NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
नेपाललाई विश्वमा चिनाउने जैविक विविधता र वन्यजन्तु शनिबार अशोज २५ , २०८२
चीनमाथि १३०% कर, ट्रम्प–सी बीच व्यापार यु द्ध फेरी च र्कि यो शनिबार अशोज २५ , २०८२
कोशीका मन्त्रीले ‘हिट एण्ड रन’मा उन्मुक्ति पाएकामा गृहमन्त्रीको चासो शनिबार अशोज २५ , २०८२
सुपर सिक्सको समीकरण पूरा, भोलि नेपाल भर्सेस यूएई शनिबार अशोज २५ , २०८२
एमाले भित्रै ओली घे रा ब न्दी मा शनिबार अशोज २५ , २०८२
Next
Prev

समाचार

कहाँ छन् दुर्गा प्रसाईँ ? तीनकुनेको ताण्डवबारे मुख खोले

आइतवार चैत्र १७ , २०८१
Reading Time: 1 min read
A A
कहाँ छन् दुर्गा प्रसाईँ ? तीनकुनेको ताण्डवबारे मुख खोले
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१७ चैत , काठमाण्डौ ।

काठमाडौँको तीनकुनेमा हिंसात्मक गतिविधिका नाइके तथा जनआन्दोलन समितिका जनकमाण्डर भनिएका दुर्गा प्रसाईं अहिले प्रहरीको उच्च खोजीको सूचीमा छन् । चैत १५ साझदेखि नै प्रहरी उनलाई पक्राउ गर्नका लागि खटिएको भएपनि आजसम्म प्रहरीको हात लाग्न नसकेका प्रसार्ईँले आज भिडिओ सन्देश जारी गरेर प्रहरीको चुनौती झनै बढाइदिएका छन् ।

दुईदिनसम्म पनि प्रहरीले फेला पार्न नसकेको प्रसाईँले भिडिओ सन्देश जारी गर्दै आफू भागेको नभई ज्यान जोगाउन काठमाडौंकै मन्दिरमा आएर बसेको बताएका छन् । चैत १५ गते आफूलाई मार्ने योजना रहेको थाहा पाएपछि आफू प्रहरीको घेरा तोडेर भाग्न बाध्य भएको दाबी उनले भिडिओ मार्फत गरेका छन् ।

उनले आफू कार्यक्रम स्थलमा जाँदै गर्दा कानबाटै गोली गएपछि ज्यान बचाउन सुरक्षित स्थानमा गएको जिकिर उनले गरेका छन्। ‘त्यहाँ पुग्दाखेरि के सुराकी पाएँ भने त्यहाँ छतमाथि सार्प सुटर बसेर मलाई टार्गेट बनाएको भनेर बुझिसकेपछि, अर्काे कुरा के थियो भन्दा मेरो कानको छेवैबाट गोली गयो, मेन ठाउँमा पुग्दा, स्टेजमा पुग्दा।

र, त्यसपछाडि मैले कुरो बुझिसकेपछि मेरो कानको छेउबाट गोली पनि गयो, अर्काे कुरा मेरै गाडीमा आएर टियर ग्यास आइसकेपछि म उत्रेर, मेरा डाइबरलाई निकालेर म आफैँले गाडी चलाएँ। यिनीहरूले मलाई मार्ने रहेछन्, मलाई मार्ने षड्यन्त्र गरेको बुझिसकेपछि म अन्त कहीँ उपाय नभएर म पुलिसको ब्यारिकेड तोडेर सुरक्षित स्थलतिर म पुगेको थिएँ।’

प्रसाईकै नामको सामाजिक सञ्जालमा राखिएको भिडिओ सन्देशमा उनले आफू प्रहरीबाट टाढा नरहेको दाबी पनि गरेका छन्। उनले भिडिओमा भनेका छन्, ‘म आफू सुरक्षित हुन सुरक्षाकर्मीको घेरा तोडेर सुरक्षित स्थानमा प्रवेश गरेँ।

सुरक्षाकर्मीलाई म के भन्न चाहन्छु भने म तपाईंहरूप्रति कुनै लक्षित दुस्मनी होइन, तपाईंहरू राज्यको संयन्त्र हो, तपाईंहरूलाई पुगेको चोटमा म क्षमा चाहन्छु। दुर्गा प्रसाईं तपाईंहरूबाट टाढा छैन।’ चैत १५ गते काठमाडौँको तीनकुनेमा प्रसाईंकै अगुवाइमा भएको राजावादी प्रदर्शनका क्रममा पत्रकारसहित २ जना मारिए भने तोडफोड, आगजनी र लुटपाटका कारण करोडौँको धनमाल क्षति भएको छ।

उनले यसका लागि माफी पनि मागेका छन् । भिडिओमा प्रसाईले दुई जना मात्रै नभई ५ जना मारिएको तथ्यहीन दाबी पनि गरेका छन् । नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयका तीन जिल्लाका विशेष टोली, प्रहरी प्रधान कार्यालयको विशेष ब्युरोको टोली र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली समेत शनिबारदेखि प्रसाईंको खोजीमा सक्रिय छन् ।

तर, प्रहरीले उनको सुइँको पाउन सकेको छैन । प्रसाईंका गुरु पुस्कर खतिवडालाई जिल्ला प्रहरी परिसर ललितपुर र विशेष ब्युरोको संयुक्त टोलीले शनिबार पक्राउ गरेको छ । उनी ललितपुरको इमाडोलबाट ट्याक्सीमा भाग्दै गर्दा पक्राउ परेका थिए ।

उनलाई भेट्न प्रसाईं समेत शनिबार बिहान खतिवडाको घर पुगेको प्रहरीले जनाएको छ । खतिवडाको घरमा फलफूल खाएर हिँडेका प्रसाईं कहाँ गए भन्नेबारे प्रहरीले कुनै सूचना पाएको छैन । प्रसाईंले चलाउँदै आएको मोबाइलको अन्तिम ‘लोकसन’ ललितपुरकै भैँसेपाटीमा देखिएको प्रहरीले जनाएको छ ।

प्रदर्शन अराजक बनाउने शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्कालाई भने प्रहरीले पक्राउ गरिसकेको छ । प्रसाईंका सहयोगी सन्तोष ‘राजावादी’ पनि फरार छन् । तीनकुने प्रदर्शनक्रममा सुरुमा निषेधित क्षेत्र तोड्न खोज्ने समूहका नाइके समेत सन्तोष राजावादी हुन् ।

तीनकुनेको प्रदर्शनमा सहभागी राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासहित प्रहरीले सय जनाभन्दा बढीलाई पक्राउ गरेको छ । तर तीमध्ये मिश्र र राणासमेत ७१ जनालाई प्रहरीले विभिन्न अभियोगमा मुद्दा चलाउने तयारी गरिरहेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार उक्त प्रकरणमा पक्राउ परेकामध्ये ४० जनालाई भने छाडिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी ज बोहराका अनुसार मिश्र र राणासहित पक्राउ परेका ७१ जनाविरुद्ध आगजनी, कर्तव्य ज्यान, राज्यविरुद्धको कसुर र लुटपाटमा मुद्दा लगाउने तयारी प्रहरीको छ ।

सरकारले तीनकुने ताण्डवका प्रमुख योजनाकार पूर्वराजा ज्ञानेन्द्र शाह नै भएको दाबी गर्दै उनीविरुद्ध कडा नीति लिइरहेको छ। प्रमुख दलहरुले नै यसको जिम्मा ज्ञानेन्द्रले लिनु पर्ने धारणा सार्वजनिक गरेका छन् ।

आजै प्रधानमन्त्रीले सर्वदलीय बैठक समेत बोलाएका छन् । सो बैठकमा मुख्य राजावादी शक्ति राप्रपालाई भने बोलाइएको छैन् । राप्रपाले ज्ञानेन्द्रलाई पक्राउ गर्न चुनौती दिएको छ भने पक्राउ परेका धवल र मिश्रलाई रिहा गर्न २४ घण्टाको अल्टिमेटम दिएको छ ।

Tags: #दुर्गा प्रसाईं#दुर्गा प्रसाईँ भगवानको शरणमा

लोकप्रीय

नेपाललाई विश्वमा चिनाउने जैविक विविधता र वन्यजन्तु

नेपाललाई विश्वमा चिनाउने जैविक विविधता र वन्यजन्तु

शनिबार अशोज २५ , २०८२
अमेरिका र फिलिपिन्सबाट घेरियो चीन, निकाल्यो विज्ञप्ति

चीनमाथि १३०% कर, ट्रम्प–सी बीच व्यापार यु द्ध फेरी च र्कि यो

शनिबार अशोज २५ , २०८२
कोशीका मन्त्रीले ‘हिट एण्ड रन’मा उन्मुक्ति पाएकामा गृहमन्त्रीको चासो

कोशीका मन्त्रीले ‘हिट एण्ड रन’मा उन्मुक्ति पाएकामा गृहमन्त्रीको चासो

शनिबार अशोज २५ , २०८२

विचार

थप समाचार

नेपाललाई विश्वमा चिनाउने जैविक विविधता र वन्यजन्तु
समाज

नेपाललाई विश्वमा चिनाउने जैविक विविधता र वन्यजन्तु

शनिबार अशोज २५ , २०८२
अमेरिका र फिलिपिन्सबाट घेरियो चीन, निकाल्यो विज्ञप्ति
अन्तर्राष्ट्रिय

चीनमाथि १३०% कर, ट्रम्प–सी बीच व्यापार यु द्ध फेरी च र्कि यो

शनिबार अशोज २५ , २०८२
कोशीका मन्त्रीले ‘हिट एण्ड रन’मा उन्मुक्ति पाएकामा गृहमन्त्रीको चासो
कोशी

कोशीका मन्त्रीले ‘हिट एण्ड रन’मा उन्मुक्ति पाएकामा गृहमन्त्रीको चासो

शनिबार अशोज २५ , २०८२
विश्वकप छनोटमा नेपालको शानदार इन्ट्री,कुवेत ५८ रनले पराजित
खेलकुद

सुपर सिक्सको समीकरण पूरा, भोलि नेपाल भर्सेस यूएई

शनिबार अशोज २५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: गाजामा उत्सव,विपिन बेखबर,चीनमा सामाजिक सञ्जालमा कडाइ || Nepal Times

World News: गाजामा उत्सव,विपिन बेखबर,चीनमा सामाजिक सञ्जालमा कडाइ || Nepal Times

00:19:45

World News: कोल्ड्रिफ कफ सिरपका मालिक पक्राउ, तालि*बानी मन्त्री भारतमा यो ।|| Nepal Times

00:13:56

World News: Pakistanलाई Americaको घात*क मिसाइल, कार्नी अमेरिकामा–स्टार्मर भारतमा || Nepal Times

00:17:20

World News: जर्जियाको प्रदर्शनमा नेपाली झण्डा, इजिप्ट वार्ता जारी || Nepal Times

00:22:34

World News: Bangladeshले तैनाथ गर्यो यु*द्धपोत, चटगाउँ हिं*साबारे Indiaको खण्डन || Nepal Times

00:18:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतमा ३५२ करोड कालोधन भेटियो,पैसा गन्न ३६ मेसिन

भारतमा ३५२ करोड कालोधन भेटियो,पैसा गन्न ३६ मेसिन

बुधबार अशोज २२ , २०८२
जेन–जीसंग एमालेको पौंठेजोरी किन ?

ओलीलाई सुशीलाको काउन्टरः जेनजी आन्दोलन स्वीकार्नु अनि सुध्रिनु

शुक्रबार अशोज २४ , २०८२
जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

शुक्रबार अशोज २४ , २०८२

हालका पोस्टहरू

नेपाललाई विश्वमा चिनाउने जैविक विविधता र वन्यजन्तु

नेपाललाई विश्वमा चिनाउने जैविक विविधता र वन्यजन्तु

शनिबार अशोज २५ , २०८२
अमेरिका र फिलिपिन्सबाट घेरियो चीन, निकाल्यो विज्ञप्ति

चीनमाथि १३०% कर, ट्रम्प–सी बीच व्यापार यु द्ध फेरी च र्कि यो

शनिबार अशोज २५ , २०८२
कोशीका मन्त्रीले ‘हिट एण्ड रन’मा उन्मुक्ति पाएकामा गृहमन्त्रीको चासो

कोशीका मन्त्रीले ‘हिट एण्ड रन’मा उन्मुक्ति पाएकामा गृहमन्त्रीको चासो

शनिबार अशोज २५ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.