एकाएक झडप भएसँगै कार्यक्रम बिथोलियो ।
यसैबीच संयुक्त आन्दोलनका कमाण्डर समेत रहेका प्रसाईले संयमित बन्न   फेसबुकमार्फत आह्वान गरेका छन् । उनले निजी सम्पत्तिमा क्षति नपुर्याउन पनि आग्रह गरेका छ्न् । ‘ प्रहरीकै दमनका कारण निजी सम्पत्तीमा क्षति पुग्यो, कैयन साथीहरु र प्रहरीहरु घाईते हुनुभएको छ ।
यस प्रति दुख व्यक्त गर्दै घाईते साथीहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । साथै कसैको निजी सम्पत्तीमा आक्रमण नगर्न म हार्दिक अपिल समेत गर्दछु’, प्रसाईको भनाइ छ।उनले नै आफू सवार गाडी प्रहरीको घेरा तोड्न प्रयोग गरेका थिए ।
त्यहीबाट प्रर्दशन झनै उग्र बनेको थियो । यता राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष तथा संयुक्त जनआन्दोलन मुल समितिका सदस्य सचिव रवीन्द्र मिश्रले आजको प्रदर्शनका क्रममा भएका सम्पूर्ण भौतिक क्षतिको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् ।
आन्दोलन नरोकिएको उनको भनाइ छ । सामाजिक सञ्जालमा स्टाटस लेख्दै मिश्रले कुनै पनि परिस्थितिमा सर्वसाधारण तथा व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नगर्न अनुरोध गरेका छन् । ‘हेरौंला कहिलेसम्म यी भ्रष्ट र पतित नेताले सुरक्षा पाउनेछन्’, मिश्रले लेखेका छन् ।
प्रहरीले तीनकुने बानेश्वर क्षेत्रमा भएका आगजनी,लुटपाट,तोडफोड र प्रहरीमाथि भएका आक्रमणका सबै भिडिओहरु संकलन गरिरहेको छ । सीसीटिभी फुटेजहरु समेत संकलन गरेर आजको घटनामा संलग्न सबै व्यक्तिको पहिचान गरिने प्रहरीले जनाएको छ ।
राजावादी प्रदर्शनकारीले सो क्षेत्रका निजी तथा सरकारी कार्यालयमा आक्रमण गरेको र कान्तिपुर तथा  अन्नपूर्ण पोष्ट दैनिक पत्रिकाको कार्यालयमा समेत ढुंगा हानेको प्रहरीले जनाएको छ ।
यसैबीच काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले तोडफोड,आगजनी र हिंसात्मक घटना गराउने व्यक्तिमात्र नभएर आयोजक र तीनका नेताहरुलाई पनि कारवाहीको दायरमा ल्याइने बताएका छन् ।

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top