×

NEPAL TIMES UPDATES

Playing
इस्लामावाद वार्ता निष्कर्षविहीन : अमेरिकी टोली रित्तो हात फर्कियो || Nepal Times
Apr 12, 2026
Playing
२१ घण्टाको वार्तापछि Tehran को विज्ञप्ति, १६ जहाज छुटे, America दोषी || Nepal Times
Apr 12, 2026
Playing
हजारौं गीत गाएर अस्थाइन् आशा भोसले || Nepal Times
Apr 12, 2026
Playing
विद्याभण्डारीको लाइनमा राष्ट्रपति पौडेल, सरकारको सिफारिस रोक्न मिल्छ ? || Nepal Times
Apr 12, 2026
Playing
नेपाल सुरुङ युगमा प्रवेश|| Nepal Times
Apr 12, 2026
Playing
Top 15 Afternoon News || April-12-2026 || Nepal Times
Apr 12, 2026
Playing
ISLAMABAD TALKS असफल भएपछि Pakistanले के भन्यो ? || Nepal Times
Apr 12, 2026
Playing
बालेनको भारत भ्रमणबारे शिशिर खनालको खुलासा,हर्कले दिए एजेन्डा|| Nepal Times
Apr 12, 2026
Playing
Americaमाथि Iranको शंकाः कसका कारणले वार्ता भाँडियो ? || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री बालेनलाई मोदीको निम्तो#balen #modi #india #nepal
Apr 12, 2026

बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

१७ चैत्र २०८१
१८ चैत,  काठमाण्डौ। 
राजनीतिमा स्थापित दलहरू र परम्परागत नेताहरूको सोचबाट अलग हटेर काम गर्ने नेताहरू प्रायः विवादित बनाइन्छन्, तर जब तिनीहरूका कामले जनतालाई प्रत्यक्ष लाभ पु¥याउँछ, तब आलोचना गर्नेहरू नै प्रशंसामा उत्रिन् बाध्य हुन्छन् ।
काठमाडौं महानगरका मेयर बालेन्द्र शाह ‘बालेन’ पनि त्यस्तै पात्र बनेका छन् । कुनै दलको आधिकारिक समर्थनबिना जनताकै बलमा निर्वाचित भएका बालेनले राजधानीको व्यवस्थापनमा लिएको कडा अडानले जनताको विश्वास जित्दै आएका छन् ।
राजनीतिक दलका नेताहरूले उनको कार्यशैलीलाई खुलेर समर्थन नगरे पनि, जनता भने उनका निर्णयहरूप्रति सकारात्मक देखिन्छन् । यही क्रममा अहिले एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बालेन शाहको खुलेर प्रशंसा गर्दै उनलाई धन्यवाद दिएका छन्।
अध्यक्ष नेपालले गणतन्त्रवादीहरुको निशानामा परेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई  शुक्रबारको प्रर्दशनमा जिम्मेवार ठहर्याउदै जरिवाना पत्र काटेपछि प्रशंसा गरेका हुन् ।  पार्टीनिकट खेलकुद महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजारको जरिवाना पत्र काटेर बालेनले हिम्मत देखाएको  भन्दै उनले प्रशंसा गरेका छन् ।
उनले भने, ‘काठमाडौं महानगरपालिकाका मेयर बालेनलाई धेरै धेरै धन्यवाद छ, तपाईँले हिम्मत देखाउनुभएको छ । ७ लाख ९३ हजारको जरिवाना पत्र काटेर पठाउनुभएछ । बरु तपाईँले अर्को चिठ्ठी पठाउनुपथ्र्यो प्रशंसा पत्र समाजवादी मोर्चा नेपाल भनेर, त्यसले एउटा पनि फोहोर गरेन । सबै सफा ग¥यौं ।’
उनले समाजवादी मोर्चाले गरेको कार्यक्रमले नेपालको राजनीतिमा नयाँ सन्देश दिएको सुनाए । उनले थपे, ‘हामीले निर्देशन पनि दिएका थियौं कुनै चिज फोहोर नरहोस्, सानो कागजको टुक्रा, पानी खाएको बोतल पनि नरहोस् भनेका थियौं, हाम्रो कार्यकर्ताले त्यो काम गरे, हाम्रो कार्यक्रम सभ्य, सुसंस्कृत, संस्कारयुक्त, शान्तिपूर्ण ढंगले सम्पन्न भयो।
मान्छेको उपस्थिती देखेर सिंगो देशलाई नै तरंगित ग¥यो । नेपालको राजनीतिमा पनि सन्देश दियो ।’ यसअघि प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले पनि  बालेनको कदमको प्रशंसा गरेका थिए ।
प्रधानमन्त्री र नेकपा एमालेसँग समेत कटुतापूर्ण सम्बन्ध अघि बढाइरहेका बालेनको  पूर्वराजालाई जरिवाना तोक्ने निर्णयको  गणतन्त्रको शक्ति भन्दै प्रशंसा गरेका थिए । रिमालले आफ्नो फेसबुक स्टाटसमा लेखेका थिए ,  “गणतन्त्रमा मात्र यस्तो सम्भव छ! महोत्तरीको एउटा सामान्य गाउँले परिवारका बालेन्द्र साहले काठमाडौंका सम्भ्रान्त परिवारका सयौं वर्ष अधिनायकी शासन सञ्चालन गर्ने शासक ज्ञानेन्द्र शाहलाई जरिवानाको पत्र काटेछन्। यो शक्ति दिन सक्ने व्यवस्थाको नाम गणतन्त्र हो।“
उनको यो स्टाटसले राजनीतिक वृत्तमा चर्चा पाएको छ। कतिपयले यसलाई गणतन्त्रको विशेषता भन्दै समर्थन गरेका छन् भने कतिपयले राजनीतिक पूर्वाग्रहबाट प्रेरित अभिव्यक्ति भएको प्रतिक्रिया दिएका छन्।
रिमालको स्टाटस पूर्वराजा शाहलाई काठमाडौं महानगरपालिकाले ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको घटनासँग जोडेका छन् । राजावादीले शुक्रबार तीनकुनेमा प्रदर्शन गर्दा फोहोर, तोडफोडले वातावरण प्रदूषण भएको भन्दै महानगरले ज्ञानेन्द्र शाहलाई जरिवानासहितको पत्र काटेको  छ।
नगरका कर्मचारहरु पत्र लिएर निर्मल निवास पुगेपनि त्याहा नबुझेपछि महानगरले हुलाकमार्फत जरिवानाको पत्र पठाएको  छ। बालेनको यो कदमको राजावादीहरुले भने विरोध गरेका छन् ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले महानगरकाका प्रमुख बालेन्द्र शाहले पूर्वराजालाई जरिबाना पत्र लेख्नु गम्भीर त्रुटी भएको  बताएका छन् । बालेनले यसअघि राप्रपालाई पनि यस्तै जरिवाना तिराइएसकेको छ भने एमालेले भने जरिवना तिर्न अहिलेसम्म अटेरी गरेको छ ।
यता  काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तोकेको जरिवाना रकम तिर्न राजावादीले ६ लाख ८२ हजार रुपैयाँ संकलन गरेका छन् । हालसम्म ६ लाख ८२ हजार रुपैयाँ संकलन भइसकेको राजतन्त्र पक्षधर पर्यटन प्रवद्र्धक रमेशराज बास्तोलाले बताएका छन् ।
महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले आफ्नो अधिकार प्रयोग गरेको भन्दै उनलाई गाली नगर्न पनि बास्तोलाले आग्रह गरेका छन् । पूर्वराजा शाहलाई नभई दुर्गा प्रसाईं र नवराज सुवेदीका नाममा जरिवानापत्र पठाउन उनले माग गरेका छन् ।
यही चैत १५ गते काठमाडौंको तीनकुनेमा प्रदर्शनक्रममा तोडफोड र फोहोर गरेको आरोपमा महानगरले जरिवाना तिराउने निर्णय गरेको थियो । महानगरले विभिन्न नौ शीर्षकमा आठ पत्रमार्फत पूर्वराजा शाहलाई सात लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको थियो ।
Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top