×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

राजावादीको प्रदर्शनकैबीच राजदूत शर्माले भेटे योगी, किन ?

१८ चैत्र २०८१

१९ चैत, काठमाण्डौ।

काठमाडौंमा राजावादीहरुको र्यालीमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको फोटोसहितको ब्यानरले तरङ्ग मच्चिरहँदा भारतका लागि नेपाली राजदूतले नै योगीसंग भेटवार्ता गरेका छन् ।

Advertisement
Advertisement

राजदूत डाक्टर शंकरप्रसाद शर्माले मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेका हुन् । नेपालमा राजावादीहरुको आन्दोलनमा योगी आदित्यनाथको समर्थन रहेको अड्कलबाजी भइरहेको अवस्थामा उत्तर प्रदेशको राजधानी लखनउमा उनीहरूबीच भएको भेटवार्तालाई चासोका साथ हेरिएको छ ।

यद्यपि भेटवार्ताका क्रममा द्विपक्षीय व्यापार विस्तार र आर्थिक सहकार्य, धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवद्र्धन, उच्च शिक्षा र छात्रवृत्तिको अवसरहरू, जलविद्युत् र अन्य ऊर्जा परियोजनामा सहकार्य, यातायात तथा कनेक्टिविटी सुधार, सीमा सुरक्षा, आपसी सहकार्य, र विकासका सम्भावनाबारे छलफल भएको भारतस्थित नेपाली राजदूतावासले जनाएको छ ।

राजदूत शर्मा र मुख्यमन्त्री योगी आदित्यनाथबीच नेपाल–भारत सम्बन्धलाई थप मजबुद बनाउने विषयमा कुराकानी भएको बुझिएको छ । उनले सोमबार अपराह्न आदित्यनाथसँग भेटवार्ता गरेका हुन् ।

भेटका क्रममा नेपाल भारत सम्बन्धको बहुआयामिक पक्षमा कुराकानी भएको राजदूत शर्माले उल्लेख गरेका छन् । उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘गोरखपुरमा प्ररणादायी गोर्खा म्यूजियम सुरु गरेकामा म उहाँलाई धन्यवाद पनि दिन चाहन्छु ।’

नयाँ दिल्लीस्थित नेपाली दूतावासले शर्माको आदित्यनाथसँगको भेटबारे थप बताएको छैन । तर, मन्त्रालय स्रोतका अनुसार, भेटका क्रममा नेपालमा राजावादी समूहको हिंसात्मक प्रदर्शनको विषयबारे पनि कुराकानी भएको छ ।

‘भारतीय सञ्चारमाध्यमहरुमा समेत आदित्यनाथसँग जोड्दै पूर्वराजाबारे श्रृखंलाबद्ध समाचारहरु प्रकाशित भइरहेका बेला त्यसविषयमा कुराकानी हुनु स्वभाविक हो’, मन्त्रालय स्रोतले भन्यो, ‘यसका विभिन्न पाटोबारे छलफल भएको छ ।’

परराष्ट्रमन्त्री आरजु राणाको पछिल्लो भारत भ्रमणका बेला समेत भारतीय विदेशमन्त्री एस जयशंकरसँग नेपालमा भएको राजावादी प्रदर्शनबारे कुराकानी भएको सार्वजनिक भएको थियो । त्यसबेला भारतीय विदेशमन्त्रीले आफूहरुको त्यसमा कुनै किमिसको सम्बन्ध नभएको बताएको उनले एक सञ्चारमाध्यमलाई प्रतिक्रिया दिएकी थिइन् ।

यसपछि पनि परराष्ट्रमन्त्रालयमा भारतीय राजदूत नवीन श्रीवास्तवसँग उनले कुराकानी गरेकी थिइन् । यसअघि राजावादी समूहले गरेको प्रदर्शनका क्रममा प्रदीप विक्रम राणा नामक व्यक्तिले जुलुसमा योगी आदित्यनाथको तस्वीर समेत बोकेका थिए ।

प्रहरीले यस विषयमा सोधपुछ गर्न राणाको खोजी समेत गरेको थियो, तर उनी फरार भएर भारत पुगिसकेको खुलेको थियो । यसबीच शुक्रबार तिनकुने हिंसात्मक प्रदर्शनपछि राजावादीहरुको आन्दोलनका जनकमाण्डर दुर्गा प्रसाइँ पनि भारत नै पुगेको प्रहरीको निश्कर्ष छ ।

यता प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय राजावादीका शृंखलाबद्ध गतिविधिबारे पूर्वराजा ज्ञानेन्द्र शाहको धारणा मागेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा सम्बोधनक्रममा उनले पछिल्ला प्रदर्शन र हिंसाका विषयमा पूर्वराजाको धारणा माग गरेका हुन् ।

“फेरि राजा बन्छु, व्यवस्था मास्छु भन्नेले यी सबै शृंखलाबद्ध घटनामा आफ्नो धारणा सार्वजनिक गर्नु पर्दैन ?,” प्रधानमन्त्री ओलीले प्रश्न गरे । मानिसलाई मर्न दुरुत्साहन गर्ने व्यक्तिलाई पूर्वराजाले ‘जनकमान्डर’ बनाएको उनले आरोप लगाए । इतिहासले कुनामा फ्याँकेका व्यक्ति अभियानका संयोजक बनेको उनले उल्लेख गरे ।

“धनजनको क्षति र लुटपाट – शासक बन्ने मनसुवा बोक्ने व्यक्ति सिरकभित्र चुपचाप कसरी हुनसक्छ ?,” प्रधानमन्त्री ओलीले भने, “यी सबै घटनाको मूल जिम्मेवार उहाँ (ज्ञानेन्द्र शाह) हो, उहाँले लिनुपर्छ ।”

यस्तै ओलीले मुलुकमा गणतन्त्र घोषणापछि भएको सम्झौता पूर्वराजा ज्ञानेन्द्र शाहले तोडेको बताएका छन् । चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादी समूहले गरेको हिंसा पूर्वराजा शाहकै निर्देशनमा भएको आरोप लगाउँदै प्रधानमन्त्री ओलीले यसबाट त्यतिबेलाको सम्झौता तोडिएको दाबी गरेका हुन् ।

ओलीले बताएअनुसार संविधानसभाको ऐतिहासिक निर्णयपछि पूर्वराजा ज्ञानेन्द्र शाहसँग विभिन्न बुँदामा सम्झौता गरिएको थियो । यसका लागि सरकारका तर्फबाट तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलाले संवाद÷व्यवस्थापन गरेका थिए ।

 

Advertisement
Advertisement

प्रधानमन्त्री ओलीले संसद्मा भने, ‘त्यतिखेर नागरिकको हैसियतमा शान्त जीवन बिताउने, नागरिकको कानुनी र संवैधानिक अधिकार प्रयोग गरी व्यापार, व्यवसाय सञ्चालन गर्ने, पूर्वराष्ट्रप्रमुखको हैसियतमा सरकारले सुरक्षाको प्रबन्ध गर्ने र उहाँलाई नागार्जुन दरबार प्रयोग गर्न र उहाँको मातालाई प्रयोग गरिरहेको नारायणहिटी दरबार परिसरको भवन प्रयोग गर्न दिने सहमति भएको थियो।’ तर अहिले आएर पूर्वराजा ज्ञानेन्द्र सम्झौताविपरीत गतिविधिमा संलग्न भएको सरकारको ठम्याइ छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top