×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

दानवीर भएर निस्कियो ओली सरकार , म्यानमारलाई राहत, थाइल्याण्डलाई १ लाख डलर दान

१८ चैत्र २०८१

१९ चैत, काठमाण्डौ ।

प्राकृतिक प्रकोपले सीमाना चिन्दैन, न त मानवीय पीडाले कुनै मुलुकको परिधिभित्र सीमित रहन्छ। म्यानमारमा गएको विनाशकारी ७.७ रेक्टर स्केलको भूकम्पले हजारौंको ज्यान लिँदा र हजारौंलाई घाइते बनाउँदा नेपालले त्यसलाई टुलुटुलु हेरेर बस्न सकेन ।

Advertisement

दुःखमा परेका मित्रराष्ट्रलाई सहयोग गर्नु नेपालजस्तो मानवीय संवेदनामा समृद्ध मुलुकको धर्म हो। यही भावनाका साथ नेपाल सरकारले अत्यावश्यक राहत सामग्री, औषधि, मेडिकल उपकरण तथा नेपाली सेनाको चिकित्सक टोली म्यानमार पठाउने निर्णय गरेको छ ।

घाइतेहरूको उपचार र राहत वितरणमा नेपाल सरकारको सानो प्रयासले पीडितको घाउमा मलम लगाउने आशा गरिएको छ। नेपाल सरकारले म्यानमारका भूकम्प प्रभावितका लागि अत्यावश्यक राहत तथा मेडिकल सामग्रीहरू पठाउने भएको छ ।

मन्त्रिपरिषद्को सोमवार राति बसेको बैठकले राहत सामग्री तथा औषधी र मेडिकल उपकरणसहित नेपाल वायुसेवा निगमको जहाज पठाउने निर्णय गरेको हो । म्यानमारमा गत चैत १५ गते विनाशकारी भूकम्प गएको छ ।

मित्रराष्ट्र म्यानमारमा गएको विकाशकारी भूकम्पका कारण व्यापक धनजनको क्षति भएको सन्दर्भमा सहयोग गर्ने निर्णय भएको छ’, बैठकपछि सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले भने, ‘नेपाल सरकारको विभिन्न निकायसँग रहेका मौज्दात सामग्री एवम् निजी क्षेत्रबाट सहयोगस्वरुप प्राप्त हुने मेडिकल इक्युपमेन्ट, औषधि लगायतका राहत सामग्री म्यानमार सरकारलाई प्रदान गर्ने निर्णय भएको छ ।’

नेपाल सरकारका विभिन्न निकायबाट सहयोग पठाउनका लागि अर्थ मन्त्रालयबाट तत्तत् निकायमा सोबापत सोध भर्ना निकासा दिने निर्णय पनि भएको उनले बताए । उक्त सामान नेपालबाट हवाइजहाजमार्फत ढुवानी गर्दा लाग्ने रकम अर्थले वायुसेवा निगमलाई निकासा गर्ने निर्णय पनि भएको छ ।

यसैगरी भूकम्पमा परी घाइते भएकाको उपचारका लागि नेपाली सेनाको चिकित्सक टोली सेनाकै जहाजमा त्यहाँ जाने निर्णय भएको पनि उनले बताएका छन् । म्यानमारमा ७ दशमलव ७ रेक्टर स्केलको भूकम्पले ठूलो जनधनको क्षति पु¥याएको छ ।

यसअघि छिमेकी भारतले पनि भूकम्प प्रभावित म्यानमारमा मेडिकल टास्क फोर्स खटाएको छ । देशको रक्षा मन्त्रालयले यसबारेमा जानकारी दिएको हो । शत्रुजित ब्रिगेड मेडिकल रेस्पोन्डर्सको ११८ सदस्यीय टोली आवश्यक चिकित्सा उपकरण र आपूर्तिहरूसहित म्यानमार गएको बताइएको छ ।

एयरबोर्न एन्जल्स टास्क फोर्स प्रकोप प्रभावित क्षेत्रहरूमा उन्नत चिकित्सा र शल्यक्रिया हेरचाह प्रदान गर्ने बताइएको छ । यसले भारतीय सेनाले विपत्तिमा घाइते भएकाहरूलाई तत्काल हेरचाह प्रदान गर्न ६० शैय्याको चिकित्सा उपचार केन्द्र स्थापना गर्ने बताएको छ ।

भूकम्पमा परी त्याहा करिब १,७०० जनाको मृत्यु भएको छ भने करिब ३,४०० जना घाइते भएका छन्। म्यानमारमा गएको भूकम्पको धक्का छिमेकी देश थाइल्याण्डमा पनि महसुस गरिएको थियो।

थाइल्याण्डमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १८ पुगेको बताइएको छ। यस्तै नेपाल सरकारले थाइल्यान्डस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी) लाई १ लाख डलर सहयोग गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी ओलीको भ्रमणका क्रममा टेक्नोलोजीलाई उक्त सहयोग गर्ने निर्णय गरेको हो । ओली थाइल्यान्ड भ्रमणका क्रममा आज मध्यान्न त्यसतर्फ प्रस्थान गर्दैछन् ।

थाइल्यान्ड भ्रमणका क्रममा ओलीले एआईटीमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। जसको नेपाल संस्थापक सदस्य पनि रहेको र नेपाल अहिले बोर्ड अफ ट्रस्टीको पनि सदस्य भएको नाता तथा संस्था आर्थिक संकटमा रहेकाले सो सहयोग गर्ने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधि मन्त्री गुरुङले बताएका छन् ।

Advertisement

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top