×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

कहाँ छन् दुर्गा प्रसाईँ ? तीनकुनेको ताण्डवबारे मुख खोले

१६ चैत्र २०८१

१७ चैत , काठमाण्डौ ।

काठमाडौँको तीनकुनेमा हिंसात्मक गतिविधिका नाइके तथा जनआन्दोलन समितिका जनकमाण्डर भनिएका दुर्गा प्रसाईं अहिले प्रहरीको उच्च खोजीको सूचीमा छन् । चैत १५ साझदेखि नै प्रहरी उनलाई पक्राउ गर्नका लागि खटिएको भएपनि आजसम्म प्रहरीको हात लाग्न नसकेका प्रसार्ईँले आज भिडिओ सन्देश जारी गरेर प्रहरीको चुनौती झनै बढाइदिएका छन् ।

Advertisement
Advertisement

दुईदिनसम्म पनि प्रहरीले फेला पार्न नसकेको प्रसाईँले भिडिओ सन्देश जारी गर्दै आफू भागेको नभई ज्यान जोगाउन काठमाडौंकै मन्दिरमा आएर बसेको बताएका छन् । चैत १५ गते आफूलाई मार्ने योजना रहेको थाहा पाएपछि आफू प्रहरीको घेरा तोडेर भाग्न बाध्य भएको दाबी उनले भिडिओ मार्फत गरेका छन् ।

उनले आफू कार्यक्रम स्थलमा जाँदै गर्दा कानबाटै गोली गएपछि ज्यान बचाउन सुरक्षित स्थानमा गएको जिकिर उनले गरेका छन्। ‘त्यहाँ पुग्दाखेरि के सुराकी पाएँ भने त्यहाँ छतमाथि सार्प सुटर बसेर मलाई टार्गेट बनाएको भनेर बुझिसकेपछि, अर्काे कुरा के थियो भन्दा मेरो कानको छेवैबाट गोली गयो, मेन ठाउँमा पुग्दा, स्टेजमा पुग्दा।

र, त्यसपछाडि मैले कुरो बुझिसकेपछि मेरो कानको छेउबाट गोली पनि गयो, अर्काे कुरा मेरै गाडीमा आएर टियर ग्यास आइसकेपछि म उत्रेर, मेरा डाइबरलाई निकालेर म आफैँले गाडी चलाएँ। यिनीहरूले मलाई मार्ने रहेछन्, मलाई मार्ने षड्यन्त्र गरेको बुझिसकेपछि म अन्त कहीँ उपाय नभएर म पुलिसको ब्यारिकेड तोडेर सुरक्षित स्थलतिर म पुगेको थिएँ।’

प्रसाईकै नामको सामाजिक सञ्जालमा राखिएको भिडिओ सन्देशमा उनले आफू प्रहरीबाट टाढा नरहेको दाबी पनि गरेका छन्। उनले भिडिओमा भनेका छन्, ‘म आफू सुरक्षित हुन सुरक्षाकर्मीको घेरा तोडेर सुरक्षित स्थानमा प्रवेश गरेँ।

सुरक्षाकर्मीलाई म के भन्न चाहन्छु भने म तपाईंहरूप्रति कुनै लक्षित दुस्मनी होइन, तपाईंहरू राज्यको संयन्त्र हो, तपाईंहरूलाई पुगेको चोटमा म क्षमा चाहन्छु। दुर्गा प्रसाईं तपाईंहरूबाट टाढा छैन।’ चैत १५ गते काठमाडौँको तीनकुनेमा प्रसाईंकै अगुवाइमा भएको राजावादी प्रदर्शनका क्रममा पत्रकारसहित २ जना मारिए भने तोडफोड, आगजनी र लुटपाटका कारण करोडौँको धनमाल क्षति भएको छ।

उनले यसका लागि माफी पनि मागेका छन् । भिडिओमा प्रसाईले दुई जना मात्रै नभई ५ जना मारिएको तथ्यहीन दाबी पनि गरेका छन् । नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयका तीन जिल्लाका विशेष टोली, प्रहरी प्रधान कार्यालयको विशेष ब्युरोको टोली र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली समेत शनिबारदेखि प्रसाईंको खोजीमा सक्रिय छन् ।

तर, प्रहरीले उनको सुइँको पाउन सकेको छैन । प्रसाईंका गुरु पुस्कर खतिवडालाई जिल्ला प्रहरी परिसर ललितपुर र विशेष ब्युरोको संयुक्त टोलीले शनिबार पक्राउ गरेको छ । उनी ललितपुरको इमाडोलबाट ट्याक्सीमा भाग्दै गर्दा पक्राउ परेका थिए ।

उनलाई भेट्न प्रसाईं समेत शनिबार बिहान खतिवडाको घर पुगेको प्रहरीले जनाएको छ । खतिवडाको घरमा फलफूल खाएर हिँडेका प्रसाईं कहाँ गए भन्नेबारे प्रहरीले कुनै सूचना पाएको छैन । प्रसाईंले चलाउँदै आएको मोबाइलको अन्तिम ‘लोकसन’ ललितपुरकै भैँसेपाटीमा देखिएको प्रहरीले जनाएको छ ।

प्रदर्शन अराजक बनाउने शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्कालाई भने प्रहरीले पक्राउ गरिसकेको छ । प्रसाईंका सहयोगी सन्तोष ‘राजावादी’ पनि फरार छन् । तीनकुने प्रदर्शनक्रममा सुरुमा निषेधित क्षेत्र तोड्न खोज्ने समूहका नाइके समेत सन्तोष राजावादी हुन् ।

तीनकुनेको प्रदर्शनमा सहभागी राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासहित प्रहरीले सय जनाभन्दा बढीलाई पक्राउ गरेको छ । तर तीमध्ये मिश्र र राणासमेत ७१ जनालाई प्रहरीले विभिन्न अभियोगमा मुद्दा चलाउने तयारी गरिरहेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार उक्त प्रकरणमा पक्राउ परेकामध्ये ४० जनालाई भने छाडिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी ज बोहराका अनुसार मिश्र र राणासहित पक्राउ परेका ७१ जनाविरुद्ध आगजनी, कर्तव्य ज्यान, राज्यविरुद्धको कसुर र लुटपाटमा मुद्दा लगाउने तयारी प्रहरीको छ ।

सरकारले तीनकुने ताण्डवका प्रमुख योजनाकार पूर्वराजा ज्ञानेन्द्र शाह नै भएको दाबी गर्दै उनीविरुद्ध कडा नीति लिइरहेको छ। प्रमुख दलहरुले नै यसको जिम्मा ज्ञानेन्द्रले लिनु पर्ने धारणा सार्वजनिक गरेका छन् ।

आजै प्रधानमन्त्रीले सर्वदलीय बैठक समेत बोलाएका छन् । सो बैठकमा मुख्य राजावादी शक्ति राप्रपालाई भने बोलाइएको छैन् । राप्रपाले ज्ञानेन्द्रलाई पक्राउ गर्न चुनौती दिएको छ भने पक्राउ परेका धवल र मिश्रलाई रिहा गर्न २४ घण्टाको अल्टिमेटम दिएको छ ।

Advertisement

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top