×

NEPAL TIMES UPDATES

Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी वरिष्ठ कूटनीतिज्ञले ककसलाई भेट्दैछन्? एमसीसीमा चासो|| Nepal Times
Apr 18, 2026
Playing
आजदेखि शनिबार ‘भेहिकल फ्रि असन’ || Nepal Times
Apr 18, 2026
Playing
कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?|| Nepal Times
Apr 18, 2026
Playing
होर्मुजको जलडमरूम खोल्ने इरानको घोषणा || Nepal Times
Apr 17, 2026
Playing
हरेक नेपालीको भागमा १ लाख ऋणः कसले तिरिदिन्छ ३७ अर्ब किस्ता? || Nepal Times
Apr 17, 2026

राजावादी उग्र बनेपछि रवि राजनीतिमा फर्किए ?

१६ चैत्र २०८१

१७ चैत , काठमाण्डौ ।

प्रहरीको धरपकड, हिरासतको लामो बसाईपछि पनि अझै अदालतहरुको चक्कर काटिरहेका रवि लामिछाने ५ महिनापछि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को सभापतिमा फर्किदैछन् ।

Advertisement
Advertisement

उनले भोलि सोमबार आफ्नो कुर्सी सम्हाल्दैछन् ।राजावादीहरुका कारण देशको राजनीति नै तरंगित बनिरहेका बेला सांसद पदबाट समेत निलम्बनमा रहेका रवि संसदको चौथो ठूलो दल रास्वपाको सक्रिय पार्टी राजनीतिमा फर्किएका हुन् ।

यस बीचमा उनले कुनै राजनीतिक टिप्पणी पनि गरेका छैनन् । पटक पटक उनले आफूले बोल्ने समय नआएको बताउँदै आएका छन् । सहकारी ठगीको आरोपमा चारवटा जिल्ला अदालतमा मुद्दा झेलिरहेका रवि कात्तिक २ गते पक्राउ परेका थिए ।

त्यसपछि पुस ८ गते बसेको रास्वपाको सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डोलप्रसाद अर्याललाई दिने निर्णय गरेको थियो । अब भोलि सोमबार दिउँसो केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने केन्द्रीय समितिको विशेष बैठकपछि दोस्रो बैठकको नेतृत्व रविलाई सभापति बनाउने कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।

यस बीचमा रवि पक्राउ परेपछि मंसिर १० गते महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय समिति बैठकको सभापतित्व उपसभापति अर्यालले गरेका थिए । हिजो शनिबार बसेको सचिवालय बैठकले केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको थियो । सरकारले रविविरुद्ध कास्कीसहित काठमाडौँ, रुपन्देही, चितवन जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।

पर्सा जिल्लामा अनुसन्धान भइराखेकाले अहिलेसम्म मुद्दा दायर गरेको छैन । चारवटै जिल्ला अदालत गरी कुल दुई करोड ७९ लाख धरौटी रकममा छोड्न आदेश दिएको छ । १६३ दिनपछि लामिछाने पार्टीको कार्यकारी भूमिकामा फर्किन लागेका हुन् ।

रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार, सोमबार (भोलि) रास्वपाको केन्द्रीय समिति बैठक दुई चरणमा बस्नेछ । “पहिलो बैठक कार्यवाहक सभापति डीपी अर्यालको सभापतित्वमा बस्नेछ ।

सोही बैठकले सभापतिमा रवि लामिछानेलाई जिम्मेवारी तोक्ने निर्णय गर्नेछ,” झाले भने, “दोस्रो चरणमा लामिछानेकै सभापतित्वमा बैठक बस्नेछ ।” नेता कार्यकर्ता र मतदाताको मागअनुसार रास्वपाले लामिछानेलाई जिम्मेवारीमा फर्काउन लागेको उनको भनाइ छ ।

सहकारी ठगीमा चारवटा अदालतमा धरौटी तारिख पाएका लामिछानेले तीनवटामा पुनरावेदन दर्ता गरिसकेका छन् । यसअघि, रास्वपाले वीरगञ्जको सानो पाइला सहकारीमा अभियोजन र सुनुवाइपछि मात्र लामिछानेलाई पार्टी भूमिकामा फर्काउने जनाएको थियो ।

तर, अहिले रास्वपाले ’विशेष परिस्थिति’ बताएर लामिछानेलाई नेतृत्वमा फर्काउन लागेको हो । “देशमा फरक परिस्थिति निर्माण भएको छ । पुरानाहरूले फेरि इतिहासलाई पछाडि फर्काउने घोषणा र प्रयत्न गरिरहेका छन्,” झाले भने, “यस्तो अवस्थामा जनताको नयाँ आशा बोकेको पार्टीको विशेष भूमिका आवश्यक हुने भएकाले पनि यस्तो निर्णयमा जान लागेका हौँ ।”

Advertisement

उनले अदालतका विषय चल्दै जाने र त्यसको सम्मान गर्दै रास्वपा अघि बढ्ने बताए । कार्यवाहक प्रवक्ता झाले रास्वपा सचिवालयका धेरै सदस्यले लामिछाने पार्टी नेतृत्वको जिम्मेवारीमा फर्किऊन् भन्ने चाहेको सुनाउँदै यसमा सभापतिको पनि इच्छा हुनुपर्ने बताए । पछिल्लो पाँच महिनायता रवि लामिछाने पार्टीका औपचारिक बैठकमा सहभागी भएका छैनन् ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top